प्रचण्डको गिर्दो सत्ता-साख, प्रसंगविहीन राजनीतिक

विगत दशक बढीदेखि नै नेपाली राजनीतिको लोकतान्त्रिक अभ्यासमा कमरेड प्रचण्डको ठूलो लगानी रहेकोबारे बुझ्न सकिन्छ। तर, न त उनले आफ्ना पूर्ववर्ती चिन्तक र विचारकहरूबाट केही सिक्न पाए न त देशका भोका नांगा गरिब र सताइएका नागरिकहरू तथा दबाइएका जातजाति तथा समुदायलाई सम्मानित नागरिक जीवनको स्वाद दिलाउन सके।

सत्येन्द्र लाल कर्ण

 

 

विगत आम चुनावताका जनताले देशको संघीय संसदमा निर्वाचित भएर जाने कुनै पनि सिंगो राजनीतिक दलहरूलाई एक्लै सत्तारुढ हुने जनादेश नदिएपछि ठूला-साना सबैजसो दलका नेताहरूले नेपालको पुरानै प्रचलन अनुसार मिलिजुली सरकार बनाउने गरी नेकपाका कमरेड केपी ओली प्रधानमन्त्री रहने गरी समय सीमासमेत निर्धारण गरी मुख्य रूपमा एमाले, माओवादी र रास्वपा तथा जसपालगायतको बहुमतीय सरकारले संघीय संसदमा देशको नेत्तृत्व गर्ने अभिभारा पाएको थियो। तर भनेजस्तै सहमतिअनुसार केपी ओलीको निर्धारित छोटो कार्यकाल सकिएलगत्तै माओवादीका पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको हैसियतमा बालुवाटार छिर्न दबाब सिर्जना गर्न थालेपछि केपी ओलीले संसद नै भंग गरी चुनावमा जान हतार गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार नै प्रधानमन्त्रीको पदबाट हुत्याइएर पदच्यूत गराइएका थिए। त्यसपछि नेपाली कांग्रेस, नेकपा माओवादी, समाजवादी जसपा तथा माधव नेपाल गुटका सांसदहरू मिलेर माओवादी पार्टीका प्रचण्डको नेतृत्वमा सरकारमा जाने सहमति बनेको थियो।

 

 

कमरेड प्रचण्डको कार्यकाल पनि सर्तरहित हुन नसकेपछि पालैपालो गरी पहिला माओवादी पार्टी र त्यसपछि नेपाली कांग्रेस पार्टीलाई सरकारको नेतृत्व गर्ने सहमति अनुरूप माओवादी पार्टी देशको तेस्रो नम्बरको पार्टी भएर पनि सरकारमा जाने पहिलो नम्बरको पार्टी बनेको थियो। प्राय:जसो वर्षैपिच्छे नेपालको सरकार परिवर्तन भइरहने नेपालको राजनीतिक अवसरवादले जुराएको वातावरण अनुकूल रहँदासम्मको अवस्थामा प्रचण्डले आफ्नो प्रधानमन्त्रीको पद र कुर्सीलाई नै पहिलो प्राथमिकतामा राखी पुनः दोस्रोपटक नेकपा एमालेका केपी ओलीलाई राजी गराउँदै सरकारको नेतृत्वमाथि रजगज गर्ने र टिकिरहने दाउ खोज्दै माओवादी, एमाले, रास्वपा तथा जसपा लगायतका दलहरूसँगको भागबन्डा मिल्ने गरी बहुमतको सरकार बनाउन नयाँ सहमतिलाई अगाडि ल्याएर प्रचण्डको कुर्सी दौडले सत्तावृत्तमा पुनः अग्रता प्राप्त गर्ने अवस्था सिर्जना हुन गयो।

 

 

वर्षैपिच्छे सरकारमा जाने पात्रहरू फेरिइरहने तर सरकारमा जानेहरूको पात्रतामा अलिकति पनि उत्तरदायित्व बोधको महसुस नहुने गुटीय र दलीय राजनीतिका सूत्रधारहरूका लागि संघीय संसदलाई आफ्नो पकेटमा राखिरहन र प्रदेशभित्र पनि आफ्नो सर्वोपरीता देखाइरहने मनोकांक्षाले गर्दा अवसरवादी राजनीतिको विकास हुन गयो।

 

 

