लिङदेन नेतृत्व असफल भएकाे पुर्बराजा र शिर्ष नेताकाे निष्कर्ष, केन्द्रिय समितिमा बहस गरिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ। स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न अस्वीकार गरेपछि अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउन सुरू गरिएको हो। लिङ्देन नेतृत्वमा आएपछि पार्टीलाई झन् क्षति पुगेकाे निष्कर्षसहित राप्रपाका केही केन्द्रीय नेताहरू केन्द्रीय समितिमा प्रस्तुत हुने भएका छन्।

 

राप्रपाको आगामी माघ ११-१२ गते बस्न गइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनको नेतृत्व क्षमतामा प्रश्न उठाउने गरी असन्तुष्ट पक्षले तयारी गरिरहेका छन्। हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा वरिष्ठ नेता पशुपति शमशेर राणाले स्थानीय तहको निर्वाचन परिणामले सिंगो राप्रपामा चिन्ता छाएको जनाएका थिए। त्यसपछि पार्टीभित्र नयाँ शिराबाट बहस सुरू हुन थालेको छ।  ‘स्थानीय तहको उपनिर्वाचनमा जुन मत राप्रपाले पाएको छ, त्यसले सिंगो राप्रपा पंक्तिलाई निराश बनाएको छ, व्यक्तिगत रूपमा म त निकै नै चिन्तित छु,’ राणाले बैठकमा भनेका थिए।

 

तर, अध्यक्ष लिङ्देन पक्षधर प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने राप्रपाको मत नघटेको, बरू बढेको तर्क गरेपछि बैठकमा अन्य नेताले भने निकै आपत्ति जनाएका थिए। सो मत घटेको र बढेको बिषयमा केन्द्रीय कार्य सम्पादन समितिमा भने निकै बहस भएको जनाइएको छ। ‘ज्ञानेन्द्रजीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा मत बढेको भनेर तर्क गरे पनि  राप्रपाले सबै स्थानीय तहमा गरी जम्मा ३ हजार ७१ मत मात्रै प्राप्त गरेको
तथ्यांकले नै देखाएको छ, सबै स्थानिय तहमा पार्टीको लज्जास्पद रूपमा जमानत जफत भएको छ,’ असन्तुष्ट पदाधिकारीले बैठकमा भने, ‘अब यो विषय केन्द्रीय समिति बैठकमा उठने छ।’

लिङदेनको जिल्लाबाट जम्मा २६ मत

ती पदाधिकारीका अनुसार स्थानीय तहका निर्वाचनमा केन्द्रीय कमाण्डर अर्थात् अध्यक्ष लिङ्देन थिए। उनले आफ्नै गृहजिल्लामा भएको निर्वाचनमा जम्मा २६ मत मात्रै जोड्न सकेका छन्। लिङ्देनको गृहजिल्ला झापास्थित जिल्ला कन्काई नगरपालिका-६ का वडाअध्यक्षका उम्मेद्वार केशवबहादुर ओझाले जम्मा २६ मत मात्रै ल्याएपछि लिङ्देनको नेतृत्वमाथि थप प्रश्न उठेको हो। त्यहाँ लिङ्देनले पार्टी प्रवक्ता तथा प्रदेश सांसद भक्ति सिटौलालाई चुनावी कमाण्डर बनाएका थिए।

 

‘कतिसम्म भने राप्रपाको वडा समिति ५१ सदस्यीय हुन्छ तर अध्यक्षको गृह जिल्लाको वडाध्यक्षले जम्मा २६ मत मात्रै पाउँछन्, उसो भए ४९ सदस्यको मत राप्रपाको खोई त?,’ एक पदाधिकारीले प्रश्न गरेका छन्, ‘जुलुसमा सहभागी मात्रैले भोट हालेको भए पाँच सय मत नाघ्थ्यो तर कसैले हालेनन्, किन? यो प्रश्नको जवाफ अध्यक्षले अब केन्द्रीय समितिमा दिनुपर्छ।’ आफ्नै गृह जिल्लामा ५० मत कटाउने नसक्ने अध्यक्षले सिंगो पार्टीको नेतृत्व गरेकाले पनि पार्टीमा समस्या देखा परिरहेको उनीहरूको तर्क छ।

६ स्थानीय तहमा दोहोरो अंकमा आएन भोट

त्यसो त स्थानीय तहका ६ जना उम्मेदवारले त दोहोरो अंकमा पनि मत ल्याउन सकेनन्। जस्तो कि, तेरहथुमको लालिगुराँस-८ का वडाध्यक्षका उम्मेदवारले जम्मा ४ मत, ओखलढुंगा मोलुङ-५ का वडाध्यक्षले ३ मत, उदयपुर त्रियुगा-१२ का वडाध्यक्षले ७ मत, सुनसरी डाक्नेश्वरी-४ का वडाध्यक्षले ६ मत, महोत्तरी रामगोपालपुर-२ का वडाध्यक्षले २ मत,  गुल्मी मुसिकोट-१ का वडाध्यक्षले ५ मत, जाजरकोट, कुसेँ गाउँपालाका-७ का वडाध्यक्षले ८ मत मात्रै पाएका थिए।

