पथरीको जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने भीम पौडेलको योजना असफल

वातावरण विनाश गरेको भन्दै सडक कार्यालयले रोक्यो काम

पथरी (मोरङ) – पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर १० जिरिखिम्तीमा अलकत्रा प्लान्ट राख्ने योजना असफल भएको छ।घनाबस्तीमा अलकत्रा प्लान्ट राख्न लागिएको भन्दै स्थानीयबासीले विरोध गरेपछि जिरिखिम्तीमा प्लान्ट नराखिने भएको हो।पूर्व-पश्चिम राजमार्ग विस्तार अन्तर्गत काँकडभिट्टा लौकही सडक योजना (पश्चिम खण्ड) कार्यालयका अनुसार स्थानीयको विरोधपछि जिरिखिम्तीमा अलकत्रा प्लान्ट स्थगित गरिएको हो।‘स्थानीयले चर्को विरोध गरेपछि त्यहाँ अस्फाल्ट प्लान्ट नराख्ने निर्णय भएको छ,’ आयोजना प्रमुख जगत प्रजापतिले भने, ‘अन्यत्र कहाँ राख्ने भन्ने टुंगो भएको छैन।’

 

 

 

स्थानीयको सहमति नलिइकन निर्माण कम्पनीले अलकत्रा प्लान्ट राख्न लागेको भन्दै विरोध भएको थियो।उक्त प्लान्ट भक्तपुरको वेदालय कन्स्ट्रक्सन प्रालिले राख्न लागेको थियो। उसले सो कार्यका लागि इटहरीका विवादास्पद ठेकेदार भीम पौडेललाई जिम्मा दिएको थियो।अलकत्रा प्लान्ट बनाउन तथा निर्माण सामग्री सप्लाई गर्नका लागि पौडेलले जिरिखिम्तीमा धमाधम काम गरिरहेका थिए।जिरिखिम्तीको वातावरणलाई खलल् पुर्‍याउने गरी पौडेलले कार्य गर्न थालेपछि स्थानीय आक्रोशित बनेका थिए।प्रजापतिका अनुसार झापाको सीतापुरीदेखि सुनसरीको देवी खोलासम्मको ९५.७६० किलोमिटर पूर्व-पश्चिम राजमार्गको विस्तार कार्य धमाधम भइरहेको छ।

 

 

यसका लागि तीन वटा निर्माण कम्पनीले ठेक्का पाएका थिए। राजमार्ग विस्तारका लागि चिनियाँ कम्पनी र तिनका ज्वाइन्ट भेन्चर कम्पनी नेपाली रहेका छन्।‘तीन खण्डको ठेक्कामध्ये दोस्रो खण्डमा पर्ने पथरी-शनिश्चरेसहित क्षेत्रको २० किलोमिटर सडक यसै वर्ष पिच गर्ने योजना रहेको छ,’ प्रजापतिले भने।दोस्रो खण्डको माउ ठेकेदार चिनियाँ कम्पनी सिआरएस जी र नेपाली कम्पनी तुँदी हो। तुँदीले वेदालयलाई जिरिखिम्तीमा अलकत्रा प्लान्टका लागि काम दिएको थियो। वेदालयले स्थानीय ठेकेदार पौडेललाई सो कार्यका लागि काममा खटाएको छ।प्रजापतिका अनुसार जिरिखिम्ती क्षेत्रमा काम थाल्दा सडक विभागले नै वातावरण प्रभाव मूल्यांकन (इआइए) गरिकन काम थालेको थियो।

 

 

 

‘महिना-महिना दिनमा वातावरण प्रभाव मूल्यांकनको रिभ्यू भइरहन्छ, प्लान्ट राख्ने ठाउँमा वातावरणमा असर परेको कुरा आएपछि स्थगन गर्नुपरेको हो,’ प्रजापतिले भने।दुई दशकयता मोरङका खोलानाला अत्यधिक दोहन गरेर विवादमा आएका ठेकेदार पौडेलले पथरी-शनिश्चरे वडा नम्बर १० को जिरिखिम्ती क्षेत्रमा ‘दादागिरी’ शैलीमा वातावरणमा असर पुर्‍याएका छन्।पौडेलको ‘दादागिरी’ शैलीका कारण वडा नम्बर १० का स्थानीय आतंकित बनेका छन्।पौडेलको जबरजस्तीका कारण वडा नम्बर १० स्थित डाँस खोला, पथरी-शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको सिमानामा रहेको मोरंगी खोलाको पुलबीचमा रहेको सिंगो गाउँ जिरिखिम्ती त्रसित बनेको छ।

 

 

 

पौडेलले करिब ३५० घर रहेको गाउँमा पूर्व-पश्चिम राजमार्ग निर्माणका लागि करिब आठ बिघाहा जमिन लिजमा लिएर विभिन्न निर्माणजन्य मेसिनसहित कर्मचारीलाई बासस्थान सञ्चालन गरिरहेका छन्।तर, उक्त स्थानमा बस्ने कर्मचारीले प्रयोग गर्ने गरेको शौचालयको पाइप फुटेर बस्तीका बासिन्दाले प्रयोग गर्ने गरेको पैनीमा फोहोर बगिरहेको छ। त्यसले सिंगो गाउँको वातावरणमा असर परेको छ। पौडेलको त्यस्तो अमानवीय कार्यका कारण आफूहरू पीडामा परेको स्थानीयले बताए।नक्सामा समेत रहेको उक्त पैनी तथा सडकदेखि उत्तरपट्टी माटो थुपारेर पुरिँदिदा वर्षायाममा डुबान समेत हुने गरेको छ भने दक्षिणमा सिँचाइ नपुगेर उब्जनी घट्ने गरेको पीडित विमला खतिवडा बताउँछिन्।

 

 

उक्त कम्पनी राखेको अधिकांश जग्गा स्थानीय गणेश कट्वाल, गंगा कट्वाल, ओविन कट्वाल र केही कठ्ठा अन्य व्यक्तिको रहेको छ।उद्योग वाणिज्य संघ पथरीका अध्यक्षसमेत रहेका दीपक बस्नेतले आफ्ना ससुराली परिवार रहेका कट्वालहरूसँग पौडेललाई जग्गा मिलाइदिन ‘सेटिङ’ मिलाएको आरोप लागेको छ। बस्नेतले स्थानीय सँधियारलाई समेत जानकारी नदिई गोप्यमा सहमति गरेर पौडेललाई जबरजस्ती काम थाल्ने वातावरण मिलाइदिएको जिरिखिम्तीका स्थानीय बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

पालिकाद्वारा विद्यालय बन्द

महेन्द्रनगर,  अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् ।आज एक सूचना जारी गर्दै यहाँको शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९