नेपालका सिमसार क्षेत्रको संरक्षणमा संघीय सरकारको भूमिका

हाल विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको कारण हिमतालहरू पग्लिँदै गएका छन्। पृथ्वीको सतहमा आएको तापमानको वृद्धिको कारण तालको माथिल्लो तह वायुमण्डलको कम तापक्रमले गर्दा जमेको देखिए तापनि तिनीहरू भित्र-भित्र विस्तारै पग्लँदै गएका छन्।

सन्दर्भ : विश्व सिमसार दिवस २०२५

– प्रकाश रेग्मी

हरेक वर्ष विश्व सिमसार दिवस मनाउने गरिन्छ। सन् १९७१ फेब्रुअरी २ मा हस्ताक्षर भएको रामसार (उक्त सम्मेलन इरानी सहर रामसारमा भएको थियो) महासन्धिको वार्षिकोत्सवको उपलक्ष्यमा सन् १९९७ पछि लगातर हरेक वर्ष फेब्रुअरी २ मा विश्व सिमसार/रामसार दिवस मनाइन्छ। हाल, डा. ग्रेथेल अगुइलर प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ आइयुसिएनको महानिर्देशक छिन्। विश्व सिमसार/रामसार दिवस मनाउने पूर्वसन्ध्यामा प्रकृति संरक्षणको सन्दर्भमा उनी भन्छिन्, ‘सबै कुरा सम्भव छ भन्ने विश्वास गर्नुपर्छ, त्यो परिवर्तन सम्भव छ।’

 

 

सिमसार भूमि भनेको स्थायी वा मौसमी रूपमा पानीले ढाकिएको भूमि हो। जसले विभिन्न प्रकारका बोटबिरुवा र जनावरहरूलाई हुर्कन, वृद्धि गर्न र जिउन मद्दत गर्दछ। जीवजन्तु र वनस्पतिको लागि पानी नभई नहुने कुरा हो। यसको आपूर्ति पृथ्वीमा भएको सतहको पानी (नदी, ताल, कुवा, नहर, छिप्छिपे भूमि, पोखरी, र अन्य जलासयबाट) बाट प्राप्त हुन्छ। समुद्रको पानी पिउनको लागि उपउक्त मानिँदैन। भूमिगत पानी पिउने पानीको प्रमुख स्रोत हो। वास्तवमा यो सफा पानीको भरपर्दो स्रोत हो, जसले विश्वको पिउने पानीको लगभग आधा भाग (५० प्रतिशत) आपूर्ति गर्दछ। भूमिगत पानीको स्रोत भनेकै रामसार क्षेत्रहरू हुन्।  यिनको उचित संरक्षणबिना भूमिगत पानीको कल्पना गर्न सकिँदैन।

 

 

हाल नेपालमा देशको कुल भू-भागको लगभग पाँच प्रतिशत (७,४३,५६३ हेक्टर) भाग रामसार क्षेत्रले ढाकेको छ भनिन्छ। तर, यो आँकडा देशका सबै नदीनाला र खेतीयोग्य धानखेत भूमिलाई समेत समावेश गरेर आएको आँकडा हो। यी दुई क्षेत्र (नदी क्षेत्र र धानका खेत)लाई हटाउने हो भने जम्मा लगभग ६० हजार हेक्टर भूमि सिमसार क्षेत्र देखिन्छ। कानुनी रुपमा सिमसार क्षेत्रहरूलाई संरक्षणको लागि सङ्घीय सरकारले वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिएको छ। यस मन्त्रालय अन्तर्गतका वन तथा भू-संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आफ्ना वार्षिक कार्यक्रमहरूमा सिमसार संरक्षणका क्षेत्रहरूमा कार्यक्रम गर्दै आएका छन्।

 

 

विश्व सिमसार दिवस २०२५ को यस अवसरमा लेखमार्फत् नेपालमा सिमसार क्षेत्र अन्तर्गत पर्ने भूमिको किसिम र यसको स्थानीय वितरणलाई देखाउन खोजिएको छ। यसका लागी जिइओ नेपालको ओसम लेएर बाट प्राप्त तथ्यांकलाई जिआइएस विधिद्वारा विवेचना गरिएको छ।

 

 

