घुर ताप्ने जनताको सरोकार

 

जाडो छल्न र शीतलहरको प्रकोपबाट जोगिन पुस-माघ महिनातिर मधेस-तराईका मधेसी बहुल गाउँहरूमा घुरा ताप्ने समाज र संस्कृतिभित्रको यथार्थलाई बुझ्नु आवश्यक छ। घुर तापिरहेका मधेसी गाउँलेहरूको मन र भावनालाई बुझ्दा मधेसको अन्तर्कथा र व्यथाका सत्य र तथ्यहरूलाई उपेक्षा गर्न सरकार र नागरिक समाजको लागि असम्भव छ।मधेस तराईतिर घुरा ताप्ने कार्यलाई रचनात्मक र जीवन उपयोगी तथा मानव स्वास्थ्यका लागि आवश्यक कार्यको रूपमा लिने चलन छ।

 

 

अधिकांश मधेसीहरूले घुरा ताप्ने गर्दछन्। जिउ तताउने र तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका गुढतम् रहस्यपूर्ण घटना कथाहरू र सामाजिक अनुभवका कुराहरूलाई अर्थ्याउने कार्य आम मधेसीहरूको जीवनको एउटा प्रमुख हिस्सा र मुद्दा बनेको छ। कोही-कोही महिला र पुरूष, बालबालिका बृद्धबृद्धा र युवायुवतीहरूले मैलो झुत्रे, च्यातिएको, जिउसमेत छोप्न नसक्ने तथा शीतलहर र जाडो छल्न नसक्ने खालका मलिन पहिरनमा जब घुरासामू बस्दछन् र आफ्नो जिउलाई तताएर जिउधनलाई संरक्षण गर्न खोज्दछन्, तब तिनीहरूको भविष्यको बारेमा चिन्ता गर्ने कुनै सरोकारवालाहरूले तिनीहरुको बारेमा के सोच्दछन् र के गर्दैछन् भन्ने कुरातिर ध्यानाकर्षण हुनुलाई मानवीय स्वभाव नै मान्न सकिन्छ।

 

घुरा ताप्दै बस्दै गरेका र आफ्नो ढाड सेक्दै गरेका समूहहरूले जिउ तताउने, तङ्ग्राउने र समाज तथा संस्कृतिभित्रका ज्ञान र गुणलाई घुरा वरिपरि बसिरहेका सहभागीहरूसँग सहजीकरण गरिरहेको भेट्टाउन सकिन्छ। जीवनका सुख-दु:खहरू एक-अर्कासँग साट्ने ठाउँका ‘घुर’निर बसेका सेवाग्राही पात्रहरू अनौठो किसिमबाट आफ्नो मनको पीडा र दु:ख-सुखहरू साटासाट गरिरहेका भेटिन्छन्। विपन्न र सम्पन्न सहभागीहरूले त्यसबारे आ-आफ्नो प्रतिक्रियाहरू जनाउँदछन्। कसैको घरको भान्सामा कसले भात पकाउँछ, कसले गाई चराउँछ, कसले भैंसी चराउँछ, कसलाई हलो जोत्न आउँछ, कसका छोराछोरीहरू विदेश गएका छन् आदि इत्यादि प्रसंगहरूमा खुलस्त रूपमा बहस हुन्छ। त्यति मात्र हैन, घुर ताप्नेहरूले ठाउँका ठाउँ घर झगडा मिलाउने, घर झगडा लगाउने, अंशबण्डा गर्न लगाउने, सासु-बुहारीको कुरा मिलाउने, छरछिमेकमा कोही बिरामी भए त्यसलाई उपचार गराउने लगायतका सामाजिक कार्यहरुको बाँडफाँट गर्ने उत्तरदायित्व पनि घुरा ओगटेर बस्ने त्यहाँका ठूलाबडाहरूकै सरोकारको विषय हुन्छ।

 

