धनगढी। नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा. खगेन्द्रराज भट्ट चयन भएका छन्। संघको उपाध्यक्षमा डा. नरबहादुर मौनी, सचिवमा डा. मेराज आलम अनसारी, कोषाध्यक्षमा रविन्द्रदेव भट्ट, सह–सचिवमा डा. जगदिश चन्द्र विष्ट र डा. जोन्स तिवारी सर्वसम्मत चयन भएका छन्।यस्तै सदस्यमा डा. विजय विक्रम बम, डा. चेतराज भट्ट, डा. गणेश फुलारा, डा. मोहन नाथ र डा. समयक शाक्य सर्वसम्मत चयन भएका छन्।
देवदह (रुपन्देही), जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुई दिनमा झण्डै २३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।यही कात्तिक २१ र २२ गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली, चोरी पैठारी गरिएको अन्दाजी रु २२ लाख ८८ हजार २२८ बराबरको सामान...





























































































































































