लिङदेन नेतृत्व असफल भएकाे पुर्बराजा र शिर्ष नेताकाे निष्कर्ष, केन्द्रिय समितिमा बहस गरिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ। स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न अस्वीकार गरेपछि अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउन सुरू गरिएको हो। लिङ्देन नेतृत्वमा आएपछि पार्टीलाई झन् क्षति पुगेकाे निष्कर्षसहित राप्रपाका केही केन्द्रीय नेताहरू केन्द्रीय समितिमा प्रस्तुत हुने भएका छन्।

 

राप्रपाको आगामी माघ ११-१२ गते बस्न गइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनको नेतृत्व क्षमतामा प्रश्न उठाउने गरी असन्तुष्ट पक्षले तयारी गरिरहेका छन्। हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा वरिष्ठ नेता पशुपति शमशेर राणाले स्थानीय तहको निर्वाचन परिणामले सिंगो राप्रपामा चिन्ता छाएको जनाएका थिए। त्यसपछि पार्टीभित्र नयाँ शिराबाट बहस सुरू हुन थालेको छ।  ‘स्थानीय तहको उपनिर्वाचनमा जुन मत राप्रपाले पाएको छ, त्यसले सिंगो राप्रपा पंक्तिलाई निराश बनाएको छ, व्यक्तिगत रूपमा म त निकै नै चिन्तित छु,’ राणाले बैठकमा भनेका थिए।

 

तर, अध्यक्ष लिङ्देन पक्षधर प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने राप्रपाको मत नघटेको, बरू बढेको तर्क गरेपछि बैठकमा अन्य नेताले भने निकै आपत्ति जनाएका थिए। सो मत घटेको र बढेको बिषयमा केन्द्रीय कार्य सम्पादन समितिमा भने निकै बहस भएको जनाइएको छ। ‘ज्ञानेन्द्रजीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मत बढेको भनेर तर्क गरे पनि  राप्रपाले सबै स्थानीय तहमा गरी जम्मा ३ हजार ७१ मत मात्रै प्राप्त गरेको
तथ्यांकले नै देखाएको छ, सबै स्थानिय तहमा पार्टीको लज्जास्पद रूपमा जमानत जफत भएको छ,’ असन्तुष्ट पदाधिकारीले बैठकमा भने, ‘अब यो विषय केन्द्रीय समिति बैठकमा उठने छ।’

लिङदेनको जिल्लाबाट जम्मा २६ मत

ती पदाधिकारीका अनुसार स्थानीय तहका निर्वाचनमा केन्द्रीय कमाण्डर अर्थात् अध्यक्ष लिङ्देन थिए। उनले आफ्नै गृहजिल्लामा भएको निर्वाचनमा जम्मा २६ मत मात्रै जोड्न सकेका छन्। लिङ्देनको गृहजिल्ला झापास्थित जिल्ला कन्काई नगरपालिका-६ का वडाअध्यक्षका उम्मेद्वार केशवबहादुर ओझाले जम्मा २६ मत मात्रै ल्याएपछि लिङ्देनको नेतृत्वमाथि थप प्रश्न उठेको हो। त्यहाँ लिङ्देनले पार्टी प्रवक्ता तथा प्रदेश सांसद भक्ति सिटौलालाई चुनावी कमाण्डर बनाएका थिए।

 

‘कतिसम्म भने राप्रपाको वडा समिति ५१ सदस्यीय हुन्छ तर अध्यक्षको गृह जिल्लाको वडाध्यक्षले जम्मा २६ मत मात्रै पाउँछन्, उसो भए ४९ सदस्यको मत राप्रपाको खोई त?,’ एक पदाधिकारीले प्रश्न गरेका छन्, ‘जुलुसमा सहभागी मात्रैले भोट हालेको भए पाँच सय मत नाघ्थ्यो तर कसैले हालेनन्, किन? यो प्रश्नको जवाफ अध्यक्षले अब केन्द्रीय समितिमा दिनुपर्छ।’ आफ्नै गृह जिल्लामा ५० मत कटाउने नसक्ने अध्यक्षले सिंगो पार्टीको नेतृत्व गरेकाले पनि पार्टीमा समस्या देखा परिरहेको उनीहरूको तर्क छ।

६ स्थानीय तहमा दोहोरो अंकमा आएन भोट

त्यसो त स्थानीय तहका ६ जना उम्मेदवारले त दोहोरो अंकमा पनि मत ल्याउन सकेनन्। जस्तो कि, तेरहथुमको लालिगुराँस-८ का वडाध्यक्षका उम्मेदवारले जम्मा ४ मत, ओखलढुंगा मोलुङ-५ का वडाध्यक्षले ३ मत, उदयपुर त्रियुगा-१२ का वडाध्यक्षले ७ मत, सुनसरी डाक्नेश्वरी-४ का वडाध्यक्षले ६ मत, महोत्तरी रामगोपालपुर-२ का वडाध्यक्षले २ मत,  गुल्मी मुसिकोट-१ का वडाध्यक्षले ५ मत, जाजरकोट, कुसेँ गाउँपालाका-७ का वडाध्यक्षले ८ मत मात्रै पाएका थिए।