नेपालमा लोकतन्त्रको ढाँचालाई बलियो बनाउन सक्ने यथेष्ट आधारहरू हुँदाहुँदै पनि नेपालका राजनीतिक मठाधीशहरूले त्यसअनुरुपको लोकतान्त्रिक आचरण र व्यवहार देखाउन नसक्दा आफ्नै सहयोगी दलहरूसँग विश्वासघात गरी लिँडेढिपीको सरकारमा जान पनि हतार रहेको र अल्पमतको जनादेशलाई देशको स्थिरता, सुसासन र विकासमा रुपान्तरण गर्न नसकेको यथार्थ छ। नेपालमा राजनीतिक स्थायित्व दिन सक्ने गरी सरकार निर्माण गर्नुपर्ने आवश्यकता प्रवल रहे पनि सत्ता, भत्ता, रासन र आसनमा पल्किएका राजनीतिक दलका प्रतिस्पर्धी समीकरणहरूबीच चुनाव खर्च जुटाउने र उठाउने गरी सरकारका लाभदायक पदहरूमा जानका लागि गठजोड गर्ने पुरानै परम्परा कायम रहेकोले नेपालमा आम नेपाली जनताको पक्षमा काम गर्ने राजनीतिक शक्तिहरू दिन प्रतिदिन निरीह बन्दै जाने भवितव्य भोग्नु परिरहेको छ।

 

 

करि-करिब वर्षैपिच्छे सरकार फेरिरहनु पर्ने लहडबाजी राजनीतिक तिकडम खेलमा कसलाई पनि ठूलो र सानो गरी छुट्याउन र खुट्याउन मुस्किल परेकोले झुर बामपन्थीदेखि झुर दक्षिणपन्थी र समाजवादी झोला बोक्नेहरू पनि उही लम्पसारवादी विचारका प्रत्युतपादक शक्ति हुन भनेर सहजै भन्न सकिने आधारहरू छन्। नेपालको राजनीतिमा बेमौसमी राजनीतिक बाजा बजाउने कार्यलाई पनि लोकतन्त्र र जनताको नाममा चोख्याउने र आसन्न चुनावमा जनताका अगाडि निर्धक्कसँग चोखो रूपमा प्रस्तुत हुन सजिलो अभ्यास मान्न थालिएको छ। पटक-पटक गठजोडमा परिवर्तन गर्दै समीकरण फेर्दै आफूलाई सत्ता राजनीतिको मुलधारमा स्थापित गर्ने चुनौती र बाध्यता तथा मनोभिलासा प्रचण्ड सत्ताको पुरानो तरिका नै हो भन्न सकिने धेरै आधारहरू छन्। तर, नेपालमा प्रचण्ड नै त्यस्तो किसिमको पहिलो वा अन्तिम प्रधानमन्त्री होइनन्।

 

 

जनादेशबाट तेस्रो स्थानमा उभिने पुष्पकमल दहाल र उनको पार्टीपंक्ति प्रचण्ड सरकारमा नेतृत्व गर्न किन हतारिएका हुन् भन्ने कुराको मुलमा लोकतन्त्रको मन्दिरलाई विश्वसनीय, दिगो, सफा र हराभरा बनाउनु नभएर लोकतान्त्रिक चरित्रको अभिनयसम्म गर्न नसक्ने उनकै नेतृत्वभित्रका गठजोड बनाउने दलहरू आफू जनताको नजरमा अझै पनि इमान्दार र उपयुक्त रहेको देखाउनु एक मात्र कार्य हो। विचारधारा अनुसार हिँड्न नसकेका विश्वबाट अप्रासांगिक हुँदै गएको कम्युनिष्ट पार्टीहरू इतर राजनीतिक शक्तिको समर्थनबाट सत्ताको ललिपपको स्वाद लिने र आफ्नो शासकीय अकुशलतालाई ढाकछोप गरी त्यही अनुकूलको गठजोड तयार गर्ने काममा पारंगत रहेकोले जनताले पाउने सामाजिक न्याय, सुसासन र समृद्धिलाई जनताको घर दैलोमा पुर्‍याउन हम्मे-हम्मे परेको छ। आन्दोलन गर्दा जनतालाई देशको मालिक ठान्ने तर सरकारमा जाँदा जनतालाई भेडा बाख्रा चराउने गोठालो सम्झँदा जनताका कामहरू फिटिक्कै पूरा भएका छन्। सरकारमा रहेका दलहरूको विश्वसनीयताको ग्राफ डरलाग्दो रूपमा तल झर्दै गइरहेको छ।

 

 

