खुला तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन गरेको काठमाडौँ महानगरको दाबी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुला तथ्याङ्क र सार्वजनिक महत्वका विवरण स्वतः प्रकाशन, प्रसारण गर्ने गरेको बताएको छ ।नियमन क्षेत्राधिकारभित्रका निकायबाट प्रतिनिधिहरुलाई बोलाएर आफूले प्रयोग गरिरहेको अभ्यासका विषयमा जानकारी दिने र उहाँहरुले सूचना प्रवाहमा निर्माण गर्नु पर्ने संयन्त्रका विषयमा अवगत गराउने क्रममा यस्तो बताएको हो । महानगरपालिकाको क्षेत्राधिकारभित्र सामुदायिक तथा संस्थागत विद्यालय, शिक्षण तथा शैक्षिक संस्थाहरु, सहकारी संस्थाहरु, स्वास्थ्य सेवा प्रदायकहरु रहेका छन् ।

 

 

 

कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापाले, महानगरपालिकाले गरेको गरेको कानुनी प्रबन्ध र यसको कार्यान्वयन अन्य पालिकाका लागि सिकाइ बन्न सक्ने बताइन् । ‘सूचनाको हक कार्यान्वयन गर्न महानगरपालिका आफैँले कानुनी व्यवस्था कार्यान्वयनमा ल्याउनु खुला र उत्तरदायी सरकारको नमूना हो ।’ उनले भने, ‘महानगरपालिका अभ्यास खुला र उत्तरदायी सरकारको अभ्यासमा रहेको मैले बुझेको छु ।’  कार्यक्रममा वडा नं. ११ का अध्यक्ष हीरालाल तण्डुकारले भने, ‘हामी आएका सबै टेलिफोन उठाउँछौँ । उहाँहरुले सोधेका हरेक प्रश्नको उत्तर दिन्छौँ ।’

 

 

 

 

कार्यक्रममा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले, २०८० सालमा महानगरपालिकाले जारी गरेको ‘सञ्चार तथा सूचना ऐन’ को परिच्छेद ८ मा ‘सूचनाको हक कार्यान्वयन गराउने व्यवस्था’ भएको उल्लेख गरे । यसमा सार्वजनिक महत्वका सूचनाको हकको प्रचलन, संरक्षण र सम्बर्धन, स्वतः प्रकाशन, प्रसारण, प्रवाहलाई महानगरपालिकाको दायित्वका रुपमा राखेको छ ।

 

 

 

 

महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतले आफूपछिको जिम्मेवारीमा रहेका कर्मचारीमध्येबाट सूचना अधिकारी तोक्न सक्ने व्यवस्था छ । अहिले कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य सूचना अधिकारी तोकिएका छन् । ऐनले विभाग र वडाका प्रमुख वा त्यसपछिको जिम्मेवारीमा रहने अधिकारीलाई सहायक सूचना अधिकारीका रुपमा तोकेको छ । यस्तै नियमन क्षेत्राधिकारभित्र रहेको संघसंस्थामा सूचना अधिकारी तोक्न लगाउने व्यवस्था गरेको छ ।

 

 

 

ऐनले कार्यपालिका सदस्यमध्येबाट प्रवक्ता तोक्ने व्यवस्था गरेको छ । अहिले सूचना समितिका संयोजक एवं वडा नं. १७ का अध्यक्ष नविन मानन्धर प्रवक्ता हुनुहुन्छ । प्रशासन विभागका प्रमुख सहायक प्रवक्ता रहने ऐनले व्यवस्था गरेको छ । पत्रकार भेटघाट र सम्मेलन सम्बन्धी व्यवस्था पनि ऐनले गरेको छ । कार्यक्रममा सहप्रवक्ता दीपक अधिकारीले, महानगरपालिकाले प्रणालीमार्फत आफूले दिनु पर्ने सूचना नियमित दिएको, आम सञ्चारमाध्यममा स्वतः प्रकाशन प्रसारण गर्ने गरिएको उल्लेख गरे ।

 

 

 

 

सूचनाको हक कार्यान्वयनका लागि काठमाडौँ महानगरपालिकाबाट अन्य स्थानीय तहमा सन्देश जानुपर्छ । कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचनले भने, ‘सूचनाले नै मानिसलाई जागरुक बनाउँछ । यसकारण विकासका लागि सूचना नभइ हुँदैन ।’   सूचना माग गर्ने र प्राप्त गर्ने नागरिकको अधिकारलाई संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । सार्वजनिक निकायमा रहेका व्यक्तिगत वा सार्वजनिक सरोकारका विषयमा नागरिकले सूचना माग गर्न सक्छन् । यसरी सूचना माग्ने र पाउने हकभित्र सूचना प्रवाहको हक पनि पर्दछ ।

 

 

 

सन् १७६६ मा स्वीडेनले सूचनाको हक सम्बन्धी कानुन जारी गर्यो । विश्वमा, सूचनाको हक सम्बन्धी यो नै पहिलो कानुन हो । दक्षिण एशियाली मुलुकहरुमा नेपाल तेस्रो हो । पहिलो पाकिस्तानले सन् २००२ मा दोस्रो भारतले सन् २००५ मा र तेस्रो नेपालले सन् २००७ मा सूचनाको हक सम्बन्धी कानुन जारी गरेका हुन् । सूचनाको हक सम्बन्धी नेपालको कानुनले सूचना माग्दा लिखित रुपमा माग्नु पर्ने र तोकिएको समयमा प्राप्त गर्नु पर्ने व्यवस्था गरेको छ । सार्वजनिक निकायमा भएको सूचना माग गर्ने अधिकार नेपाली नागरिकलाई मात्र प्रदान गरिएकोले यस्तो सूचना माग गर्दा नेपाली नागरिक भएको प्रमाण पेश गर्नुपर्छ ।

 

 

 

 

सूचना दिने अधिकारीले सूचना नदिए उजुरी दिन गर्न सकिन्छ । कार्यालय प्रमुखले पनि सूचना नदिए पुनरावेदन दिन सकिन्छ ।  आयोगका सदस्य ओली थापाकाअनुसार सूचना दिन अटेर गर्ने पदाधिकारीलाई १ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । ओलीकाअनुसा सार्वजनिक निर्माण, निजी क्षेत्रका वैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक संस्था, उपभोक्ता समितिलगायतलाई जरिवाना गरिएको छ ।

 

 

 

सूचना नपाएका कारण कसैलाई क्षति भयो भने त्यसवापतको क्षतिपूर्ति पाउने व्यवस्था कानुनले गरेको छ । सूचना लिँदा पहिलो १० पृष्ठ निःशुल्क पाइन्छ । त्यसपछि एफोर साइजलाई प्रति पृष्ठ ५ रुपैयाँ र एथ्री साइजलाई प्रति पृष्ठ १० रुपैयाँ लाग्छ । सामग्री अध्ययन गर्नु पर्दा पहिलो आधा घण्टा निःशुल्क हुन्छ । त्यसपछिको प्रतिघण्टा ५० रुपैयाँ दस्तुर लाग्छ । यस्ता सामग्री डिजिटल माध्यमबाट पनि लिन सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९