काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नव निर्माण भइरहेको संघीय संसद भवनको निरिक्षण गरेका छन् ।सिंहदरवारस्थित पुतली बगैँचामा निर्माण भइरहेको संसद भवनको निरिक्षण गरेका हुन् ।सो क्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायतको उपस्थिति रहेको थियो ।






























































































































