घुरा नजिक बस्दै नबस्ने र घुर सल्काउन नजान्ने व्यक्तिहरू घुरा प्रेमी समाजको आँखाको कसिङ्गर बन्न बेर लाग्दैन। संसदभित्र जसरी शून्य समयमा सांसदहरूले देश र जनताका समस्याहरू उठाउन चासो लिएका हुन्छन्, त्यसरी नै घुर छेउमा दोसल्ला ओढेर घोसे मुन्टे लागाएर कठ्याङग्रिँदो जाडोबाट बच्न ओत लागेका गरिबहरूले पनि हाकाहाकी घुरा ताप्ने सामन्तहरूसँग सवाल-जवाफ गर्न पाउँछन्। घूरा ताप्नेहरूले कुनै किसिमको हडबड नगरी फुर्सदिलो मनले घुराभित्रको ताप त उर्जालाई आफ्नो जिउको रगत त नशा-नशामा महसुस गर्दछन् र मनभित्रका उकुसमुकुस र समाजभित्रका थिचोमिचोलाई बडो निडर मनले उठाउँदछन्। घुरा फुक्दै र खोतल्दै बडो आनन्दसँग सबै उमेर, तह त तप्काका उर्जाशील प्राणी समूह र समुदायसँग भलाकुसारी गरेर रमाउँदछन् तथा प्रशिक्षण प्राप्त गर्दछन्। समाजको भावी घटना र भवितव्यहरूलाई पर्दाफास गर्दछन्। सरकार नालायक भएकोमा दुखेसो र आक्रोश पोख्दछन्। घुर दन्किरहँदासम्म घुरा ताप्नेहरूको धित मर्दैन तर घुराको आगो निभ्नेवित्तिकै सबै घुरा प्रेमीहरू आ-आफ्नो ठाउँमा फर्किन्छन्। यो एउटा नियमित प्रक्रियाझैं जाडोयामभरि सधैं चलिरहन्छ।

 

कहिलेकाहीँ घुरबाट सल्केको आगोले घुरा ताप्नेहरुको लुगाफाटो पनि जल्न सक्छ। घर र गाई गोठमा आगलागीका घटनाहरू हुने जोखिम पनि रहन्छ। सतर्कता नगरे ठूलो धनजनको हानी पनि हुन सक्ने घटनाहरू घटिरहन्छन्। तर, प्राय:जसो घुरा ताप्ने कार्यलाई निरन्तरता दिइरहनेहरूले कुनै किसीमको आर्थिक नाफा नोक्सान हुन्छ भन्ने ठान्दैनन्। घुरा ताप्नु निरर्थक कार्य हो, यसले मानिसलाई निष्कृय र अल्छी बनाउँछ। यसले अरूको डाहा गर्ने, खेदो गर्ने र कुरा काट्ने कार्य मात्र गर्दछ। घुरा ताप्नेहरूको संगत गर्दा असल संस्कारको विकास हुन सक्दैन भन्ने किसिमबाट तर्कहरू पनि गर्न सकिने धेरै ठाउँहरू हुन्छन्। तर, त्यस्ता कुराहरुमा घुरा ताप्नेहरूको कुनै चासो हुँदैन। गंगाजीमा मरेको भ्यागुत्ताहरू, बकुल्लाहरू र कुकुर-बिरालाहरू पानीमा बगिरहँदा पनि त्यसले गंगाजीको पानीलाई अलिकति पनि दोष लगाउन भन्न मिल्दैन।

 

नेपालको संविधानमा लेखिएको ‘समाजवाद’बाट घुरा ताप्ने वर्गहरू बन्चित रहे पनि घुरा ताप्ने अक्षरजीवी र श्रमजीवीहरूको अज्ञता र विज्ञता दुबै समाजको लागि प्रत्युत्पादक र घातक रहेको कुराहरूबारे यिनीहरूले सजिलै ठम्याउन सक्दछन्। सरकारले घुर ताप्ने समाजलाई फुकेर फुलाउन नसक्ने र थिचेर सिध्याउन नसक्ने हुनाले घुरा ताप्नेहरूले सरकारलाई ठूलो चुनौती दिन सक्छन् भन्ने कुराहरूबारे अनुमान लगाउन सक्ने प्रशस्त ठाउँहरू छन्। सरकारले के गर्दैछ, मन्त्रीहरू कहाँ बस्छन्? आफ्ना छोराछोरीलाई कहाँ लगेर पढाउँदैछन्? बैंक ब्यालेन्स र घर घडेरीहरू कसरी जोड्दैछन्? ठेक्का पट्टा र लाभदायक पदहरूमा आफ्ना नातागोता र बफादारहरूलाई कसरी छिराउँदै छन् भन्ने कुराहरूमा यिनीहरू पनि बुझ्ने हुन्छन्।

