रौतहटको समस्या समाधान गर्न प्रम ओलीसँग माग

रौतहट। रौतहट जिल्लाको समग्र विकास र बिभिन्न समस्या समाधानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराइएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला ईन्चार्ज अजय कुमार गुप्ता मंगलवार पार्टी मुख्यालय पुगेर प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन्।

बर्षौ देखी जिल्लामा रहेको अधुरो पुलहरुको पूर्णता, जिल्लाको सबै निर्वाचन क्षेत्रको समग्र विकासका मुद्दाहरूका साथै लामो समय देखि साना नाकाहरुमा  ४ चक्के सवारी साधन आवागमनमा लगाईएको रोक बारे जानकारी गराएको केन्द्रिय सदस्य गुप्ताले बताएका छन्। बिश्व महामारी कोरोनाको समय भारतीय सीमा सुरक्षा बल एसएसबीले  जिल्लाको सानानाकाहरूमा ४ चक्के सवारी साधनको आवागमनमा रोक लगाइएपछि हजारौँ परिवारको जनजीवन प्रभावित बनेको छ।

 

जिल्लाको बागमती नदी र बकैया नदीमा रहेका अधुरो पुलको पूर्णता पाएको अवस्थामा छैन। पुल  अधुरो हुँदा मानिसहरू वैकल्पिक मार्ग प्रयोग गर्नुपर्दा ठूलो कठिनाईमा परेका छन्। बिगतमा पटकपटक सरकार परिवर्तन हुँदा पनि यहाँको समस्या ज्युँका त्यु रहेकाले उक्त विषयहरूमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको जिल्ला ईन्चार्ज गुप्ताले जानकारी दिएका छन्। छोटी नाकाहरु भएर सवारी साधन आवागमन नहुँदा स्थानिय हरु कठिनाईमा परेका छन्न भने छोटी भन्सार सञ्चालन नहुँदा साना ब्यापारीहरु कठिनाईमा परेका हुन्।

 

सदियौं देखि चलिआएको दुईदेश बिचको रोटी बेटीको सम्बन्ध प्रभावित भएको छ। बिश्व ब्यापी रूपमा चलेको कोरोना महामारीको समय देखी भारतीय सीमा सुरक्षा बल एसएसबीले सानो नाकाबाट सवारी साधन आवतजावतमा रोक लगाएको छ। पटकपटक स्थानिय स्तरमा सानो नाका खुलाउने बिभिन्न दलका नेताहरु बाट भएको प्रयास सफल हुनसकेको देखिएन। रौतहट जिल्लाको २८ किलोमीटर लामो भारतीय सिमानामा हाल जिल्लाको मुख्य नाका गौर र बाराको काचोर्वा नाका भएर मात्र चारपाङ्ग्रे सवारीसाधनलाई छुट दिइएको छ।

 

२८ किलोमीटर लामो सीमानाको वारी नेपालमा बस्ने हजारौँ नागरिक दैनिक उपभोग्य वस्तुको खरिद देखी औषधि उपचार गराउन तथा विहेवारीमा किनमेल गर्न सदियौं देखि भारतीय बजार माथी निर्भर रहेका छन्। सीमावर्ती भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन मात्र चार पाँच किलोमिटर पर्छ भन्ने आफ्नै सदरमुकाम २५ किलोमिटर टाढा पर्दछ। एका तर्फ भारतीय बजार नजीक हुनु र अर्को तर्फ नेपाली बजार भन्दा त्यहाँ सामानहरू सस्तो पर्ने भएकाले अन्य बिकल्प नभएको स्थानीयहरूले गुनासो गरेका छन्।

 

 

तर पछिल्लो समयमा भारतीय सीमा सुरक्षा बल एसएसबीले चारपाङ्ग्रे सवारीसाधनलाई रोक लगाएको कारण भारतमा बस्ने आफन्त लाई यहाँ आउन अथवा यताबाट त्यहाँ जान ५० किलोमिटर लामो घुमाउरो बाटो जानुपर्ने वाध्यता भएको छ। त्यसैगरी २००७ देखि सञ्चालनमा आएको जिल्लाको छोटी भनसारहरु माओबादी द्वन्दको समय जिल्ला भन्सार कार्यालय गौरमा मर्ज गरिएको थियो। तर हालसम्म उक्त छोटी भन्सार कार्यालयहरु पुनः सञ्चालन नहुँदा आवत–जावत र व्यापारिक गतिविधिमा अवरोध हुनुका साथै राजश्व संकलनमा समेत असर परेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन

मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९