धनगढी। नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा. खगेन्द्रराज भट्ट चयन भएका छन्। संघको उपाध्यक्षमा डा. नरबहादुर मौनी, सचिवमा डा. मेराज आलम अनसारी, कोषाध्यक्षमा रविन्द्रदेव भट्ट, सह–सचिवमा डा. जगदिश चन्द्र विष्ट र डा. जोन्स तिवारी सर्वसम्मत चयन भएका छन्।यस्तै सदस्यमा डा. विजय विक्रम बम, डा. चेतराज भट्ट, डा. गणेश फुलारा, डा. मोहन नाथ र डा. समयक शाक्य सर्वसम्मत चयन भएका छन्।
सिमकोट (हुम्ला), जिल्ला प्रशासन कार्यालय हुम्लाले शुक्रबारदेखि लागु हुनेगरी जिल्लाभर पूर्णरूपमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । आसन्न फागु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले मदिराजन्य पदार्थ बिक्री वितरणका साथै सेवनमा रोक लगाएको सहायक प्रमुख जिल्ला...




















































































































