 

घुर ताप्नेहरू पुस्तौं पुस्तादेखि बञ्चितीकतणमा परेका छन्। यिनीहरू साँच्चिकै अर्थमा सर्वहारा हुन्छन्। यिनीहरू कांग्रेसको संगतमा परेपछि कांग्रेस र कम्युनिस्टको संगतमा परेपछि कम्युनिस्ट बन्दछन्।  यिनीहरू व्यर्थको राजनीतिमा कुनै चासो राख्दैनन्। डाँडाकाँडा चहारेर देशको समग्र वस्तुस्थिति बुझ्ने बारेमा पनि यिनीहरूसँग जुक्ति हुँदैन। दुनियाँले यिनिहरूलाई सुद्धिबुद्धि नभएको मानिस ठान्दछन् तर यथार्थमा उनिहरू पनि आ-आफ्नो ठाउँमा सर्वज्ञ र शक्तिशाली नै हुन्छन्। उनीहरू पनि आ-आफ्नो ठाउँको जल, जमिन, जंङगल र प्राकृतिक स्रोत साधनका विशेषज्ञ हुन्छन्। खेतबारी र पशुपालन कसरी गर्ने भन्ने सम्बन्धमा यिनीहरूसँग धेरै ज्ञान र जानकारी हुन्छ। सरकारले यिनीहरूलाई नहेरे पनि सरकारको हरेक गतिविधि र क्रियाकलापहरूबारे यिनीहरूले आफ्नो राय-सुझाव दिन सक्छन्।

 

मधेस-तराईतिरको घुर संस्कृति एक किसिमबाट चार वर्ण र छत्तीस जातको फूलबारी नै हुन्छ। सरकारलाई समेत गाली गर्न, प्रतिवाद गर्न तथा सराप्ने कार्यमा यिनीहरू कुनै नेताभन्दा कम आफूलाई ठान्दैनन्। तर, सरकारले यिनीहरूलाई नटेरे पनि यिनीहरूको मनभित्र हार्दिकता र संवेदनशीलताको संगम हुन्छ। सरकारका मन्त्रीहरू तथा राजनीतिक दलहरूसँग यिनीहरूको राम्रो सहकार्य हुन सक्दछ। घुर ताप्ने समाज र संस्कृतिभित्र मानवताको महासागर भेट्टाउन सकिन्छ। घुरा ताप्ने असल घुरा प्रेमीहरू जति महान् हुन्छन् त्यति नै उनको घरअगाडि सल्काइएको घुरको आकार तथा बनोट ठूलो हुन्छ।

 

सरकारको कुनै किसिमको सरसहयोग र अनुदानबिना पनि घुरहरू निर्वाध रूपमा बाल्न सकिन्छ। सरकारी अनुदानको कम्बल र दाउरा पाउन यिनीहरूले मरिहत्ते पनि गर्दैनन्। सरकारले जनकल्याणकारी कार्य गरेन भने आगामी चुनावमा सरकार पक्कै हार्छ भन्ने कुरामा यिनीहरू विश्वस्त हुन्छन्। घुर ताप्ने समाजमा हुनुपर्ने समता, समानता तथा समावेशीताको खाँचोलाई कसैले पनि नजरअन्दाज गरेर अगाडि बढ्दछ भने देशमा जनआन्दोलनको देशव्यापी घुर बल्न सक्छ र देश अझ अस्थिर बन्न सक्छ भन्ने कुरोमा सबैले विचार पुर्‍याउनु जरुरी छ। रामवरण यादवदेखि लिएर सिके राउतसम्म र रामसहाय यादवदेखि अमरेशकुमार सिंहसम्मका राजनीतिक धुरन्धर र कुशल खेलाडीहरू यही घुरा ताप्ने समाजका अभियन्ता र अगुवा हुन्। लोकतन्त्रलाई जनताको दलानसम्म पुर्‍याउन सबैले होस्टेमा हैंसे गर्नु जरूरी छ।    (लेखक सत्येन्द्र लाल कर्ण उर्लाबारी बहुमुखी क्याम्पस मोरङका सहप्राधापक हुन्)

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९