एडिबी परियोजना ७ पालिकामा, सिद्धार्थनगरलाई बोलपत्र आह्वान गर्न अनुमति

भैरहवा। शियाली विकास बैंक (एडिबी) को ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’ अन्र्तगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (सहित सात पालिकाहरु) मा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमा बुधवार सम्झौता भएको छ ।सिद्धार्थनगरमा परियोजना संचालनका लागि पहिलो नेपाल सरकार (अर्थ मन्त्रालय) र एडिबी, दोस्रो नेपाल सरकार, सिद्धार्थनगर, एडिबी तथा तेस्रो सिद्धार्थनगर, शहरी विकास मन्त्रालय (आयोजना कार्यान्वयन ईकाइ), नगर विकास कोषबीच गरी तीन वटा विभिन्न सम्झौता पत्रमा दस्तखत भएको हो । यो परियोजना संचालनका लागि नेपाल सरकारले एडिबीसगँ ६ अर्ब बराबरको सहलियतपूर्ण ऋण लिएको छ । उक्त ऋण पालिकाहरुलाई अनुदानको रुपमा उपलब्ध गराइनेछ ।

 

 

 

परियोजना संचालनका लागि नेपाल सरकारबाट ७५ प्रतिशत अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट सिद्धार्थनगरमा २५ किलोमिटर बढी नाला सहितको सडक तथा पर्यटन प्रवद्र्धनका लागि डण्डा नदीलाई करिडोरको रुपमा विकास गर्न सम्झौता भएको सिद्धार्थनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।उनले सम्झौता पत्रमा दस्तखत भएसँगै परियोजना संचालन हुने ७ पालिकामध्ये सिद्धार्थनगर नगरपालिकालाई बोलपत्र आह्वान गर्नका लागि शहरी विकास मन्त्रालय अन्र्तगतको आयोजना कार्यान्वयन ईकाईले अनुमति प्रदान गरेको बताए ।

 

 

 

सात पालिका मध्ये सिद्धार्थनगरको विस्तृत परियोजना रिपोर्ट एडिबीले स्विकृत गरेर कुनै आपत्ति नरहेको पत्र शहरी विकास मन्त्रालयलाई दिएपश्चात मन्त्रालयको ईकाइ कार्यालयले नगरपालिकालाई ठेक्का आह्वान गर्न अनुमति दिएको हो ।‘सम्झौतासँगै हामीले अन्तराष्ट्रिय बोलपत्र आह्वानका लागि अनुमति पाइसकेका छौँ’ सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, ‘ अब अध्ययन गरेर एक हप्ताभित्रै बोलपत्रको सूचना जारी गर्छौँ ।’ उनले उक्त परियोजना नगरको मुहार फेर्नका लागि कोशेढुंगा सावित हुनेमा विश्वास व्यक्त गरे ।नगरमा एडिबी अन्र्तगतको परियोजना मात्रै नभई अन्य ठुल्ठुल्ला परियोजना ल्याउनका लागि पनि प्रयासहरु भइरहेको नगर प्रमुख खानले जानकारी दिए ।

 

 

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले परियोजनाले नगरवासी लाभान्वित हुनुका साथै पर्यटन प्रवद्धन सहित अन्य क्षेत्रमा समेत टेवा पुग्ने बताइन् ।बैंकको बोर्ड बैठकले शहरी लचिलोपन र जीवनयापन सुधार परियोजना अन्र्तगत सिद्धार्थनगरमा योजना संचालनका लागि नगरपालिकाबाट प्रस्तावित योजनाहरु गत मंसिर महिनामा स्वीकृत गरेको थियो ।परियोजना अन्र्तगत नगरपालिका क्षेत्रमा ‘इडब्लुसीडी’ मानक सहितको फुटपाथ, नाला, साइकल लेन, सडक निर्माण र डण्डा नदीलाई करिडोरको रुपमा विकास गरिनेछ । यसले हरियाली पार्क र खुला ठाउँहरु सहित सार्वजनिक क्षेत्रको समेत सौन्दर्यीकरण गर्नेछ । डण्डा नदीको किनारका जग्गाहरुमा आर्कषक पूर्वाधारहरु निर्माण गरिनेछ ।

 

 

 

बालबालिका, महिला, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकतालाई समेत मध्यनजर गर्दै परियोजना अन्र्तगतका विकासका कार्यहरु हुने सिद्धार्थनगर नगरपालिकाका योजना प्रमुख इन्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।सिद्धार्थनगरमा परियोजना कार्यान्वयन गर्ने क्रममा उत्कृष्ट परिणाम अनुसार थप लगानी भित्रिने अवस्था समेत रहेको नगरपालिका कार्यालयले जनाएको छ । उक्त परियोजना सिद्धार्थनगर नगरपालिकासँगै पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक, सैनामैना, तिलोत्तमा, र देवदह नगरपालिकामा संचालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९