आज दुनियाँमा तीव्र रूपमा मनोसामाजिक र आर्थिक परिवर्तनहरू भइरहेका छन्। विश्वमा भइरहेको परिवर्तनहरूलाई आत्मसात गर्दै देशको समसामयिक राजनीतिक धरातलमा पनि परिवर्तन गर्नु जरुरी छ। देशको दशा र दिशामा परिवर्तन होस् भन्ने जनचाहना सबैको हुन्छ। योग्य नेतृत्व र इमान्दार प्रशासक वर्गहरूले देशको कायाकल्प गर्न सक्छ। मरिसकेको देशलाई पनि ब्यूँताउन सक्छ। तर, अँध्यारो कोठाभित्र बसेर राजनीति गर्ने र लोकतान्त्रिक आचरणको पटक्कै खयाल नगर्ने राजनीतिक रणनीतिकारहरूबाट यो सम्भव छैन।

 

 

आज संविधान बनाउने दलहरूले नै देशको बन्टाधार गर्दैछन्। परिवारवाद, नातावाद, जातिवाद क्षेत्रीयतावाद, फरियावाद, नस्लवाद आदि अनेकै वादहरूबाट मलजल पाइरहेका राजनीतिक व्यक्तित्वहरूले आफूलाई नसच्याए देश गर्लम्मै ढल्ने र रसातलमा जान सक्ने तथा विकासको दौडमा सबैभन्दा पछाडि पर्ने जोखिम विद्यमान छ।देशको राजनीतिले सही बाटो समाउन नसक्दा बाटो बिराइरहेको बटुवाजस्तै देखिन थालेका छन्। सत्तामा जानेहरू इन्द्रासन पाएजस्तो व्यवहार गर्छन् भने सत्तामा नजानेहरू अल्छी, बेकामे, जनविरोधी तथा अपराधपूर्ण कार्यहरूमा सामेल भइरहेका भेटिन्छन्।

 

 

लोकतन्त्रमा सरकार परिवर्तन हुनु आशाको किरण हुनुपर्ने हो। तर, सरकार चलाउने  दलहरूले जनतामा आशाको सञ्चार गर्न सकेन भने र जनताको विश्वास जित्न सकेन भने कनिका छर्ने प्रयासहरूबाट जनभावना आहत हुने पूरै सम्भावना रहन्छ।

 

 

विगत दसक बढीदेखि नै नेपाली राजनीतिको लोकतान्त्रिक अभ्यासमा कमरेड प्रचण्डको ठूलो लगानी रहेकोबारे बुझ्न सकिन्छ। तर, न त उनले आफ्ना पूर्ववर्ती चिन्तक र विचारकहरूबाट केही सिक्न पाए न त देशका भोका नांगा गरिब र सताइएका नागरिकहरू तथा दबाइएका जातजाति तथा समुदायलाई सम्मानित नागरिक जीवनको स्वाद दिलाउन सके। आफ्नो अहमता र विशिष्टतालाई बुद्धि र विवेकको दाम्लोसँग परिसिमन गर्न नसक्दा देशमा संविधान हुँदाहुँदै पनि संविधानलाई मर्यादाभित्र रहन दिन नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेनन्। केआई सिंह, रामराजाप्रसाद सिंह, कार्ल मार्क्स, लेनिन वा माओको पदचिन्हलाई पछ्याउने त के कुरा उनको जीवन दर्शनलाई समेत बुझ्न नसक्दा नेपाल स्व:स्फूर्त रूपमा हरिकंगाल हुँदै जाने बिडम्बना तयार हुन पुग्यो।

 

 

आज दक्षिणपन्थी राजनीतिक दलहरूले हिन्दु राष्ट्रवादमा आफ्नो भविष्य हेर्दैछन्। राजतन्त्रको वकालत गर्दैछन्। आज देशको तरल राजनीतिभित्र देउवा, ओली, प्रचण्ड, रवि, उपेन्द्र जतिसुकै सशक्त सत्ता दाबेदारको रूपमा देखिए पनि आम जनमानसमा उनीहरूको परम्परागत छवि घट्न थालेको छ। उनीहरूको छवि सत्ता र भत्ताको लागि जुनसुकै दलसँग गठजोड गर्न आतुर रहेको राजनीतिककर्मी भन्दा अलिकति पनि माथि उठ्न सकेको छैन। आज राजनेता बन्ने हैसियतमा पुगेका व्यक्तिहरूको आफ्नै पाइला मुन्तिरको माटो खुस्किन थालेको छ। जुनसुकै राजनीतिक व्यक्तित्वहरू अब जनताको नजरमा उही उचाइमा पुग्न कति धैर्य, तपस्या र त्याग गर्नुपर्ने हो त्यसको छिनोफानो इतिहासले नै गर्ने निश्चित छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनधिकृत संरचना हटाइँदै

गण्डकी,  पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ । हङ्कङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको...

पर्यटकको दैनिक औसत खर्च १९ प्रतिशतले घट्यो

काठमाडौँ,  नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ । सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो ।नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन, जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।       उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी, जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९