बम्जन पक्रने ‘अपरेसन ब्लू’का कमान्डर डिएसपी भण्डारी, यसरी गरियाे पक्राउ (अन्तरकथा)

सम्पत्तिको थुप्रो पार्दै घरजम, घरभित्रै शारीरिक अभ्यास गर्ने बमजनको ‘क्लब’

काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत् छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी। उनी पिल्लर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम बिस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ। उनै भण्डारीको नेतृत्वमा मंगलबार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडा पुगेका थिए।बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका-१२ हो। २० वर्षीय उनको नाम रामलाल बमजन हो। तर, उनी रामबहादुर बमजन, तपस्वी बमजन, लिटिल बुद्धलगायत नामले चिनिएका थिए। भण्डारी नेतृत्वको टोली १९ महिनादेखि बमजनको खोजीमा लागिरहेको थियो। त्यसअघि पनि ब्युरोले बमजनको खोजी नगरेको भने होइन। सिन्धुलीस्थित आश्रममा प्रहरी छापा मार्न पुग्दा बमजन भेटिएका थिएनन्।हालसालै भने बमजन बुढानिलकण्ठ क्षेत्रमा आउने-जाने गर्छन् भन्ने सूचना ब्युरोमा आएको थियो। यसपछि ब्युरोले भण्डारीको नेतृत्वमा बमजन खोजीलाई ‘अपरेसन ब्लू’ नाम दिएर टोली खटायो।खासमा यो ‘अपरेसन ब्लू’को शब्दार्थ केही होइन। विशुद्ध रूपमा ‘सेक्युरिटी मेन्टेन’ गर्नका लागि ब्युरोले दिएको ‘कोडिङ’ नाम हो। ‘कुनै पनि अपरेसन चलाउनका लागि हामी आन्तरिक रूपमा केही कोडिङ गर्छौं, जसबारे त्यो अपरेसन टोलीलाई मात्रै थाहा हुन्छ,’ ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य भन्छन्, ‘यो सेक्युरिटी मेन्टेन गर्नका निम्ति मात्रै हो, अरू कसैले थाहा नपाउन् भनेर हो।’ ‘अपरेसन ब्लू’ सक्रिय भएपछि डिएसपी भण्डारी बमजनको खोजीका लागि विभिन्न टेक्निकल अनुसन्धानमा जुटिरहेका थिए। ‘हिजो दिउँसोसम्म बमजन त्यहाँ छन् भन्ने थाहा थिएन, अचानक पत्ता लागेको हो,’ आचार्यले भने। आचार्यका अनुसार बमजन बसेको भिरालो जमिनमा रहेको चार तले घर पत्ता लागेको भन्दै भण्डारीले जब खबर गरे, अपरेसनका लागि टोली तयार पारियो।

 

प्रहरीले मंगलबार बेलुका सवा ७ बजे बमजन बसेको घरमा घेरा हाल्यो। डिएसपी भण्डारी घरभित्र छिर्नुअघि पहिलो तलामा नै उनकी श्रीमतीले अवरोध पुर्‍याइन्। उनका दुई छोराछोरी चिच्याउन थाले। बाहिर चारैतिर प्रहरीले घेरा हालिसकेको थियो। भण्डारी श्रीमतीलाई पन्छाउँदै बमजनलाई समात्न घरभित्र छिरे।बमजन त्यसबेला दोस्रो तलामा थिए। भण्डारी पुगेपछि तेस्रो हुँदै घरको चौथो तलामा पुगे। त्यहाँबाट उनी भिरालोतर्फको जग्गामा हाम्फाले। ‘त्यो करिब एक तलाभन्दा अलि बढी उचाइबाट हो,’ आचार्यले भने। 
भण्डारी नेतृत्वको टोलीका सदस्य बमजन हामफालेको तलामुनि छँदैथिए। भाग्छन् भनेर टोलीका सदस्य पनि बमजनलाई समात्न चौथो तलाबाट हाम्फाले।
त्यतिको उचाइबाट हाम्फाल्दा पनि बमजन थुचुक्क भएनन्। त्यसबेला अलिकति मात्रै कमजोरी भएको भए बमजन फुत्किन पनि सक्थे र प्रहरीलाई अर्को आक्षेप लाग्न सक्थ्यो – बमजन पक्रन प्रहरी असफल अथवा प्रहरी कमजोरीले बमजन भागे। किनभने, प्रहरीले २०७६ सालदेखि बमजनलाई खोजी गरिरहेको थियो। उनका केही आश्रममा छापा मार्दा बमजन भेटिएका थिएनन्। उनी चतुर्‍याइँपूर्वक प्रहरीबाट छलिइरहेका थिए। उनलाई पक्राउ गर्न त्यति सजिलो छैन भन्ने प्रहरीको पूर्वआँकलन नै थियो।

 

