काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैँछ । भोली देखी सुरू हुने केन्द्रिय समितिको बैठकको अजेन्डा तय गर्नका लागि आज केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।बैठक आज दिउँसो १ः०० बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।





























































































































































