भुमिपति बने पछिको खुसी : अव घरबास बनाएर तरकारी लगाउँछौ

 

महोत्तरी । महोत्तरी बर्दिवास-२ का अमृत आले पढन जान्दैनन तर लालपुर्जामा टासेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दंग देखिन्छन । उनकाे खुसी अनुहारमा छल्किरहेको छ ।नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ ? भन्ने उनई यसकाे प्रवाह त छैन तर  यो पुर्जा भुमिपती बनेको प्रमाण हो भन्ने चै थाहा छ ।नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भुमिपती भएको खुसी साटासाट गरिरहेका थिए । जिन्दगीभरी कहाँ बस्ने र के खाने ? भन्ने त्राही-त्राहीमा रहेका भुमिहिन तथा दलित भुमिहिन लालपुर्जा देखाउँदै अनेक सपनाहरु सुनाई रहदाँ खुसी र सुख के हो ? भन्ने अनुभुती जो कोहीले गरिरहेका देखिन्थ्यो ।प्रमुख अथिति तथा अथितिहरुले हस्तान्तरण गरेको लालपुर्जा हातमा लिएपछि आले र उनकी श्रीमतीले नगरवाट प्राप्त जग्गामा सानो घर बनाएर तरकारी खेती गर्ने योजना सुनाए । `बुढेसकालमा आफ्नै नाममा जग्गा भएको छ । यहाँ भन्दा ठुलो खुसी के हुन सक्छ र ?´ आले दम्पतिले भने, `कमसेकम मर्ने बेलामा भुमिपति भएर मर्न पाइने भयो ।´उमेरले डाडो काटे तापनी आले अहिले पनि ठेला चलाउँछन । यही पेशावाट नै भएको आम्दानीले उनले दुई छोरी र दुई छोराको विवाह गरिदिए । `छोराहरुले कमाउन थाले तापनी आफ्नै जग्गा र घर जोर्ने सपना सपनामा नै सिमित बन्यो,´ उनले भने, `अब जग्गा नगरले दियो, घर बनाउन छोराहरुलाई भन्छु ।´ वडा न.२ कै चतुरमाया परियार त लालपुर्जा हातमा परेपछी निक्कैवेर भावुक भईन । उमेरले ६९ बर्ष पुगेकी परियार छोराछोरी भएता पनी एक्लिएको अनुभुती भएता पनि नगरले जग्गा दिएर सहारा प्रदान गरेको बताईन । `एउटा छाप्रो बनाउछु अनि तरकारी लगाएर भएपनि अब जिविकोपार्जन गर्छु,´ परियारले भनिन । अझ सोममाया लामिछानेको त आफ्नो जग्गा नहुदाँ लामो समयदेखी कोठामा बस्दै आएकी थिइन । घरवासको लागि आफ्नै जग्गा थिएन । बनिबुताे गरेर जिविकोपार्जन गर्दै आएकी उनकाे श्रीमान बर्षौ पहिला वितेका थिए । `घरबास नहुदाको पीडा मलाई जति अरु कस्लाई थाहा होला र ?´ सोममायाले खुसी हुदै भनिन, `कमसेकम भुमी आयोग र नगरले हाम्रो पिडालाई थोरै भएपनी मलम लगाउने प्रयास गरेको छ ।उनीहरु जस्तै बर्दिवास-२ स्थित २५ नम्बर बहादुर गंज ४ घ कित्ता न.३२ वाट प्रती घरधुरी १ कठ्ठाका दरले पहिलो चरणमा लालपुर्जा पाउने ५३ घर परिवारको उस्तै खुसी छ । जग्गा पाएपछी उनिहरुले घरवास बनाउने मात्र योजना बनाएका छैनन्, तरकारी तथा अन्य उत्पादन गरेर व्यवसायिक बन्ने समेत सपना बुनेका छन ।पहिलो चरणमा परेका ६० आवेदन मध्य प्रक्रिया पूरा भएको ५७ जना पुर्ण भुमिहिनलाई जग्गा उपलब्ध गराउने निर्णय गर्दै राष्ट्रिय भुमि आयोग महोत्तरीले २२ मंसिरमा हकदावीको लागी नामावली प्रकाशन गरेको थियो ।त्यसमध्ये ३ जनाको नाममा उजुरी परेपछी २९ मंसिरमा आयोगले ५३ जनालाई लालपुर्जा दिने निर्णय गरेको भुमी आयोग महोत्तरीका अध्यक्ष ज्ञान बहादुर गोलेले जानकारी दिए ।सोहीअनुसार आज ५३ जना भुमिहिनलाई लालपुर्जा वितरण गरिएको अध्यक्ष गोलेको भनाई छ । अन्य भुमिहिनको नाममा छानविन भैइरहेको पनि उन्ले वताए ।६० जना मध्ये  कसैको नाममा जग्गा देखिएको, कसैको नाममा उजुरी परेको हुनाले भुमी आयोगले छानविनको लागी ३ जनाको विज्ञ सदस्य संयोजकत्वमा समिती वनाएको छ । समितिले पेश गरेको प्रतिवेदनको आधारमा प्रक्रिया अगाडी बढाईने भुमी आयोगले जनाएको छ ।यता आफ्नै  कार्याकालमा नगरभित्र रहेका कसैलाई भुमिहिन हुन नदिने नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए । अव्यवस्थित वसोवासीको समेत काम तिव्ररुपमा गरेको वताउदै कसैलाई पनि निराश हुने वातावरण सिर्जना हुन नदिने प्रमुख क्षेत्रीको प्रतिबद्धता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९