डोल्पा संमृद्धिका लागि सडक, पुल नबन्दा समस्या नै समस्या

सुर्खेत। तीन प्रकारको हावापानी रहेका डोल्पामा विकास र संमृद्धिका लागि सडक मुख्य बाधक बन्दै गएको छ । राज्यले भारी लगानी गरेको छु भन्न नछोडे पनि डोल्पाका लागि त्यो बजेट नगन्य मात्रामा भएको सरोकारवालाहरु बताउँदै आएका छन् । भेरी करिडोर सडक आयोजनाले डोल्पाको लागि मुख्य सडक सञ्जाल जोडिने आधारको रुपमा रहँदै आएको छ । यो सडक जाजरकोट सदरमुकामबाट ५६ किलोमिटर अर्थात तल्लु सम्ममात्र पिचको लागि दुइ वर्ष अघि लागेको ठेक्काको काम भइरहेको छ ।

 

भेरी करिडोर भित्रको जाजरकोटको अन्तिम भाग तल्लुबाट डोल्पाको सदरमुकाम दुनै सम्म ६२ किलोमिटर रहेको छ । यो सडकको अस्थायी ट्याक खोल्ने काम नेपाली सेनाका कर्णेल विश्वबन्धु पहाडी नेतृत्वको टिमले गरेको थियो । हाल सम्म सोही सडकमा केही साना सवारी साधनहरु चल्ने गरेका छन् । ठुला सवारी साधन चल्नका लागि सडकको स्तरोन्नतीको काम हुन सकेको छैन ।

सेनाले गरेको ट्याक ओपनको काम माथी नै अहिले सबै खालका डोल्पाका क्रियाकलाप हुँदै आएका छन् । राज्यले डोल्पाको सदरमुकामसम्म सडक पुर्याउने लक्ष्य कागजमा पुरयाए पनि डोल्पालीले अनुभूति गर्ने खालको गरि पुर्याउन नसकेको ठुलिभेरीका जयकृष्ण हमालले बताए । ठाउँ,ठाउँमा निर्माण हुने पुलहरुको काम पनि जहाँको त्यही रहेको छ । भाषण मात्र सबै थोक भइसक्यो भन्ने तर व्यवहारिक रुपमा कुनै पनि काम नहुँदा आफूहरु दुखी भएको उनको भनाई रहेको छ ।

 

अघिल्लो वर्ष तल्लुबाट दुनै सम्म पिचका लागि आउनु पर्ने बजेट अहिलेसम्म स्वीकृत नहुँदा तल्लु देखि दुनै सम्मको काम हुन सकेको छैन । भेरी करिडोरको लागि भन्दै ५० करोड बजेट बिनियोजन गरेको सरकारले अहिले चालू अवस्थामा रहेको सडकमै सो बजेट नपुग्ने देखिन्छ ।

 

उत्ता जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको केही समय भित्र निर्माणका लागि बोलपत्र गर्ने तयारी भएपनि भेरी करिडोरसँग जोडिएको त्रिबेणी स्थित पुल निर्माण कार्य पूरा नहुँदा समस्य भएको छ । आयोजनाले आफैँले गरेको बोलपत्र गरेर पुल निर्माण गर्नका लागि क्याराभान लाई जिम्म दिएको थियो । क्याराभान पाएको उक्त ठेक्का रेटालाई बिक्री गरेर जिम्मेवारीबाट पन्छिए पनि पुल निर्माणको काम झनै ढिला भएको छ । पुल निर्माण एक वर्ष भित्र गरि सक्ने भने पनि भाका नाघेर दुइ वर्ष पछाडी धकेलिए पनि पुल निर्माण हुने अझैँ कुनै छाट देखिएको छैन । आयोजना स्थल सम्म जानका लागि उक्त पुल भेरी नदीमा छिटो बनाउनु पर्ने दबाब परेपनि जगदुल्ला जलविद्युत आयोजनाका अधिकारीहरु गफ लगाएर सबै काम हुन्छ भन्दै उच्च अधिकारीलाई आफ्नो पक्षमा ल्याउने काममा समय खर्च गरिरहेको आरोप लाग्दै आएको छ ।

 

त्रिबेणीबाट मुडकेचुला गाउँपालिकाको इल सम्म सडक निर्माण तत्काल गर्नुपर्ने भएपनि जगदुल्ला जलविद्युत आयोजनाका अधिकारीहरु सबै काम गती मै छ भन्दै गलत जानकारी दिने गरेका छन् । यद्यपी फिल्डमा खासै कुनै पनि काम नभएको डोल्पा त्रिपुराकोटका स्थानीय पत्रकार विष्णु देबकोटाले जानकारी दिए । मान्छेलाई आफ्नो पक्षमा ल्याउन माहिर आयोजनाका अधिकारीहरु काम भन्दा पनि हल्ला बढी गर्ने तरिकाका रहेकाे देबकोटाले बताए । आयोजना स्थलमा जान र आउनका लागि पूर्वाधार विकास कार्यालयले खोलेको ठेक्काको काम बल्ल सुरु भएको छ । त्यहाँ रहेको कडा चट्टान फोर्नका लागि बिस्फोटनका कामहरु बल्ल सुरु भएका छन् ।  त्रिबेणी देखि माथी अर्थात डोल्पाको दुनैसम्म अहिले केही ठाउँमा अस्थायी बेलिब्रिज निर्माण गरेर यातायातका साधनहरु सञ्चालनमा रहेका छन् । बेलिब्रिज भएको ठाउँमा पुल निर्माणको लागि भएका ठेक्काको कामहरु अझैँ सुरु हुन सकेको छैन । निर्माणको जिम्मेवारी लिएका निर्माण व्यवसायीहरु शक्ति केन्द्रमा धाउदै ठेक्काको म्याद थप्ने काम गरिरहेको पाइएको छ । त्रिबणी देखि माथी डोल्पाका बाँकी ६ वटा पालिकाहरु रहेका छन् ।

