रौतहट । रौतहटस्थित सबै सरकारी निकायलाई नेपाली सम्वत उल्लेख गर्न निर्देशन दिइएको छ।जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत पुस २६ गतेको पत्र अनूसार जिल्लाको सबै १८ वटै स्थानियतह र सबै सरकारी कार्यालयले नेपाल सम्वत लेख्न निर्देशन दिएको हो।हिजो सोमबार माघ १ गतेदेखि ती निकायहरूले बिक्रम सम्वत लेखिने पत्रहरूमा नेपाल सम्वत् समेत उल्लेख गर्न ब्यवस्था मिलाउन निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत मणि भुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।



























































































































































