हेटौंडा। हेटौंडाका उदिम पन्तले लेखेको ‘प्रारम्भिक संस्कृत व्याकरण’ पुस्तक सार्वजनिक गरिएको छ। हेटौंडामा आयोजित एक कार्यक्रमका बीच पुस्तक विमोचन गरिएको हो। प्रारम्भिक चरणका विद्यार्थीदेखि माध्यमिक तहसम्म अध्ययनरत सबैका लागि उपयोगी हुने दाबी गरिएको छ।
पुस्तक विमोचन गर्दै वक्ता डा. सीताराम खनालले संस्कृत व्याकरण वेदको मुख भएको बताए। वेदको प्रमुख अंगको रूपमा रहेको संस्कृतलाई सरल भाषामा प्रकाशित गरेकोमा लेखकप्रति कृतज्ञता व्यक्त गरे।कार्यक्रमको अध्यक्षता सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले गरेका थिए। कार्यक्रममा साहित्यकार हयग्रीव आचार्यले पुस्तकको समीक्षा गरेका थिए।


























































































































