सहरिया मतदाताको बिकर्षण 

उसो त, राप्रपाको सहरिया मतदाताको पनि आर्कषण कम भएको छ। कमल थापाको नेतृत्वको राप्रपा नेपालले काठमाडौं उपत्यकामा उल्लेखनीय मत प्राप्त गरेको थियो। तर, लिङदेन नेतृत्व हुँदा कीर्तिपुरमा पार्टीका उम्मेदवारले जम्मा ९९५ मत मात्रै प्राप्त गरे भने वडा अध्यक्षका उम्मेदवार ६४ मतमा सीमित हुन परेपछि राप्रपामा भाँडभैलो मच्चिएको छ। उता, राजावादीका लागि सबैभन्दा राम्रो वडा मानिएको काठमाडौं-१६ मा वडाध्यक्षका उम्मेद्वारले जम्मा ७७४ मत ल्याएपछि सहरिया मत राप्रपाप्रति क्रमशः बिकर्षण देखिएको ठम्याई असन्तुष्ट नेताहरूको छ।

 

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राजावादीको शक्ति कमजोर हुँदै गएको आजबाट सुरू भएको केन्द्रीय समिति बैठकमा उल्लेख गरेका छन्। ‘२०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरुको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरुको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ,’ ओलीले आफ्नो राजनीतिक प्रतिबेदनमा उल्लेख गरेका छन्।

पार्टी एकता र मोर्चाप्रति अनुदार

अध्यक्ष लिङ्देनले कमल थापा नेतृत्वका राप्रपा नेपालसहित साना राजाबादी दलहरूसँग एकीकरण गरेर जानुपर्ने पार्टीभित्रको मतलाई दबाउने गरेको जनाइएको छ। प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा मात्रै होइन, पशुपति शमशेर राणाले समेत बृहत् पार्टी बनाउन एकीकरण प्रकिया सुरू गर्नुपर्ने धारणा राखे तापनि अध्यक्ष लिङ्देनले नमानेपछि कुनै प्रकिया अघि बढन नसकेको पदाधिकारीहरू नै बताउँछन्।

 

लोकेन्द्रबहादुर चन्दको पहलमा मुख्यतयाः राप्रपा नेपाललाई एकीकरण प्रक्रियामा ल्याउनु पर्ने भनेर पहल गरे पनि लिङ्देन त्यसमा बाधक देखिएको उनीहरूको बुझाइरहेको छ। ‘दिनदिनै जनमत खस्केर गएको अवस्था छ, जसका कारण उनको नेतृत्व पूर्णतयाः असफल भइसकेको छ,’ एक असन्तुष्ट पदाधिकारीले भने, ‘एकीकरण र मोर्चा गरेर भए पनि आन्दोलन अगाडि बढाऔं भन्दा उहाँ तयार हुनुहुन्न, पार्टी साँच्चै अनिर्णयका बन्दीको अवस्थामा पुगेको छ।’

 

उनका अनुसार माघ ११ गते देखी सुरू हुने केन्द्रीय समिति बैठकमा लिङदेनको नेतृत्व क्षमताका बारेमा बहस हुने भने लगभग पक्का भएको छ। खासमा उपनिर्वाचनमा उम्मेदवारलाइ जिताउन देश दौडाहामा निस्केको भए तापनि २ मतसमेतमा सीमित हुनु परेपछि लिङ्देनमाथी प्रश्न बर्साउन खोजिएको एक नेताले बताए।

पूर्वराजा  पनि असन्तुष्ट 

कमल थापालाई साथ नदिएर लिङ्देनलाई साथ  दिएकोमा पूर्वराा ज्ञानेन्द्र शाहले पनि पश्चताप गरिरहेको बुझिएको छ। पूर्वराजाले आफू निकटहरूसँग भन्ने गरेका छन्, ‘लिङ्देन नेतृत्वमा आएपछि पार्टीमा विभाजन भयो, अन्य दलसँग संवाद र सहकार्य गर्ने कार्य पनि गरिएन। न कुनै सरोकारवालाहरूसँग उनले सबन्ध नै बढाए, भएको जनमत पनि अहिले घटेको तथ्यांकमा देखिएको छ, मलाई लाग्दैन कि अब लिङ्देनको नेतृत्वमा मुद्दा स्थापित हुनेछ।’

 