 

सडक निर्माण तिब्र बनाई डोल्पाको दुनै सम्म मात्र पिचको काम भएमा मात्र डोल्पाको ६० प्रतिशत अप्ठ्यारो काम हल हुने प्रदेशसभा सदस्य शेरबहादुर बुढाले बताए । अस्थायी कच्ची सडकमा अहिले यातायातका साधनहरु सञ्चालन गर्दा मृत्यु मार्गमा यात्रा गरेझैँ हुने बुढाले जानकारी दिए । जाजरकोट खण्डमा निर्माण गर्नुपर्ने पूलहरु समेत अहिले सम्म निर्माण भएका छैनन् । जाजरकोट खण्डमा सबै काम पुरा नहुन्जेल सम्म डोल्पा जान सहज नहुने देखिन्छ । भेरी करिडोर जाजरकोट रुकुम पश्चिम हुँदै डोल्पामा जोडिने गर्दछ । भेरी करिडोर सडक आयोजनाको बाँकी भागमा ठेक्का खोल्नका लागि आयोजनाका अधिकारीहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अर्थ मन्त्रालय धाउदा धाउदा हैरान भएको बताउने गरेका छन् ।

 

उपल्लो डोल्पाका तीन पालिकामा हुने विकास निर्माणका कामहरु यही सडकका कारण ढिलो हुँदै गएको छ । दुनैबाट उपल्लो डोल्पा जान र आउन अझैँ पैदल यात्रा गर्नुपरिरहेको छ । दैनिक उपभोग्य सामग्री देखि अन्य सामान लिन समेत घोडा , खच्चड तथा मानिसले पिठ्यूमा बोक्नु पर्ने बाध्यता रहेको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए । राज्यले हामीलाई अकै देशको नागरिक झैँ व्यवहार गरेको उनको आरोप छ । डोल्पाको भान्सा अझैँ भारी महंगो रहदै आएको छ । इन्धन देखि अन्य दैनिक उपभोग्य सामग्री डोल्पा लिनका लागि बाँकेको राँजा स्थित विमानस्थलबाट हवाइ मार्ग हुँदै डोल्पाको जुफाल पुग्ने गरेको छ । समय , समयमा कुहिएको मासु देखि अखाद्य बस्तुहरु डोल्पामा पुग्ने गरेको छ । राँजा विमानस्थलमा डोल्पा पठाउने कुनै पनि सामग्रीको जाँच नहुँदा यस्तो समस्य हुँदै आएको हो ।

 

भारी सम्भावना रहेको डोल्पामा विकास निर्माणको काममा भएको सरकारी विभेदका कारण यहाँका नागरिकहरु पीडित बन्दै गएका छन् । डोल्पामा पुग्ने सरकारी अधिकारी समेत त्यहाँ लामो समय नबस्ने गरेको पाइएको छ । उपल्लो डोल्पाका अधिकांश कर्मचारीहरु चिसोको बहानामा व्यक्तिगत काम गर्दै जिल्ला बाहिर रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न

लिस्वन (पोर्चुगल),  पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बसोबास गर्ने नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी ’कन्सुलर सेवा प्रदान गरेको छ ।   दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुई दिने घुम्ती शिविरको आयोजना गरेर सो क्षेत्रमा रहेका नेपालीलाई राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी...

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

वालिङ (स्याङ्जा),  स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील छन् । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो ।       सुरक्षाका दृष्टिले जिल्लाका मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सूची...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व, हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन् । बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।     बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो । आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ...

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

म्याग्दी,  मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो । समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।   मालिका गाउँपालिकाले रु सात लाख ७६ हजार अनुदान...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

बर्दगोरिया–३ मा नशाखोरी र आगलागीको जोखिम बढेपछि वडास्तरीय भेला

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा बढ्दो लागु पदार्थ दुव्र्यसन तथा पटक–पटक भइरहेका आगलागीका घटनालाई नियन्त्रण र न्यूनीकरण गर्ने उद्देश्यले वडास्तरीय भेला आयोजना गरिने भएको छ।   वडा क्षेत्रमा लागु पदार्थ सेवनका कारण सामाजिक समस्या बढ्दै जानुका साथै गाउँटोलमा आगलागीका घटना दोहोरिन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन (बागलुङ), बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ । बाजा बजाउने प्रचलन सङ्कटमा पर्न थालेपछि यसको संरक्षण गर्न जिल्लाका विभिन्न विद्यालय जागरुक भएका छन् । कतिपय विद्यालयले बाजा खरिद गरेर सिकाउन थालेका छन् ।   बागलुङ नगरपालिका–१२ पैयुँपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले दुई वर्षदेखि...

निर्वाचनका कारण फागुनको बृहत् स्वास्थ्य शिविर चैतमा सारियो

खोटाङ, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताका कारण दिक्तेलमा तय भएको बृहत् स्वास्थ्य शिविरको मिति सारिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी फागुन ८ र ९ गते दिक्तेल बजारमा आयोजना गर्न लागेको बृहत् स्वास्थ्य शिविर निर्वाचन आचारसंहिताका कारण चैत पहिलो...

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

धरान (सुनसरी),  धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ ।   यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९