रौतहटमा १० हजार ४५९ सवारी साधन कारबाहीमा, ८८ लाख बढी राजश्व संकलन

रौतहट। पछिल्लो समय रौतहट स्थित ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै नियम बिपरित चल्ने सवारीसाधनलाई तिब्ररुपमा कारबाही सुरु भएको छ।जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यको सकृयतामा सवारीसाधन लाई कार्वाही बढे संगै राजश्व संकलनमा समेत वृद्धि भएको छ।  यस आर्थिक बर्षको मात्र ६ महिनाको अवधिमा ट्राफिक नियम बिपरित चलेका १० हजार भन्दा बढी सवारीसाधनलाई कार्वाही गरेर ८८ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरिएको छ। ट्राफिक प्रहरीको बिभिन्न युनिटले गत साउन महिनामा नियम बिपरित चलेका ३ हजार ८२, भदौमा १५ सय ८८ असोजमा ९सय ३९, कार्तिकमा १५ सय ७, मंसिरमा १६ सय २९ र पुस महिनामा १७ सय २३ सवारीसाधनलाई कार्वाही गरेको छ।

 

गत साउन देखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा नियम बिपरित चलेका १० हजार ४५९ सवारीसाधन लाई कारबाहीको दायरामा ल्याईएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन। उक्त कारबाहीबाट कुल ८८ लाख३३ हजार पाँचसय रुपैया राजश्व संकलन गरिएको ईन्सपेक्टर आचार्यले जानकारी दिएका छन।सोही अवधिमा जिल्ला भरीमा भएको ३०२ सवारी दुर्घटनामा परेर २ बालबालिका ७ महिलासहित २६ जना मानिसको ज्यान गएको छ। त्यस्तै उक्त दुर्घटनामा परेर ४७२ जना मानिस घाईते भएको तथ्याङकमा उल्लेख गरिएको छ।

 

 

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जिल्ला स्थित बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ। साउन देखि पुस मसान्तसम्म जिल्लाको बिभिन्न स्थानमा आयोजना गरिएको ८७९ वटा कार्यक्रममा सवारीचालक,यात्रु,सर्वसाधारण गरी कुल ३७ हजार ३९६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

 

 

त्यस्तै दुर्घटना न्यूनीकरणको लागि सवारीसाधनहरुमा स्टिकर टाँस देखि पूर्व पश्चिम राजमार्ग छेउछाउमा ठूलो ठूलो हुडिङ बोर्ड राखेको छ। त्यतिमात्र नभई जिल्लाको १८ वटै स्थानिय तहमा बढदो सवारीसाधनको चापलाई मध्यनजर गर्दै सुरक्षाको दृष्टीकोणले हाल रौतहटको गौर, बमनहर,चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेव चौक, बन्कुल, मौलापुर, बिजयपुरलगायतको स्थानमा स्थायी ट्राफिक बिट राखेको जनाएको छ।बिगतमा सहरी क्षेत्रमा मात्र सीमित रहेको ट्राफिक प्रहरी हाल रौतहटको ग्रामीण क्षेत्रमा समेत सेवा दिइरहेको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९