अनौपचारिक संवादमा पूर्वराजाले लिङ्देनबाट मुद्दा स्थापित त परै जाओस्, झन कमजोर हुँदै गएको गुनासो गर्ने गरेका छन्। गएको राप्रपा महाधिवेशनमा लिङ्देनसँग थापा पराजित भएका थिए। त्यसबेला थापाले खुलेरै निर्मल निवास (पूर्वराजा शाह)ले आफूलाई राप्रपा नेतृत्वमा पुग्न नदिन अभियान चलाएको बताएका थिए।  राप्रपा अध्यक्षमा पराजित भएपछि थापाले पार्टी छोडेर राप्रपा नेपाल पुनर्गठन गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मानव स्वास्थ्य र वातावरणीय असर भएपछि इँटा उद्योग बन्दको माग

डुम्रे (तनहुँ), तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्योग बन्द गर्न स्थानीयको माग छ । स्थानीय सञ्चालित इँटा उद्योगबाट निस्कने धुँवाका कारण मानव स्वास्थ्य, वायु र वातावरणमा असर परेकाले उद्योग बन्द...

‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’

गण्डकी, गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले आगामी फागुन २१ गतेलाई घोषणा गरेको प्रतिनिधिसभा निर्वाचन सफल पार्नु प्रदेश सरकार पनि दायित्व रहेको बताउनुभएको छ । गण्डकी प्रदेशसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले संविधानतः हुने निर्वाचन प्रक्रियालाई सहयोग गर्न प्रदेशसभा सदस्य, राजनीतिक दल,...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र...

सिरियाली राष्ट्रपति अहमद अल–सारा ऐतिहासिक भ्रमणका लागि अमेरिकामा

दमास्कस,सिरियाका राष्ट्रपति अहमद अल–सारा शनिबार संयुक्त राज्य अमेरिकाको ऐतिहासिक आधिकारिक भ्रमणका लागि वासिङ्टन पुग्नुभएको छ । सिरियाको सरकारी समाचार एजेन्सीका अनुसार यो भ्रमण अमेरिकी सरकारले राष्ट्रपतिलाई ‘आतङ्कवाद कालोसूची’ बाट हटाएको एक दिनपछि सम्पन्न भएको हो ।   गत वर्षको अन्त्यमा लामो समयका शासक बशर अल–असदलाई अपदस्थ...

मानव स्वास्थ्य र वातावरणीय असर भएपछि इँटा उद्योग बन्दको माग

डुम्रे (तनहुँ), तनहुँको व्यास नगरपालिका–१ स्थित भद्रु सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताले मानवीय स्वास्थ्य तथा वातावरणमा असर देखिन थालेपछि चिम्नी इँटा उद्योग बन्द गर्न स्थानीयको माग छ । स्थानीय सञ्चालित इँटा उद्योगबाट निस्कने धुँवाका कारण मानव स्वास्थ्य, वायु र वातावरणमा असर परेकाले उद्योग बन्द...

दृश्यावलोकनका लागि आकर्षकस्थल ‘गोलपोखरी’

त्रिवेणी (नवलपरासी),  नवलपुरको हुप्सेकोट गाउँपालिका–५ स्थित गोलपोखरी पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने गोलपोखरी पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला दिनमा बढ्दै गएको छ ।उत्तरतर्फ देखिने हिमशृङ्खला, नवलपुरको पहाडी क्षेत्रका बस्ती, कालीगण्डकी नदी आसपास नवलपुर र तनहुँका पहाडका टाकुराको रमणीय दृश्य...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक शिक्षालयलाई विद्यार्थी पाउन हम्मेहम्मे

तम्घास, गुल्मीमा स्थापना भएको प्राविधिक शिक्षामा विद्यार्थी पाउनै मुस्किल परेको छ । जिल्लाको इस्मा गाउँपालिका–५ मा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालयमा विद्यार्थीको अभाव देखिएको छ । गाउँमै प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत रहेर २०७६ सालमा...

थालेसेमियाका बिरामीको स्वास्थ्य बिमा शुल्क हस्तान्तरण

चितवन,  भरतपुर अस्पतालमा उपचाररत थालेसेमियाका बिरामीहरुको स्वास्थ्य बिमा गर्दै आएको चितवन सहायता कोष बेल्जियमले ६९ बिरामीको बिमावापतको रकम हस्तान्तरण गरेको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेललाई समाजका अध्यक्ष ईश्वरीप्रसाद कँडेलले बिमावापतको रकम हस्तान्तरण गर्नुभएको हो ।   कँडेलले उनीहरुको स्वास्थ्य बिमावापतको रु दुई लाख...

हङकङ इन्टरनेशनल सिक्सेसः नेपाल युएईसँग पराजित

काठमाडौँ, हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग ४३ रनले पराजित भएको छ । युएईले प्रस्तुत गरेको एक सय ३० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ६ ओभरमा ४ विकेट गुमाउँदै ८४ रनममा समेटियो । नेपालका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९