नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पुर्व ) बिनयी त्रिबेणी गाऊँपालिका वडा नं.६ त्रिबेणी धाममा माघे औसीको मेला शुरू भएको छ । हिन्दु मान्यता अनुसार विशेषगरी गरि माघे औसीको दिन त्रिवेणी धाम स्थित नारायणी नदिमा स्नान गरि पश्चात सुर्यको अराधना गरि त्यहा निर्माण गरिएको शिव मन्दिरमा पुजा गरेपछि हरेक मनोकामना पुरा हुने बिश्वास गरिएको हो । ऐतिहासिक एव पर्यटकिय क्षेत्र मानीने त्रिवेणी धाममा मेला लागने गरेको छ । त्रिवेणी धाममा नारायणी नदि , सोन भद्र नदि र पुर्ण भद्र नदिको संगम स्थल भएको हुदाँ त्रिबेणी धाममा माघे औशीको मेला हरेक बर्ष लाग्ने गरिन्छ ।
अौसी मेलामा नेपाल, विहार ,भारतको उत्तर प्रदेशबाट लाखौ श्रधालु भक्तजनहरु आउने गर्छन् । मेलामा श्रधालु भक्तजनहरुलाई सरल, सुलभ र भभ्य बनाउनका लागी मेलामा नेपाल प्रहरी , ट्राफिक प्रहरी , सशस्त्र प्रहरी , नगर प्रहरी र स्वयंसेवक गरि करिब दुई सय सुरक्षा कर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले बताउनुभयो । मेलामा रातिको समयमा मेलाको चारैतिर बत्ती , ठाउँठाउँमा चिसोबाट बाच्नको लागि धुई , खाने पानी , पानीको सतह स्थिर राख्नका लागी गण्डक ब्यारेज सित सम्झौता लगायत आउने भक्तजनहरुको लागी सुबिधाको लागी ब्वस्था गरिएको औशी मेला ब्यवस्थापन समितिका अध्यक्ष एवम् विनई त्रिवेणी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सुरेन्द्र शाहले बताउनु भएको छ । त्रिवेणी औशी मेलामा स्नान तथा अवलोकनका लागी करिब ३ देख ४ लाख सम्म श्रधालु भक्तजनहरु मेलामा आउने शाहले दावी गर्नु भयो ।




























































































































































