बम्जन पक्रने ‘अपरेसन ब्लू’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियाे पक्राउ (अन्तरकथा)

सम्पत्तिको थुप्रो पार्दै घरजम, घरभित्रै शारीरिक अभ्यास गर्ने बमजनको ‘क्लब’

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत् छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी। उनी पिल्लर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम बिस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ। उनै भण्डारीको नेतृत्वमा मंगलबार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडा पुगेका थिए।बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। २० वर्षीय उनको नाम रामलाल बमजन हो। तर, उनी रामबहादुर बमजन, तपस्वी बमजन, लिटिल बुद्धलगायत नामले चिनिएका थिए। भण्डारी नेतृत्वको टोली १९ महिनादेखि बमजनको खोजीमा लागिरहेको थियो। त्यसअघि पनि ब्युरोले बमजनको खोजी नगरेको भने होइन। सिन्धुलीस्थित आश्रममा प्रहरी छापा मार्न पुग्दा बमजन भेटिएका थिएनन्।हालसालै भने बमजन बुढानिलकण्ठ क्षेत्रमा आउने-जाने गर्छन् भन्ने सूचना ब्युरोमा आएको थियो। यसपछि ब्युरोले भण्डारीको नेतृत्वमा बमजन खोजीलाई ‘अपरेसन ब्लू’ नाम दिएर टोली खटायो।खासमा यो ‘अपरेसन ब्लू’को शब्दार्थ केही होइन। विशुद्ध रूपमा ‘सेक्युरिटी मेन्टेन’ गर्नका लागि ब्युरोले दिएको ‘कोडिङ’ नाम हो। ‘कुनै पनि अपरेसन चलाउनका लागि हामी आन्तरिक रूपमा केही कोडिङ गर्छौं, जसबारे त्यो अपरेसन टोलीलाई मात्रै थाहा हुन्छ,’ ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य भन्छन्, ‘यो सेक्युरिटी मेन्टेन गर्नका निम्ति मात्रै हो, अरू कसैले थाहा नपाउन् भनेर हो।’ ‘अपरेसन ब्लू’ सक्रिय भएपछि डिएसपी भण्डारी बमजनको खोजीका लागि विभिन्न टेक्निकल अनुसन्धानमा जुटिरहेका थिए। ‘हिजो दिउँसोसम्म बमजन त्यहाँ छन् भन्ने थाहा थिएन, अचानक पत्ता लागेको हो,’ आचार्यले भने। आचार्यका अनुसार बमजन बसेको भिरालो जमिनमा रहेको चार तले घर पत्ता लागेको भन्दै भण्डारीले जब खबर गरे, अपरेसनका लागि टोली तयार पारियो।

 

प्रहरीले मंगलबार बेलुका सवा ७ बजे बमजन बसेको घरमा घेरा हाल्यो। डिएसपी भण्डारी घरभित्र छिर्नुअघि पहिलो तलामा नै उनकी श्रीमतीले अवरोध पुर्‍याइन्। उनका दुई छोराछोरी चिच्याउन थाले। बाहिर चारैतिर प्रहरीले घेरा हालिसकेको थियो। भण्डारी श्रीमतीलाई पन्छाउँदै बमजनलाई समात्न घरभित्र छिरे।बमजन त्यसबेला दोस्रो तलामा थिए। भण्डारी पुगेपछि तेस्रो हुँदै घरको चौथो तलामा पुगे। त्यहाँबाट उनी भिरालोतर्फको जग्गामा हाम्फाले। ‘त्यो करिब एक तलाभन्दा अलि बढी उचाइबाट हो,’ आचार्यले भने। 
भण्डारी नेतृत्वको टोलीका सदस्य बमजन हामफालेको तलामुनि छँदैथिए। भाग्छन् भनेर टोलीका सदस्य पनि बमजनलाई समात्न चौथो तलाबाट हाम्फाले।
त्यतिको उचाइबाट हाम्फाल्दा पनि बमजन थुचुक्क भएनन्। त्यसबेला अलिकति मात्रै कमजोरी भएको भए बमजन फुत्किन पनि सक्थे र प्रहरीलाई अर्को आक्षेप लाग्न सक्थ्यो – बमजन पक्रन प्रहरी असफल अथवा प्रहरी कमजोरीले बमजन भागे। किनभने, प्रहरीले २०७६ सालदेखि बमजनलाई खोजी गरिरहेको थियो। उनका केही आश्रममा छापा मार्दा बमजन भेटिएका थिएनन्। उनी चतुर्‍याइँपूर्वक प्रहरीबाट छलिइरहेका थिए। उनलाई पक्राउ गर्न त्यति सजिलो छैन भन्ने प्रहरीको पूर्वआँकलन नै थियो।

