नेपाल प्रेस युनियनले पाँच दिने पत्रकारिता तालिम सञ्चालन गर्ने

काठमाडौं । नेपाल प्रेस युनियनले प्रशिक्षण वर्ष २०८० अन्तर्गत विभिन्न प्रशिक्षण कार्यक्रम घोषणा गरेको छ। युनियनको केन्द्रीय प्रशिक्षण विभागको प्रथम बैठकले केन्द्रीय समिति र प्रदेश समितिका पदाधिकारी एवं सदस्यका लागि संगठन, नेतृत्व विकास एवं क्षमता अभिवृद्धिको प्रशिक्षक प्रशिक्षणसहितका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो।प्रशिक्षण विभागका प्रमुख एवं युनियनका उपाध्यक्ष नकुल अर्यालको अध्यक्षतामा बसेको बैठकले माघ पहिलो साता ५ दिने विशिष्टीकृत पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको हो। त्यस्तै युनियनको केन्द्रीय कार्यालयमा साप्ताहिक रुपमा प्रशिक्षणात्मक अन्तरक्रिया श्रृखंला सञ्चालन गर्ने निर्णय भएको विभागका प्रमुख अर्यालले जानकारी दिए।

 

 

विभागले घोषणा गरेका कार्यक्रमहरूले नेपाल प्रेस युनियनले घोषणा गरेको प्रशिक्षण वर्ष सफल पार्न र अलोकतन्त्रवादी पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने अर्यालको भनाई छ। प्रशिक्षण कार्यक्रमहरू युनियनको प्रदेश समिति र शाखासँग समन्वय गरेर नियमित सञ्चालन गरिनेछ।बैठकमा उपस्थित युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले युनियन आवद्ध देशभरका पत्रकारले क्षमता अभिवृद्धिको अवसर पाउनेगरी कार्यक्रम सञ्चालन गर्न विभागलाई निर्देशन दिए। युनियनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षण, सूचनाको हक प्रबर्द्धन, सुशासन एवं पारदर्शिता तथा लोकतान्त्रिक मूल्य मान्यतालाई संरक्षण गर्न प्रशिक्षण कार्यक्रमहरू सफल हुने विश्वास लिएको छ।

 

 

प्रशिक्षण विभागले स्थानीय आवश्यकता अनुसारको प्रशिक्षण कार्यक्रमको खाका बनाउन सबै शाखासँग अन्तरक्रिया र सुझाव संकलन गर्ने निर्णयसमेत गरेको छ। जिल्ला शाखाहरूससँगको समन्वयमा हरेक शाखामा कम्तीमा १ प्रशिक्षण सञ्चालन गर्ने निर्णय विभागले गरेको छ।युनियनको प्रशिक्षण विभागमा वरिष्ठ पत्रकारहरू प्रकाश रिमाल, शालीक सुवेदी, शिरोमणि ढुंगाना, मनोज जोशी, उपमहासचिव रवीन्द्र सुवेदी, सचिव खगेन्द्र भण्डारी र केन्द्रीय सदस्य सविना पौडेल रहेकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९