शीतलहरले जनजीवन कष्टकर, चिसोबाट जोगिन विपन्न परिवारको सहारा पराल

रौतहट । विगत केही दिनदेखि बढेको शीतलहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । रौतहटका गरिब तथा विपन्नहरूको बस्तीमा जाडोले जनजीवन प्रभावित भएको हो। जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई बिहान बेलुकाको छाक टार्नसमेत हम्मेहम्मे परेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवनयापन चलाउँदै आएका गरिब तथा विपन्नहरूकाे जनजीवन शीतलहर र ठन्डीले कष्टकर बनाएकाे छ ।

 

 

पर्याप्त मात्रामा ओड्ने ओछ्याउने नभएका कारण जिल्लाका ग्रामीण भेगका विपन्न बस्तीहरूमा सर्वसाधारणहरू पराल ओछ्याएर सुत्न बाध्य भएका छन्। जिल्लाका गरिब तथा विपन्नहरूका बस्तीमा यतिबेला उनीहरूको सहारा पराल बनेको छ। पराल नै ओछ्याएर पराल नै बालेर तापेर उनीहरू रातदिन कटाउन बाध्य भएका छन्। दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्ने दलित तथा विपन्नहरूको बस्तीमा कामको अभावमा उनीहरू घरमै पराल तापेर बस्न बाध्य भएका छन्। चिसोका कारण दैनिक ज्याला मजदुरी गर्नसमेत उनीहरूलाई समस्या परेपछि  घरै बस्न बाध्य भएका हुन्।

 

 

चिसोका कारण अहिले बालबालिकामा विभिन्न रोग देखापर्न थालेको र आफूहरूसँग पर्याप्त न्यानो लुगा नभएकाले समस्या भएको चन्द्रपुर ५ नहर टोलकी तेतरिया देवीले बताइन् । रौतहटका विपन्न तथा गरिब बस्तीहरूमा जाडो छल्नका लागि स्थानीय तहहरूले समेत कुनै सामग्री वितरण नगरेको उनीहरूको गुनासो रहेको छ।तराई मधेसका जिल्लामा हरेक वर्ष शीतलहरीका कारण सर्वसाधारणहरू पीडित बन्दै आएका छन्। केही दिनदेखिको लगातारको शीतलहरी र चिसो हावाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ भने गरिब तथा विपन्न बस्तीका सर्वसाधारण यसको मारमा परेका छन्।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर ५ को नहरटोलमा रहेको गरिब तथा विपन्न बस्तीको अवस्था यतिबेला दर्दनाक रहेको छ। उनीहरू पराल ओछ्याएर सुत्न बाध्य रहेका छन् भने परालै ओडेर दिन कटाउन बाध्य बनेका छन्। जिल्लाका विभिन्न स्थानमा रहेका गरिब तथा विपन्न बस्तीका सर्वसाधारणका लागि स्थानीय तहले जाडोबाट बच्ने उपाय अवलम्बन गर्न नसक्दा सर्वसाधारणहरू मारमा परेको स्थानीय बासिन्दाहरूले बताएका छन्।

 

पानी नै चुहिने फुसको घरमा तप तप चुहिने शीतलहरीको बेलामा समेत उनीहरु पराल ओछ्याएर कष्टकर तरिकाले रात तथा दिन बिताउन बाध्य भएको चन्द्रनिगापुरका शम्भु चमारले गुनासो गरे । रौतहटसहित तराई मधेसका जिल्लाहरूमा हरेक वर्ष जाडोले कठ्याङ्ग्रिय र मर्नेहरूको सङ्ख्या समेत बढ्दै जाँदा पनि स्थानीय तह तथा प्रदेश सरकारले जाडोबाट बच्ने उपाय अवलम्बन गर्न नसकेको गुनासो बढ्दै जान थालेको छ ।

जाडोबाट बच्न रौतहटका केही स्थानीय तहले डिभिजन वन कार्यालय रौतहटसँग सहकार्य गरेर दाउरा वितरण गर्दै आएको भएपनि यस वर्ष गरिब तथा विपन्न बस्तीमा दाउरा समेत नपुगेका कारण उनीहरु पराल बालेर आगो ताप्न बाध्य भएका हुन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९