 

डिएसपी भण्डारीले कुनै मौका दिएनन् र अन्ततस् बमजनको हातमा हत्कडी लगाएर गाडीमा कोचे। बमजन पहिलेदेखि नै बुढानिलकण्ठमा बस्छन् भन्ने चाहिँ सुन्नमा आएको तर त्यही र घरमै छन् भन्ने भेरिफाई भएको हिजै हो,’ आचार्यले भने। बमजन बस्ने ठाउँ यकिन गर्नका लागि त्यही घर चाहिँ महत्वपूर्ण सूचना बन्यो। जहाँ बमजनले आफ्नी श्रीमती, ९ वर्षका छोरा र २ वर्षकी छोरी राखेका थिए। साथसाथै, आफूले आर्जन गरेको केही सम्पत्ति पनि उनले त्यही घरमा थन्क्याएको पाइएको छ।
श्रीमतीको मोबाइल फोन कन्ट्याक्ट भेरिफाई गर्दैजाँदा बमजन फेला परेका भने हुन्। आचार्य भन्छन्, ‘अनुसन्धानका क्रममा विभिन्न कुराहरू भेरिफाई गर्दै जानुपर्ने हुन्छ, यसमा हामीले धेरै मेहनत गरेका थियौं।’त्यो घर बमजन आफैंले खरिद गरेको हो वा कसैले बस्न दिएको हो भन्नेबारे खुलिसकेको छैन। ‘त्यो घरबारे हामीले अनुसन्धान गरेकै छैनौं, पहिले व्यक्ति पत्ता लगाउने, पक्रने र सम्बन्धित निकायमा बुझाउने काम मात्रै भएको छ,’ आचार्यले भने। तर, एक अधिकृतका अनुसार बमजनको संस्थाले त्यो घर खरिद गरेको हो भन्ने बुझिएको छ। ‘बयानमा उनले आफ्नो नभएर संस्थाले किनिदिएको भन्ने गरेका छन्,’ ती अधिकृतले भने। बमजन त्यहाँ व्यवस्थित साथ स्थायी रूपमै बस्न थालेका हुन् भन्ने प्रमाणहरू भेटिएका छन्। बमजनको घरमा सुविधासम्पन्न गाडी फेला पर्नु, तीन करोड बढी रकम फेला पर्नुले त्यसको पुष्ट्याइँ गर्छ।अझ, बमजन बसेको घरभित्रै शारीरिक अभ्यासका लागि खोलिएको ‘क्लब’ जस्तै सुविधासम्पन्न जिमखाना छ। जहाँ, बमजन शारीरिक अभ्यास गर्थे। चार जना व्यक्ति बेपत्ता र अनुयायीमाथि बलात्कार तथा बाल यौन दुराचार गरेको आरोप लागेपछि बमजन प्रहरी खोजीमा थिए। २०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक नाबालिका आनीले जाहेरी दिएपछि बमजनको खोजीमा प्रहरी लागिरहेको थियो।

 

 

 

बमजनले बलात्कार तथा यौन शोषण गर्ने गरेको जाहेरी परेपछि प्रहरीले उनीविरूद्ध २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो। आचार्यका अनुसार यो मुद्दाको अनुसन्धानका लागि बमजनलाई सर्लाही पठाइएको छ। बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ। तिनीहरूमध्ये एक हुन् २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ।नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन्।ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन।यस्तै, सिन्धुपाल्चोक बाडेगाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइबा।  हेटौंडा उपमहानगरपालिका- १३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए।

