संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भइ राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको स्मरण गर्दै महरले उक्त कुरा बताएका हुन्।

 

‘वि.सं. २०३३ पुस १६ गते बिपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किनु भएको थियो। त्यतिबेला राष्ट्रको स्वाधिनता र यसको अस्तित्व रक्षाको समय थियो। अहिले समय फेरियो। हामी गणतान्त्रीक मुलुकमा गयौं। बिपीले त्यो बेला नेपाललाई समुन्नत बनाउने कुरा भन्नु भएको थियो, त्यो काम संविधान निर्माण भइसकेपछि पनि अहिलेसम्म पूरा भएन। अहिले संविधान संशोधनको बहस भएको बेला त्यो राष्ट्रिय एकता र मेलमिलापको आधारमा मात्र सम्भव छ,’ कांग्रेस इलामले आयोजना गरेको १०० दिने विशेष अभियान समारोहलाई सम्बोधन गर्दै शिक्षा विभाग प्रमुखसमेत रहेका नेता महरले भने।

 

बिपी देशको स्भाविमान जोगाउन राष्ट्रिय एकतासहित स्वदेश फर्किएको उनको भनाइ छ। बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेताकार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको महरले स्मरण गरे।

 

आज संविधान संशोधनलगायत राष्ट्रका ज्वाजल्यमान समस्या समाधान गर्न अझ कसिलो राष्ट्रिय एकता र मेलमिलाप आवश्यक रहेको उनले औंल्याए। ‘बिपीले परिकल्पना गरेको लोकतान्त्रिक प्रणालीका माध्यमले विकसित नेपालको चाहना आजसम्म पनि पूरा हुन सकेको छैन। यसको पहिलो खुड्किला भनेको कांग्रेसलगायत दलभित्र मेलमिलाप र एकताको आधार खडा हुन आवश्यक छ। त्यसपछि राष्ट्र निर्माणको मुद्दा र जनताको मुद्दामा एक हुनुपर्छ,’ महरले भने।

 

कांग्रेस स्वयंले १०० दिन विशेष अभियान समापन गर्दै गर्दा राष्ट्र निर्माण, जनताका र पार्टी निर्माणका लागि कसैको फरक मत रहँदैन भन्ने प्रत्येक व्यक्तिले कसम खानुपर्ने उनले बताए। यसका साथै एक वर्षपछि हुने कांग्रेसको १५औं महाधिवेशन पार्टीभित्रको मेलमिलाप र एकताको आधारमा सम्पन्न गरिनुपर्ने उनको भनाइ छ। ‘एकता भावले महाधिवेशन गरेर देशका लागि र कांग्रेसका लागि बाँकि रहेका कार्यभार कुसलतापूर्वक सम्पन्न गर्नुपर्छ। सशक्त पार्टी निर्माण गरेर मात्र त्यो सम्भव छ। त्यसतर्फ हामी केन्द्रित हुनुपर्छ,’ उनले भने।

 

समयमै १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र त्यसका लागि टोल स्तरदेखिकै नेता कार्यकर्ताको प्रतिवद्धता तथा सक्रियता आवश्यक रहेको महरले बताए। विधानअनुसारको जिम्मेवारी निर्वाह गर्नसमेत उनले आग्रह गरेका छन्। यसमा बढी जिम्मेवार केन्द्रका पदाधिकारी हुने र उनीहरूको ढिलासुस्ति प्रवृत्तिले समयमै महाधिवशेन हुनेमा संका पैदा भइरहेको उनले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पाटन (ललितपुर),  देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार...

आयोगद्वारा समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग छलफल

काठमाडौँ,  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २०...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

म्याग्दी,  तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ ।तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय

नारायणगढ (चितवन),पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट एण्ड रन)का घटना बढ्दै गएका छन् । सवारीसाधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति पनि बढेको प्रहरीको भनाइ छ ।यस्तो अवस्थामा दुर्घटनापछि चालकले पूरा गर्नुपर्ने कर्तव्यबारे जनचेतना आवश्यक देखिएकाले सचेतनामूलक अभियान सञ्चालनको तयारी भइरहेको...

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौँ,  विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

भान्साबाट व्यवसायसम्म : जानकी रावत थापाको आत्मनिर्भर यात्रा

लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ ।   यस्तै उदाहरण हुन्...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङ्लिङ नगरपालिका

फुङ्लिङ (ताप्लेजुङ),  यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ । उत्पादित सामग्री बजारीकरणमा नगरपालिकाले सहजीकरण सुरु गरेको हो । विगत दुई वर्षदेखि नगरपालिकाले अल्लो सङ्कलन, प्रशोधन तथा कपडा बुन्ने तालिम आयोजना गर्दै आएको छ । वडा कार्यालयको समन्वयमा रेड पाण्डा...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

काठमाडौँ,   गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ ।   सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले...

विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौँ,  भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ । आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९