भक्तपुरमा सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा

भक्तपुर । प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा हुने बौद्ध परम्परा अनुसारको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।प्रत्येक वर्ष सम्यक संघ भोजनदान पर्वको सञ्चालन चतुब्र्रम्ह महाविहार अन्तरगतको तधिछे“ खल हाल सम्यक महादान व्यवस्थापन सहयोग समितिले गर्दै आएको छ । यसवर्ष पर्व सम्पन्न गर्ने पालो परेका सप्तमान बज्राचार्य लगायत उनको परिवार जयकीर्ति महाविहारमा हप्तादिन अघिदेखि नै बसी पर्वको लागि चाहिने विशेष प्रकारको पुरी, लड्डु तयार पर्ने लगायत अन्य चाजोपाजो मिलाउने कार्यमा व्यस्त रहदै आएको छ । उनका अनुसार यसवर्ष पर्व अवलोकन गर्ने लगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बीहरु अघिल्लो वर्षहरुमा भन्दा बढी हुने अनुमान रहेको बताए । सोही अनुसार तयारी पनि सोही अनुरुप भएको उनले बताए ।सम्यक महादान व्यवस्थापन सहयोग समितिका सचिव राजुमान बज्राचार्यका अनुसार काठमाडौं उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा ३५० वर्ष भन्दा पहिलेदेखि बौद्ध धर्म परम्परा अनुसार सम्यक महादान पर्व निरन्तर चल्दै आएको छ । उनका अनुसार भगवान दिपंकर बुद्धलाई अनुसरण गर्दै काठमाडौंमा प्रत्येक १२ वर्षमा एक पटक, ललितपुरमा प्रत्येक ५ वर्षमा एक पटक र भक्तपुरमा प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिनमा सम्यक महादान पव मनाउदै आएको छ । प्रत्येक वर्ष तधिछे “खल भित्रको परिवारमा जेष्ठताक्रमले पर्व सञ्चालन गर्ने पालो जाने र पालो पर्ने खलकले सम्यक संघ भोजन दान र गुठीसंग सम्बन्धित धेरै कार्यहरु सम्पन्न गर्नु पर्ने उनले बताए । तधिछे“ खलका सम्पूर्ण परिवार सम्मिलित भई हाल सम्यक महादान व्यवस्थापन सहयोग समिति गठन गरी पर्व लगायत गुठीका गतिविधिहरु व्यवस्थित गर्दै आएको समेत उनको भनाई छ ।समितिका अध्यक्ष गणेश बज्राचार्यका अनुसार चतुब्र्रम्ह महाविहार संघका कुल देवता श्री हेबज्र नैरात्मालाई सबभन्दा पहिले भोजन दान गरिने परम्परा रहेको र त्यस पश्चात् लहरै मूल दिपंकर, बाहाछे दिपंकर, झौरबही दिपंकर, थथुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ । संगै क्रमवद्ध रुपमा विराजमान गराइएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु त्यस संगै लामवद्ध भएर बसेका सयौं बज्रँचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहदै आएको पनि बताए ।भक्तपुर दरवार क्षेत्रसंगै रहेको प्रसिद्ध चतुब्र्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुल्ँई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको प्रँमाणित इतिहास  पाइन्छ । उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हु“दा जयरत्न बज्राचार्यबाटै नेपाल सम्वत ७९४ मा उक्त विहारको जिर्णाेद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास पाइन्छ ।      

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

काठमाडौँ,  अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गर्नुभएको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिनुहुने भएको छ । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आउनुभएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाउनुभयो । उक्त चलचित्रमा हरिया पात्रले उहाँको...

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय तथा प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ । सिंहदरबारमा आज सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालको प्रथम वार्षिकोत्सव एवं सार्वजनिक सेवा प्रसारण तथा ‘एनटिभी वल्र्ड’ को शुभारम्भ समारोहमा उहाँले पिएसबीमार्फत दिइने विषयवस्तु प्रभावकारीे हुनुपर्ने बताउनुभयो...

लिम्चुङबुङ उदयपुरको प्रमुख सुन्तला जोन क्षेत्र बन्दै

गाईघाट (उदयपुर), यहाँका पहाडी गाउँपालिकामध्ये लिम्चुङबुङ दुई वर्षदेखि जिल्लाको प्रमख सुन्तला जोन क्षेत्र बन्दै गएको छ । लिम्चुङबुङ–५ बलाम्ता चलेसटेम्माका सुन्तला उत्पादक कृषक रेसराज राईका अनुसार पाँच वर्षअघिसम्म गाउँमा ८०० देखि एक हजार २०० बोटभन्दा बढी सुन्तला थिएनन् ।   पाँच वर्षयता प्रत्येक घरका कृषकले २००...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

काठमाडौँ,  अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गर्नुभएको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिनुहुने भएको छ । कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आउनुभएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाउनुभयो । उक्त चलचित्रमा हरिया पात्रले उहाँको...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शैक्षिक गुणस्तर सुधारमा अब्बल बन्दै कृष्णपुरको नन्द मावि

कञ्चनपुर, कृष्णपुर नगरपालिका–३, देखतभूलीस्थित नन्द माध्यमिक विद्यालयले शैक्षिक गुणस्तर सुधारलाई मुख्य एजेण्डा बनाएर नमुना विद्यालयका रूपमा स्थापित गर्ने अभियान अघि बढाएको छ । विद्यालयले ‘हामी बनाउँछौँ विद्यालय’ भन्ने नारासहित शिक्षक, विद्यार्थी र समुदाय सबैलाई सहभागी गराउँदै सकारात्मक रूपान्तरणको नमुना प्रस्तुत गरेको छ । विद्यालयले हालै...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९