डिएसपी भण्डारीले कुनै मौका दिएनन् र अन्ततस् बमजनको हातमा हत्कडी लगाएर गाडीमा कोचे। बमजन पहिलेदेखि नै बुढानिलकण्ठमा बस्छन् भन्ने चाहिँ सुन्नमा आएको तर त्यही र घरमै छन् भन्ने भेरिफाई भएको हिजै हो,’ आचार्यले भने। बमजन बस्ने ठाउँ यकिन गर्नका लागि त्यही घर चाहिँ महत्वपूर्ण सूचना बन्यो। जहाँ बमजनले आफ्नी श्रीमती, ९ वर्षका छोरा र २ वर्षकी छोरी राखेका थिए। साथसाथै, आफूले आर्जन गरेको केही सम्पत्ति पनि उनले त्यही घरमा थन्क्याएको पाइएको छ।
श्रीमतीको मोबाइल फोन कन्ट्याक्ट भेरिफाई गर्दैजाँदा बमजन फेला परेका भने हुन्। आचार्य भन्छन्, ‘अनुसन्धानका क्रममा विभिन्न कुराहरू भेरिफाई गर्दै जानुपर्ने हुन्छ, यसमा हामीले धेरै मेहनत गरेका थियौं।’त्यो घर बमजन आफैंले खरिद गरेको हो वा कसैले बस्न दिएको हो भन्नेबारे खुलिसकेको छैन। ‘त्यो घरबारे हामीले अनुसन्धान गरेकै छैनौं, पहिले व्यक्ति पत्ता लगाउने, पक्रने र सम्बन्धित निकायमा बुझाउने काम मात्रै भएको छ,’ आचार्यले भने। तर, एक अधिकृतका अनुसार बमजनको संस्थाले त्यो घर खरिद गरेको हो भन्ने बुझिएको छ। ‘बयानमा उनले आफ्नो नभएर संस्थाले किनिदिएको भन्ने गरेका छन्,’ ती अधिकृतले भने। बमजन त्यहाँ व्यवस्थित साथ स्थायी रूपमै बस्न थालेका हुन् भन्ने प्रमाणहरू भेटिएका छन्। बमजनको घरमा सुविधासम्पन्न गाडी फेला पर्नु, तीन करोड बढी रकम फेला पर्नुले त्यसको पुष्ट्याइँ गर्छ।अझ, बमजन बसेको घरभित्रै शारीरिक अभ्यासका लागि खोलिएको ‘क्लब’ जस्तै सुविधासम्पन्न जिमखाना छ। जहाँ, बमजन शारीरिक अभ्यास गर्थे। चार जना व्यक्ति बेपत्ता र अनुयायीमाथि बलात्कार तथा बाल यौन दुराचार गरेको आरोप लागेपछि बमजन प्रहरी खोजीमा थिए। २०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक नाबालिका आनीले जाहेरी दिएपछि बमजनको खोजीमा प्रहरी लागिरहेको थियो।

 

 

 

बमजनले बलात्कार तथा यौन शोषण गर्ने गरेको जाहेरी परेपछि प्रहरीले उनीविरूद्ध २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो। आचार्यका अनुसार यो मुद्दाको अनुसन्धानका लागि बमजनलाई सर्लाही पठाइएको छ। बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ। तिनीहरूमध्ये एक हुन् २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ।नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन्।ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन।यस्तै, सिन्धुपाल्चोक बाडेगाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइबा।  हेटौंडा उपमहानगरपालिका- १३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए।

 

 

सिन्धुपाल्चोक बाडेगाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा। ३० वर्षीय रुम्बा हेटौंडा उपमहानगरपालिका-१६ की हुन्। उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन्।यसैगरी, बमजनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन्।उनी निजगढ नगरपालिका(१२ खुमजोरस्थित बमजनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए। उनी जितपुर सिमरा उपमहानगरपालिका- १५ बडहर्वाका हुन्।‘बेपत्ता व्यक्तिहरूबारे खोजी तथा अनुसन्धान सुरू गर्दैछौं, अहिले हालसम्म दर्ता भएको मुद्दाको अनुसन्धानका लागि सर्लाही पठाइएको हो,’ आचार्यले भने।
प्रहरीले बमजनको घरबाट १७ देशका विदेशी मुद्रा फेला पारेको थियो।

 

ब्युरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ।  बमजनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ।उनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको ती अधिकृतले बताए।बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन्। बम्जन चढ्ने गरेको प्रदेश-३-०१- ०२४ च  ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ।
यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ। उक्त गाडी ललितपुर(२२ बुङमती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ।उक्त गाडी धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ।

 

उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ।बरामद अन्य सामानमा मोटरसाइकलका बिलबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेनड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आइप्याड र ट्याब ५ थान छन्।

 

डिएसपी भण्डारी भेपबाट ल्याइएको ९ किलो र त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो सुनको अनुसन्धान सिलसिलामा गत भदौमा दिल्ली पुगेका थिए। सुन तस्करी प्रकरणमा हङकङका दाओजिङ वाङ मुख्य नाइके भएको पत्ता लागेपछि भण्डारीलाई ब्युरोले भारत पठाएको थियो। वाङ नेपालमा मात्रै नभएर भारतमा समेत सुन तस्करीले चर्चित थिए।सन् २०२१ मा वाङलाई भारतको राजस्व अनुसन्धान विभागले ८८।५३५ किलोग्राम सुनसहित पक्राउ गरेको थियो। अपरेसन ‘मोल्टेन मेटल’ चलाएर विभागले वाङलाई पक्राउ गरेको थियो।भण्डारीले केही समय त्यसबारे बुझे। तर, वाङ कहाँ छन् पत्ता भने लागेन। उनी सुन तस्करीमा संलग्नताका थुप्रै ‘क्लू’हरू बोकेर डिएसपी भण्डारी फर्किए। वाङलाई पक्राउ गर्न इन्टरपोललाई चिठी नै लेखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९