काठमाडौं । इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै राजधानीमा प्रदर्शन गरिएको छ। आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन्। ललितपुरको लगनखेलबाट सुरु गरिएको र्याली जावलखेल पुगेर कोण सभामा परिणत भएको थियो।


































































































































































