मेयरद्वारा करोडौं अनियमितता हुन लागेको भन्दै कटहरिया नपामा पुनः तालाबन्दी 

रौतहट ।  विवादै विवादको घेरामा रहेको कटहरिया नगरपालिकामा मेयरद्वारा करोडौं अनियमितता गर्ने खेल सुरु भएको भन्दै जनप्रतिनिधिहरुले पुनः तालाबन्दी गरेका छन्।उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरुले मंगलवार दिउँसो कर्मचारी लाई बाहिर निकालेर तालाबन्दी गरेको हो। जनप्रतिनिधिहरुले मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष संगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका छन्।

 

मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने दाउमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका छन्। मेयर जैसवालको निर्देशनमा गत मंसिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको थियो। बैठकमा नगरपालिकामा करारको कर्मचारी भर्ना र ईलाका प्रहरी कार्यालय कटहरियाको लागि आएको प्रस्तावमा सहमती हुन सकेको थिएन। बैठकमा केही वडा अध्यक्ष सहित केही कार्यपालिका सदस्यहरुले उपस्थितिमा हस्ताक्षर गरेका थिए। तर सहमती नभएपछि मेयर जैसवालकै निर्देशनमा हिजो अर्थात पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको उपमेयर रिता देवी यादवले बताईन।

 

उक्त सूचना अनुसार हिजो पुस ८ गते मेयर र अधिकृत नगरपालिकामा आएनन फोन गर्दा बाहिर छु भनेर जवाफ आएको उनले बताईन्। मेयर जैसवाल र अधिकृत जोशी आज पनि नगरपालिकामा अनुपस्थित रहेका छन्। यसै बीच मेयर जैसवालको ईशारामा गत मंसिर २० गते भएको बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकिय अधिकृत रामजी जोशीले दर्जनौं निर्णय लेखेर कार्यपालिका सदस्यहरु संग हस्ताक्षर गराउने खेल भईरहेको उपमेयर यादवले जानकारी दिएकी छिन्।

तालाबन्दी पछी जनप्रतिनिधिहरुले सञ्चारकर्मी संग कुरा गर्दै मेयर जैसवालको घरमा बसेर अधिकृत जोशीले लेखेको निर्णयहरु सदर गराउन अहिले कार्यालय सहयोगी मार्फत कार्यपालिका सदस्यहरुको घर घरमा राती राती लागेर हस्ताक्षर गराईरहेको बताएका छन्। हस्ताक्षर गराउन मेयर जैसवालले ती कार्यपालिका सदस्यहरुलाई बिभिन्न प्रलोभन देखाई रहेको सहभागी कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले दाबी गरेका छन्।

 

कटहरिया नगरपालिकाको ९ वटै वडामा झण्डै ५० जना कर्मचारी करारमा खटिरहेका थिए। उक्त करारका कर्मचारीहरुले २० महिनासम्मको तलब पाएका छैनन् तर मेयर जैसवाल उनीहरुलाई तलब ख्वाउनुको सट्टा केहीदिन अघि बिना सरसल्लाह एकैपटक सबैलाई बर्खास्त गरी ठूलो अन्याय गरेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन्। कर्मचारी भर्ना गर्दा आर्थिक अनियमितता गर्नको लागि उनीहरुलाई तलब दिनुको सट्टा बर्खास्त गरेको आरोप लगाएका छन्। गत मंसिर २० गतेको बैठकमा कुनै निर्णय नभएको र सोही निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरु बदर नभएसम्म तालाबन्दी यथावत रहने जनप्रतिनिधिहरुले अडान राखेका छन्।

सबै वडामा खटेका करारका कर्मचारीको तलब दिएपछि मात्र अर्को कर्मचारी भर्नाको सूचना प्रकाशन गर्नुपर्ने समेत माग गरिएको छ।  नेपाल सरकारको शाखा अधिकृत जस्तो कर्मचारी भएर पनि अधिकृत जोशी मेयर जैसवालको ईशारामा नगरको करोडौं रुपैयाँ भ्रष्टाचार गर्ने दाउमा रहेको उनीहरूले दाबी गरेका छन्।

 

उपमेयर रिता देवी यादवको नेतृत्वमा तालाबन्दी गर्ने टोलीमा कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो,२ का वडा अध्यक्ष हरेन्द्र साह,४ का वडा अध्यक्ष चन्दन कुशवाहा,५ का सर्फलाल गुप्ता,६ का जयराम चौधरी,७ का महमद सहिद वडा सदस्य रामेश्वर यादव लगायतको सहभागिता रहेको थियो। २०७४ को स्थानीय निर्वाचनमा कटहरियामा नेपाली कांग्रेसको टिकटबाट मेयर अजय प्रकाश जैसवाल, उपमेयर रिता देवी यादव सहित वडा ५ ,७, ८ र ९ का वडा अध्यक्ष निर्वाचित भएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन

मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९