धनगढी । कैलालीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–८ बाट खैरो हिरोइनसहित २० वर्षीय समिर चौधरी पक्राउ परेका हुन्।जिल्लाको लम्की चुहा नगरपालिका–१ का चौधरी एक सय ३० मिलिग्राम लागूऔषधसहित बुधबार साँझ पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय, टीकापुरको टोलीले उनलाई पक्राउ गरेको हो।


































































































































