सहरिया मतदाताको बिकर्षण 

उसो त, राप्रपाको सहरिया मतदाताको पनि आर्कषण कम भएको छ। कमल थापाको नेतृत्वको राप्रपा नेपालले काठमाडौं उपत्यकामा उल्लेखनीय मत प्राप्त गरेको थियो। तर, लिङदेन नेतृत्व हुँदा कीर्तिपुरमा पार्टीका उम्मेदवारले जम्मा ९९५ मत मात्रै प्राप्त गरे भने वडा अध्यक्षका उम्मेदवार ६४ मतमा सीमित हुन परेपछि राप्रपामा भाँडभैलो मच्चिएको छ। उता, राजावादीका लागि सबैभन्दा राम्रो वडा मानिएको काठमाडौं-१६ मा वडाध्यक्षका उम्मेद्वारले जम्मा ७७४ मत ल्याएपछि सहरिया मत राप्रपाप्रति क्रमशः बिकर्षण देखिएको ठम्याई असन्तुष्ट नेताहरूको छ।

 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राजावादीको शक्ति कमजोर हुँदै गएको आजबाट सुरू भएको केन्द्रीय समिति बैठकमा उल्लेख गरेका छन्। ‘२०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरुको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरुको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ,’ ओलीले आफ्नो राजनीतिक प्रतिबेदनमा उल्लेख गरेका छन्।

पार्टी एकता र मोर्चाप्रति अनुदार

अध्यक्ष लिङ्देनले कमल थापा नेतृत्वका राप्रपा नेपालसहित साना राजाबादी दलहरूसँग एकीकरण गरेर जानुपर्ने पार्टीभित्रको मतलाई दबाउने गरेको जनाइएको छ। प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा मात्रै होइन, पशुपति शमशेर राणाले समेत बृहत् पार्टी बनाउन एकीकरण प्रकिया सुरू गर्नुपर्ने धारणा राखे तापनि अध्यक्ष लिङ्देनले नमानेपछि कुनै प्रकिया अघि बढन नसकेको पदाधिकारीहरू नै बताउँछन्।

 

लोकेन्द्रबहादुर चन्दको पहलमा मुख्यतयाः राप्रपा नेपाललाई एकीकरण प्रक्रियामा ल्याउनु पर्ने भनेर पहल गरे पनि लिङ्देन त्यसमा बाधक देखिएको उनीहरूको बुझाइरहेको छ। ‘दिनदिनै जनमत खस्केर गएको अवस्था छ, जसका कारण उनको नेतृत्व पूर्णतयाः असफल भइसकेको छ,’ एक असन्तुष्ट पदाधिकारीले भने, ‘एकीकरण र मोर्चा गरेर भए पनि आन्दोलन अगाडि बढाऔं भन्दा उहाँ तयार हुनुहुन्न, पार्टी साँच्चै अनिर्णयका बन्दीको अवस्थामा पुगेको छ।’

 

उनका अनुसार माघ ११ गते देखी सुरू हुने केन्द्रीय समिति बैठकमा लिङदेनको नेतृत्व क्षमताका बारेमा बहस हुने भने लगभग पक्का भएको छ। खासमा उपनिर्वाचनमा उम्मेदवारलाइ जिताउन देश दौडाहामा निस्केको भए तापनि २ मतसमेतमा सीमित हुनु परेपछि लिङ्देनमाथी प्रश्न बर्साउन खोजिएको एक नेताले बताए।

पूर्वराजा  पनि असन्तुष्ट 

कमल थापालाई साथ नदिएर लिङ्देनलाई साथ  दिएकोमा पूर्वराा ज्ञानेन्द्र शाहले पनि पश्चताप गरिरहेको बुझिएको छ। पूर्वराजाले आफू निकटहरूसँग भन्ने गरेका छन्, ‘लिङ्देन नेतृत्वमा आएपछि पार्टीमा विभाजन भयो, अन्य दलसँग संवाद र सहकार्य गर्ने कार्य पनि गरिएन। न कुनै सरोकारवालाहरूसँग उनले सबन्ध नै बढाए, भएको जनमत पनि अहिले घटेको तथ्यांकमा देखिएको छ, मलाई लाग्दैन कि अब लिङ्देनको नेतृत्वमा मुद्दा स्थापित हुनेछ।’

 

अनौपचारिक संवादमा पूर्वराजाले लिङ्देनबाट मुद्दा स्थापित त परै जाओस्, झन कमजोर हुँदै गएको गुनासो गर्ने गरेका छन्। गएको राप्रपा महाधिवेशनमा लिङ्देनसँग थापा पराजित भएका थिए। त्यसबेला थापाले खुलेरै निर्मल निवास (पूर्वराजा शाह)ले आफूलाई राप्रपा नेतृत्वमा पुग्न नदिन अभियान चलाएको बताएका थिए।  राप्रपा अध्यक्षमा पराजित भएपछि थापाले पार्टी छोडेर राप्रपा नेपाल पुनर्गठन गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

पालिकाद्वारा विद्यालय बन्द

महेन्द्रनगर,  अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् ।आज एक सूचना जारी गर्दै यहाँको शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९