काठमाडौं । राप्रपाले गरेको कविता प्रतियोगितामा रुकुमपश्चिमका उमेश पुनमगरको कविता ‘देशभित्र देखेको देश’ प्रथम भएका छन् । राप्रपाले ३०२औं पृथ्वी जयन्तीको अवसरमा ‘पृथ्वीनारायण शाह’का बारेमा कविता प्रतियोगिताको खुला आह्रान गरेको थियो । ४० वर्षमुनिका युवा कविता प्रतियोगितामा पुनमगरको कविता प्रथम भएको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । गत मंसिर २७ गते राप्रपाले पुस १५ गतेसम्मको समयसिमा तोकेर कविता पठाउन आह्वान गरेको थियो । उक्त समयावधिमा प्राप्त ३०५ जना सर्जकका कवितामध्ये
पुनमगरको ‘देशभित्र देखेको देश’ कविता प्रथम भएको हो । उत्कृष्ट कविता छनौटका लागि वरिष्ठ कवि तथा साहित्यकारहरु विश्वविमोहन श्रेष्ठ, डा. नवराज लम्साल र मोमिला जोशी निर्णायक रहेका थिए । उनीहरुले उमेश पुनमगरको ‘देशभित्र देखेको देश’ कवितालाई प्रथम घोषणा गरेका हुन् । साथै कपिलवस्तुका सुभाष खनालको कविता ‘पृथ्वीनारायण’ दोस्रो हुँदा संखुवासभाका सिजन श्रेष्ठको कविता ‘पृथ्वीको यात्रामा पृथ्वी’ तृतीय भएको छ । यसैगरी दाङका अविरल डिसीको ‘बाँचौ नेपाली बनी’, निरुता बुढाथोकीको ‘ए मेरा सन्तति हो’ र लमजुङका प्रविण अधिकारीको ‘बडामहाराजलाई पत्र’ कविताले प्रत्साहन
स्थान हासिल गर्ने सफल भएका प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार विजेता कविहरुलाई प्रथम पुरस्कारवापत एक लाख रुपैयाँ, द्वितीय पुरस्कारवापत ५० हजार रुपैयाँ, तृतीय पुरस्कारवापत २५ हजार रुपैयाँ र प्रोत्साहन पुरस्कार विजेता तीनजनालाई १० हजार रुपैयाँका दरले २७ पुसमा पृथ्वीजयन्तीका अवसरमा काठमाडौंको भृकुटी मण्डपमा हुने जलपान समारोहमा प्रदान गरिनेछ । साथै सोही दिन विजेताहरुको कविता वाचन समेत हुनेछ ।
प्रेस विज्ञप्ति
पृथ्वी जयन्तीका अवसरमा राप्रपाले आह्वान गरेको ४० वर्षमुनिका युवा कविता प्रतियोगिताको बिजेता छनौटराष्ट्रिय प्रजातन्त्र पार्टीले गत मंसिर २७ गते पौष १५ गतेसम्मको समयसिमा तोकेर चालिस वर्ष मुनिका युवाहरुलाई सहभागी हुन पाउने गरी ३०२ औं पृथ्वी जयन्तीको अवसरमा “पृथ्वीनारायण शाह” का बारेमा कविता प्रतियोगिताको खुल्ला आह्रान गरेको थियो। छोटो समयको सूचनामा देश विदेशका ३०५ जना सर्जकबाट आफ्नो उत्कृष्ट रचनाहरु प्राप्त भएको छ। उत्कृष्ट कविता छनौटका लागि वरिष्ठ कवि तथा साहित्यकारहरु विश्वबिमोहन श्रेष्ठ, डा. नवराज लम्साल र मोमिला जोशी निर्णायक रहनुभएको थियो। निर्णायक मण्डलबाट छनौट गरिएका कविता प्रतियोगिताका बिजेताहरु देहाय बमोजिम रहेका छन् ।
क्र.सं प्रतियोगी कविको नाम ठेगाना कविताको शीर्षक योग्यताक्रम
१. श्री उमेश पुन मगर रुकुम पश्चिम देशभित्र देखेको देश प्रथम
२. श्री सुभाष खनाल कपिलवस्तु पृथ्वीनारायण दोस्रो
३. श्री सिजन श्रेष्ठ संखुवासभा पृथ्वीको यात्रामा पृथ्वी तृतीय
४. श्री अविरल डि.सी. दाङ्ग बाँचौ नेपाली बनी प्रोत्साहन
५. श्री निरुता बुढाथोकी म्याग्दी ए मेरा सन्तति हो ! प्रोत्साहन
६. श्री प्रविण अधिकारी लमजुङ्ग बडामहाराजलाई पत्र प्रोत्साहन
बिजेता कविहरुलाई प्रथम पुरस्कार वापत रु. १,००,०००/- (एक लाख), द्वितीय पुरस्कार वापत रु.५०,०००/- (पचास हजार), तृतीय पुरस्कार वापत रु. २५,०००/- र तीन जना प्रत्येकलाई प्रोत्साहन पुरस्कार वापत रु.१०,०००/- (दश हजार) का दरले आगामी पौष २७ गते हुने काठमाडौंको भृकुटी मण्डपमा हुने जलपान समारोहका बीच पुरस्कृत गरिनेछ। साथै सोही दिन विजेताहरुको कविता वाचन समेत हुनेछ। यस कार्यक्रममा उत्साहपूर्वक सहभागी हुनु हुने सबै प्रतियोगी कविहरुलाई राप्रपा धन्यवाद व्यक्त गर्दछ। साथै हाम्रो अनुरोधलाई स्विकार गरी छोटो समयमा निष्पक्ष मूल्याङ्कनको काम गर्नुभएका निर्णायक मण्डल प्रति राप्रपा हार्दिक आभार प्रकट गर्दछ।
मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख


































































































































































