संरक्षणको पर्खाइमा डावरी पार्क

रौतहट। चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको डाबरी पार्क यतिबेला संरक्षणको पर्खाइमा रहेको छ ।जिपि उद्यानका नामले समेत परिचित यो पार्कमा अहिले पिकनिक खान आउने र दिउँसो घुम्न आउने आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।सम्बन्धित निकायले पार्कको उचित व्यवस्थापन गर्न नसकेका कारण जिल्ला बाहिर र जिल्लाभित्रका विभिन्न स्थानबाट रमाउन आउनेहरूका लागि अहिले अप्ठ्यारो महसुस भइरहेको छ । जङ्गलको बीचमा रहेको डाबरी पार्कलाई उचित संरक्षण गर्न सके यहाँ बाहिरी पर्यटकसमेत ल्याउन सकिने स्थानीय बासिन्दाको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका लगायत अन्य निकायले उचित व्यवस्थापनमा चासो नदिएका कारण यतिबेला सो पार्कमा समस्या देखापरेको छ ।

 

डाबरी पार्कमा रहेको जरुवाको पानी चन्द्रपुर लगायत आसपासका क्षेत्रमा  राम्रो र शुद्ध पानीका रुपमा परिचित रहेको छ । डाबरीको जरुवा पानीलाई संरक्षण गरेर यसको परिचय अझै फैलाउँदै लानुपर्ने स्थानीय बासिन्दाहरूको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर -६ ले डाबरी पार्कको उचित संरक्षणका लागि सक्दो सहयोग गरिरहेको सो वडाका वडा अध्यक्ष सहदेव केसीको भनाइ रहेको छ । आफ्नो वडामा पर्ने डाबरी पार्कको सौन्दर्यकरणमा वडाले सक्दो सहयोग गरिरहेको वडा अध्यक्ष केसीको भनाइ रहेको छ ।

 

 

पूर्व पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुर बजारबाट नजिकै रहेको डावरी पिकनिक स्टपका रूपमा समेत परिचित हुँदै गएको छ । शनिबार डाबरीमा पिकनिक खान आएका चन्द्रपुर- २ का स्थानीय बासिन्दा रामबाबु चौधरीका अनुसार डावारी पार्कलाई अझै व्यवस्थित बनाउनु पर्ने देखिन्छ । डावारी पार्कमा पछिल्लो समय शौचालयको अभाव हुँदा पिकनिक र घुम्न जानेहरूले जङ्गलमा जताततै दिशा पिसाब गरिदिनाले डाबरीको सौन्दर्यकरण बिग्रदै जान थालेको स्थानीय बासिन्दाहरूको भनाइ रहेको छ ।

 

स्थानीय बासिन्दा तथा नेपाली कांग्रेसका युवा नेता श्याम हरि चौलागाईंले डाबरी पार्कलाई व्यवस्थित बनाउनका लागि आफूहरूले सक्दो काम गरिरहेको जानकारी दिएका छन्। चारैतिर हराभरा जंगलको बीचमा रहेको डाबरी पार्कलाई व्यवस्थित गर्नका लागि आफूहरूले सम्बन्धित निकायमा कुरा पु¥याउने काम गरिरहेको र यसका लागि आफूहरू लागि परेको चौलागाईंको भनाइ रहेको छ ।

 

डाबरी पार्कमा रहेका दुईवटा शौचालयमा यतिबेला फोहोरै फोहोर रहेको छ । शौचालयको ढोका समेत अहिले बिग्रेको अवस्थामा रहेको छ । त्यसतर्फ चन्द्रपुर नगरपालिका र वडा नम्बर ६ को ध्यान जान नसकेको स्थानीय बासिन्दा भीम पहरीको भनाइ रहेको छ । डाबरी पार्कमा घुम्न तथा पिकनिक खान आउनेहरूलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले  चासो दिनुपर्ने पहरीको भनाइ रहेको छ ।

 

जमिन मुनिबाट आउने जरुवा पानीका कारण समेत डाबरीको नाम जिल्लाभरि फैलँदो अवस्थामा रहेको छ । चन्द्रनिगापुरका कयौं स्थानीय बासिन्दाहरूले शुद्ध पानीका लागि डाबरीको जरुवा पानी लगेर खाने गरेको स्थानीय बासिन्दाहरुले बताउने गरेका छन्। चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले डाबरी पार्कको उचित व्यवस्थापनका लागि आफूले आगामी वर्षमा कदम चाल्ने बताएका छन् । डाबरी पार्कलाई पर्यटकीय क्षेत्र बनाउनका लागि नगरपालिकाले गुरु योजना बनाएर अगाडि बढ्ने तयारी गरिरहेको नगरप्रमुख काफ्लेको भनाइ रहेको  छ । रौतहट जिल्लामा रहेका धेरै पर्यटकीय स्थलहरूमध्ये डाबरी समेत एक हो ।

 

तर यसको उचित समवर्धन र यसको प्रवर्धनका लागि सम्बन्धित निकायले चासो नदिएका कारण डाबरी लथालिङ्ग अवस्थामा पुगेको स्थानीयहरूको भनाइ रहेको छ । डाबरी पार्कको संरक्षण समिति बनाएर यसको संरक्षणका लागि काम अगाडि बढाउनुपर्ने स्थानीयको भनाइ रहेको छ ।

 

हरेक शनिबार डाबरी पार्कमा रौतहट जिल्लाको विभिन्न स्थानबाट घुम्न तथा पिकनिक खानका लागि आउने सर्वसाधारणको चाप बढ्दै जान थालेको छ । तर व्यवस्थित पिकनिक खाने ठाउँ र शौचालयको अभावमा पिकनिक खान जाने र घुम्न आउनेहरू सौच गर्नका लागि जङ्गलमा यताउता भौतारिने गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९