कोशी सरकारको प्रोत्साहन भत्ताले महिला स्वास्थ्य स्वयं सेविका उत्साहित

विराटनगर। कोशी प्रदेश सरकारले प्रोत्साहन भत्ता दिने भएपछि यस प्रदेशका महिला स्वास्थ्य स्वयं सेविका उत्साहित भएका छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयक मार्फत ल्याएको बजेटमा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई ५–५ हजारका दरले प्रोत्साहन भत्ता र जिल्ला जिल्ला र प्रदेश स्तरमा पुरस्कृत गर्ने व्यवस्था गरेको हो ।

नेपाल महिला स्वास्थ्य स्वयं सेविका संघ कोशी इन्चार्ज रत्ना रिजालको नेतृत्वमा आाएका महिला स्वास्थ्य स्वयं सेविकाहरुले प्रदेश सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको हकहितमा चासो राखेर प्रोत्साहन भत्ता र पुरस्कृत गर्ने व्यवस्थाले आफूहरु उत्साहित भएको बताएकी छिन् ।

 

‘महिला स्वास्थ्य स्वयं सेविकाहरुले रातदिन नभनी काम गरिरहेको दुःखलाई मुख्यमन्त्रीज्यूले सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेकोमा धन्यवाद दिन चाहन्छु,’ इन्चार्ज रिजालले भनिन्,  ‘मुख्यमन्त्री ज्यूले प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्था गरेर महिला स्वास्थ्य स्वयं सेविकालाई अझै जिम्मेवार बनाइदिनु भएको छ ।’

 

संघकी केन्द्रीय सचिवसमेत रहेकी झापाकी महिला स्वास्थ्य स्वयं सेविका विमला प्रसाईंलगायतले आफूहरुले प्रदेशबाट पाउँदै आएको सुविधा पनि अघिल्लो सरकारबाट रोक्का भएकाको भन्दै मुख्यमन्त्री कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

‘महिला स्वास्थ्य स्वयं सेविका छोडेर विदा हुँदाको बखत प्रदेश सरकारले २० हजार रुपैंयाँ दिने भनेर नीति नै बनाएको तर महालेखा परीक्षकको कार्यालयले त्यसलाई बेरुजु देखाएपछि उक्त रकम पनि नपाउने भएका छौं,’ उनले भनिन्, ‘प्रदेशभरिमा ६ हजार महिला स्वास्थ्य स्वयं सेविका रातदिन महिलाले गर्भ धारण गरेदिख बच्चा हुर्कुञ्जेल स्वयं सेवा गर्दै आएको अवस्थामा प्रदेश सरकारले प्रोत्साहन भत्ताको व्यवस्था गरेर थप जिम्मेवार बनाइ दिएको छ ।’

 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा महिला स्वयं सेविकाको ध्यानाकर्षण पत्र बुझेपछि मुख्यमन्त्री कार्कीले समाजमा महत्वूण योगदान पुर्याउने महिला स्वास्थ्य स्वयं सेविकाहरु आफ्ना बिरामी बालबालिकालाई घरमा छोडेर रातदिन नभनी अर्काको घरमा गएर गर्भवती महिलादेखि बालबालिकाहरुलाई सेवा दिँदै आएकाले प्रोत्साहन र पुरस्कारको व्यवस्था गरेको बताएका छन् ।

‘आफ्ना छोराछोरीलाई घरमा छोडेर समुदायमा रहेका छोराछोरीहरुको हेरबिचार गर्ने महिला स्वास्थ्य स्वयं सेविकाहरुको योगदान उच्च छ । त्यो मैले पनि बुझेको छु,’ मुख्यमन्त्री कार्कीले भने,  ‘अहिलेसम्म महिला स्वास्थ्य स्वयं सेविकाको पीडामा कोही सरकार लागेन यो पटक मैले बजेटमै स्वयंसेवी महिलाहरुलाई ५ हजार प्रोत्साहन उपलब्ध गराउने व्यवस्था मिलाएको छु । तपाईहरु ढुक्क हुनुहोस ।’मुख्यमन्त्री कार्कीले कोशीका १४ वटा जिल्लामा एक÷एक जना र प्रदेश भरिबाट एक जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गर्ने बताएका हुन् ।

 

कोरोनाका बेला समेत  डाक्टरहरुको भन्दा पनि घरघरमा पुगेर कोरोना पिडीतलाई हेर्ने महिला स्वास्थ्य स्वयं सेविकाहरुको सेवा महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्की भन्छन् ‘मेरो सरकारको पहिलो प्राथमिकता भनेको मानवीय विकास हो । त्यसभित्र पनि वालबालिका र महिलाको क्षेत्रमा काम गर्नु छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९