काभ्रे । बनेपा नगरपालिका-४ त्रिबेणीचोक बस्ने सबिन नेपालीले संचालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार ६ सय ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
काठमाडौँ, फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको...


































































































































































