महोत्तरी । जनयुद्वको विषयमा चौतर्फी चर्चा भईरहेको वेला माओवादीहरु एक ठाँउमा बसेर जनयुद्व दिवस मनाउन चाहेको नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबले वताएका छन् ।जनयुद्वको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने भन्दै अझै थुप्रै काम गर्न वाकी रहेको उन्को भनाई छ ।पार्टीको एक कार्यक्रममा सहभागी हुन् महोत्तरी आईपुगेका माहासचिव विप्लवले नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकल दाहाल ‘प्रचन्ड’ले केन्द्रिय कमिटि बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर भने असन्तुष्टि जनाएका छन् ।
दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको वताउदै एकले अर्कोलाई आरोप लगाउने वाहेक केहीपनि नरहेको उन्को भनाई छ । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफु नरम नै भएको बताउदै केन्द्रिय समितिको वैठकमा माओवादी केन्द्रले वनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे ।‘हामी सधैभरी तयार छौ तर माओवादी केन्द्रले नै चासो देखाएको छैन,’ महासचिव चन्दले भने, ‘नेकपाले त उहिले नै एकताको विषयमा निर्णय गरिसकेको विषय हो ।’
यो देशको समृद्वी उत्पादनवाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने महासचिव विप्लबको जोड छ । उन्ले आफ्नो पार्टी अहिले उत्पादनवाट नै आत्मनिर्भर भईसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने बिस्वास व्यक्त गरेका छन् ।





























































































































