 

 

सिन्धुपाल्चोक बाडेगाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा। ३० वर्षीय रुम्बा हेटौंडा उपमहानगरपालिका-१६ की हुन्। उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन्।यसैगरी, बमजनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन्।उनी निजगढ नगरपालिका(१२ खुमजोरस्थित बमजनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए। उनी जितपुर सिमरा उपमहानगरपालिका- १५ बडहर्वाका हुन्।‘बेपत्ता व्यक्तिहरूबारे खोजी तथा अनुसन्धान सुरू गर्दैछौं, अहिले हालसम्म दर्ता भएको मुद्दाको अनुसन्धानका लागि सर्लाही पठाइएको हो,’ आचार्यले भने।
प्रहरीले बमजनको घरबाट १७ देशका विदेशी मुद्रा फेला पारेको थियो।

 

ब्युरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ।  बमजनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ।उनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको ती अधिकृतले बताए।बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन्। बम्जन चढ्ने गरेको प्रदेश-३-०१- ०२४ च  ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ।
यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ। उक्त गाडी ललितपुर(२२ बुङमती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ।उक्त गाडी धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ।

 

उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ।बरामद अन्य सामानमा मोटरसाइकलका बिलबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेनड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आइप्याड र ट्याब ५ थान छन्।

 

डिएसपी भण्डारी भेपबाट ल्याइएको ९ किलो र त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुनको अनुसन्धान सिलसिलामा गत भदौमा दिल्ली पुगेका थिए। सुन तस्करी प्रकरणमा हङकङका दाओजिङ वाङ मुख्य नाइके भएको पत्ता लागेपछि भण्डारीलाई ब्युरोले भारत पठाएको थियो। वाङ नेपालमा मात्रै नभएर भारतमा समेत सुन तस्करीले चर्चित थिए।सन् २०२१ मा वाङलाई भारतको राजस्व अनुसन्धान विभागले ८८।५३५ किलोग्राम सुनसहित पक्राउ गरेको थियो। अपरेसन ‘मोल्टेन मेटल’ चलाएर विभागले वाङलाई पक्राउ गरेको थियो।भण्डारीले केही समय त्यसबारे बुझे। तर, वाङ कहाँ छन् पत्ता भने लागेन। उनी सुन तस्करीमा संलग्नताका थुप्रै ‘क्लू’हरू बोकेर डिएसपी भण्डारी फर्किए। वाङलाई पक्राउ गर्न इन्टरपोललाई चिठी नै लेखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

आमनिर्वाचन सफल पार्नुपर्नेमा जोड

म्याग्दी,राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले फागुन २१ गतेको चुनाव राजनीतिक निकासका लागि प्रस्थानबिन्दु भएको बताउनुभयो । “देशमा...

तनहुँ जलविद्युत् आयोजना प्रभावितद्वारा मुआब्जा माग

दमौली (तनहुँ),  तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका–१३ बेलवासका स्थानीयले मुआब्जा माग गरेका छन् । आयोजनाका कारण व्यास नगरपालिका–१३ स्थित बेलबास सङ्कटमा परेको दाबी गर्दै त्यसको उचित क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउन उनीहरुले माग गरेका हुन् ।     बेलबासका स्थानीय ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु

नयाँदिल्ली,उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।भारतमा लगभग २२ हजार जङ्गली हात्ती मध्ये चार हजार भन्दा बढी रहेको आसम राज्यमा भएको उक्त दुर्घटनामा कुनै यात्रु घाइते नभएको बताइएको...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा,  शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे« र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका तालले शृङ्गारिएको पोखरा । यो सुन्दरतालाई आकाशबाट हेर्न चाहनेका लागि लोकप्रिय ‘अल्ट्रालाइट उडान’ अहिले सुस्ताएको छ । अल्ट्रालाइटको उडानमार्फत हावाको बेगसँग रमाउने पर्यटकको अहिले...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९