सुरुङमा मृत भेटिएका केसीको हत्या गरेको आरोपमा चार जना पक्राउ

दाङ । दाङको कोइलाखानीस्थित सुरुङमा मृत भेटिएका शिवराज केसीको गोली हानी हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई  पक्राउ गरेको छ। बुधबार प्रहरीले ४ आरोपीलाई पक्राउ गरेको हो। घोराही उपमहानगरपालिका–६ अघरा घर भएका ४५ वर्षीय शिवराज केसी  शुक्रबार  बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका थिए। बंगलाचुली गाउँपालिका–४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा शव भेटिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको  छ।

 

 

पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर, दीपाका भाइ २९ वर्षीय तिलक पुन र भरूवा बन्दुक उपलव्ध गराउने मेघराज कुँवर रहेका छन्।प्रारम्भिक अनुसन्धानबाट मृतक केसीको दीपासँग अनैतिक सम्बन्धका कारण हत्या भएको खुल्न आएको छ। पुस ८ गते शिवराज र दीपा बंगलाचुलीको गदारी भन्ने स्थानमा गएका थिए। तर बेलुका दीपा मात्रै घर फर्किइन्। शिवराज घर नफर्किएपछि उनका आफन्तले दीपासँग सोधपुछ गरेका थिए। दीपाले आफूलाई जानकारी नभएको जवाफ दिइन्।

 

 

त्यसपछि १० गते शिवराजका दाइ डम्बर केसीले खोजतलासका लागि प्रहरीमा निवेदन दिए। दीपाले १३ गते छोराछोरी लिएर भारत जाने तयारी गरिन्। त्यसलगत्तै डम्बरले दीपाले नै केसीलाई लुकाएर राखेको भन्दै पुनः प्रहरीमा निवेदन दिए। प्रहरीले खोजतलास गर्दै जाँदा पुस १२ गते भुमेबरा सामुदायिक वनको रुकधने कोइला खानीमा शिवराजको शव फेला पर्यो।मृतक केसीका साला नाता पर्ने शिवराज वलीले किटानी जाहेरी दिएपछि दीपा, उनका श्रीमान शेरबहादुर र दीपाका भाइ तिलक पुन मगरलाई १५ गते दाङको अमिलिया जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भरुवा बन्दुकको प्रयोग गरी केसीको हत्या भएको प्रहरीको भनाई छ।

 

 

प्रहरीले १५ गते स्थानीय मेघराज कुँवरको घरबाट एक नाल बन्दुक, बन्दुकमा प्रयोग हुने १०८ थान छर्रा, दुई थान गोली, लाम्चो आकारका ३९ थान गोली, बारुद ७५ ग्राम, केप ५ थान र हरियो कपडाको लत्ता (सूती) एक थान बरामद गरेको थियो। हातहतिरयारसहित मेघराजलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुविरुद्ध  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९