एमालेकाे बहुमतको सरकार नबनी देश बन्दैन्ः महासचिव पाेखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको सिङ्गो ध्यान २०८४ को निर्वाचनमा केन्द्रित भएको बताएका छन् । नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीद्वारा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले नेकपा एमालेको नीतिलाई राष्ट्रको नीति बनाएर एमालेको एकल बहुमतको सरकार बनाउने अबको मिसन रहेको बताए । एमालेको एकल बहुमतको सरकार नबनेसम्म देशको विकासले गति नलिने उनकाे दावी छ ।

 

‘नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो, एउटा पार्टीको बहुमतको सरकार नबनी देश बन्दैन’, उनले भने । मिसन २०८४ नेकपा एमालेको लागि अवसर भएको उनकाे भनाइ छ । यो मिसन पुरा गर्न त्यति सजिलो नभए पनि एमालले मिसन २०८४ मा आफूलाई निर्णायक शक्ति बनाउने सङ्कल्प गरेको पोखरेलको भनाइ छ । सिङ्गो देशलाई बलियो बनाउने बेलामा क्षेत्रीय पार्टीमा मत विभाजन हुनु नहुने उनले जनाए । जनमतलाई एकीकृत गरेर बलियो राष्ट्रिय शक्ति नबन्दासम्म देश नबन्ने बताउँदै उनले भने, ‘अब हाम्रो जनमत नानाभाँतिका राजनीतिक दलमा विभाजित गर्ने होइन, बलियो राजनीतिक शक्ति निर्माण गर्ने कुरामा केन्द्रित हुनुपर्दछ ।’

 

गरिबी माथिको भद्दा मजाक अब राजनीतिको खेलो फड्को बन्न नहुनेमा पोखरेलले जोड दिए । समाजवादको बाटोमा अघि बढ्ने हो भने अब धेरै पार्टी होइन बलिया राजनीतिक दल आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । ‘अब एमालेको विकल्प छैन भन्ने कुरा हरेक तथ्य प्रमाणले पुष्टि गरेको छ’, उनले भने । नेकपा एमालेलाई कमजोर बनाउन अनेक खालका षडयन्त्र भएका बताउँदै पोखरेलले एमालेलाई कमजोर बनाउने अन्तिम हतियारको रूपमा साइवर आक्रमण भइरहेको जनाए । यसलाई चिरेर अघि बढ्न सके अब एमालेलाई कसैले कमजोर बनाउन नसक्ने उनकाे भनाइ रहेकाे छ ।

 

बलिया पार्टी माथि कमजोर पार्टीले शासन गर्ने परम्परा विश्वमा कतै नभएको बताउँदै नेपालमा बलिया पार्टी माथि कमजोर पार्टीले शासन गर्न खोजेकाले देशका दुई ठुला पार्टी एक ठाउँमा उभिनु परेको उनले जनाए । ‘नेपालमा ३२ सिट म्याजिक नं २ सय ७५ सिटमा ३२ सिटले शासन गर्छ, अब पाँचै वर्ष, यस प्रकारको भद्दा मजाक गर्ने नेता पुष्पकमल दाहाल प्रचण्ड हुन,’ उनले भने । अहिले पनि प्रधानमन्त्रीबाट हट्नु पर्दा प्रचण्डलाई पीडा, छटपटी औडाहा भएको जनाउँदै अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिँड्नु भएको पोखरेलकाे भनाइ रहेकाे छ ।

 

पशुपतिको जलहरीको कुरा उठाएर माओवादीका नेताहरूले टनका टन सुन आफ्नो घरमा पुर्‍याएका पोखरेलले दाबी छ । माओवादीको नेतृत्वको सरकार भएको बेला सबैभन्दा ठुला तस्करसँग माओवादी कार्यकर्ताको विवाह गराउने काम भएको पनि स्मरण गराउँदै यस्ता व्यक्तिले आफूलाई सुशासनका नायक भनेर भद्दा मजाक गरेको उनले सुनाए । नेपालको राजनीतिलाई विकृत बनाउने काम माओवादीबाट भएको उनकाे ठम्याइ छ ।

 

पुरानाका दिन सकिए, जान्नेलाई छान्नु पर्छ भन्नेहरू कति जान्ने रहेछन् भन्ने कुरा पनि देखिएको बताउँदै नैतिक, आर्थिक र सामाजिक रूपमा समेत उनीहरू विकृत भएका उनले जनाए ‘जे छोयो त्यसैमा समस्या, नागरिकता हेर्‍यो नागरिकतामा समस्या, पासपोर्ट हेर्‍यो पासपोर्टमा समस्या, व्यवसायमा लाग्यो त्यहीँ समस्या देखिएकै छ’, उनले भने । जान्ने भनिएकाहरू लुटपाट, ठगीमा जान्ने देखिएका  जनाउँदै उल्टो उनीहरूले आफ्नो संलग्नता नरहेको भन्दै अपराधलाई ढाकछोप गर्ने काम गरिरहेको पोखरेलले सुनाए । नेकपा एमाले नेतृत्वको सरकार बनेपछि देशमा आर्थिक सञ्चिति बढेको, विकासले गति लिएको तथा लगानीको वातावरण सिर्जना भएको पोखरेलकाे जिकिर छ ।  कानुनी सुधार क्षेत्रमा पनि नयाँ ढङ्गले काम गर्ने भनेर दुई दलले संयन्त्र नै बनाइ सकेका उनले जानकारी दिए । नयाँ पुस्ता क्षमताको साथ राजनीतिमा आउनु पर्ने बताउँदै उहाँले पुराना पुस्तको अनुभवबाट नयाँ पुस्ताले सिक्नु पर्ने बताउँदै केही नजानेकालाई शासन सत्ता दिने कुराले देशलाई अझ बरबादी तर्फ लैजाने पोखरेलको धारणा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

पालिकाद्वारा विद्यालय बन्द

महेन्द्रनगर,  अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् ।आज एक सूचना जारी गर्दै यहाँको शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९