माथि उल्लेख गरिएको सूचना स्रोतका अनुसार नेपालमा जम्मा ५८,१६८ हेक्टर भूमि (नदीनाला र धानका खेत योग्य भूमिबाहेक) सिमसार क्षेत्रले समेटेको देखिन्छ। यसमा सबैभन्दा धेरै सिमसार जमिन मधेश प्रदेशमा रहेको छ। मधेश प्रदेशमा मात्रै देशको कुल सिमसार छेत्रको २९ प्रतिशत (१६,७३९ हेक्टर) जमिन सिमसार क्षेत्र रहेको छ। यस प्रदेशमा स-सानादेखि ठूलासम्म गरेर जम्मा १८,६२५ वटा सिमसारका क्षेत्रहरू सेटलाइट नक्साबाट देखिन्छ, जसमा सबैभन्दा ठूलो एउटै सिमसार ४९५ हेक्टरसम्मको छ। दोस्रो ठूलो रामसार क्षेत्र भएको प्रदेश कोशी प्रदेश हो। यहाँ जम्मा ९,०९३ वटा रामसार क्षेत्रहरूले १०,६४१ हेक्टर भूमि ओगटेको छ।

 

 

सबैभन्दा थोरै सिमसार छेत्र भएको प्रदेश बागमती हो। यस प्रदेशमा जम्मा ४,१६४ हेक्टर भूमि सिमसार क्षेत्रभित्र पर्दछ। यस प्रदेशमा जम्मा ३,३७९ वटा सिमसारका क्षेत्रहरू छन् र यस प्रदेशको सबैभन्दा ठूलो सिमसारले जम्मा १८० हेक्टर जमिन ओगटेको छ। गण्डकी प्रदेशमा सबैभन्दा थोरै संख्यामा सिमसार क्षेत्रहरू देखिन्छन् र सबैभन्दा ठूलो सिमसारले जम्मा ३२९ हेक्टर जमिन ओगटेको छ। यस प्रदेशको सबैभन्दा ठूलो सिमसार बेगनास ताल हो, जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकको लागि आकर्षणको केन्द्र हो।

 

 

एउटै ठूलो सिमसार क्षेत्र भएको प्रदेश कर्णाली प्रदेश हो। यहाँको रारा तालले मात्रै ९०९ हेक्टर जमिन ओगटेको छ। नेपालको सबैभन्दा ठूलो र धरै उचाइमा रहेको यो ताल मुगु जिल्लामा पर्दछ। यो ताल पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकको लागि आकर्षणको केन्द्रमा रहेको छ।

 

 

नेपालका केही रामसार क्षेत्रहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ। तिनीहरूमा कोशीटप्पु वन्यजन्तु संरक्षित क्षेत्र सन् १९८७ मा नेपालको पहिलो पटक अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको सिमसार क्षेत्र हो। त्यसपछि बिस हजारी ताल, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, रारा ताल, से-फोक्सुन्डो, गोसाइँकुण्ड र पोखरा उपत्यकाका तालहरू रामसार क्षेत्रको अन्तर्राष्ट्रिय रूपमा सूचीवद्ध राखिएका छन्।

 

 

नेपालमा पहिलो पटक वि.सं. २०६३ मा राष्ट्रिय ताल विकास तथा संरक्षण समिति गठन भएको थियो। त्यसपछि संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सहयोगमा वि.सं. २०६९ मा नेपालमा सिमसार नीति तयार भयो। यसैका आधारमा वन तथा भू-संरक्षण विभाग र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वार्षिक कार्यक्रमहरूमा केही तालहरूको संरक्षण तथा अध्ययनका कामहरू हुँदै आएका छन्। यसबाहेक राष्ट्रपति चुरे संरक्षण तथा विकास समितिमार्फत् सञ्चालित कार्यक्रमले नेपालको चुरे क्षेत्रमा परेका केही ताल तथा जलधार क्षेत्रको संरक्षण कार्यक्रम कार्यान्वयनमा छन्। सिमसार भूमि संरक्षणका केही कार्यक्रमहरू हुने गरे तापनि स्थानीय रूपमा गुनासोका स्वरहरू प्रशस्तै आउने गरेका छन्।

 

 

 

सर्वाधिक वातावरणको मुद्दामा पर्ने जलवायु परिवर्तन, वर्तमान समयमा गहन मुद्दामा परेको अवस्थामा सिमसार संरक्षणको क्षेत्रमा हुने कामहरूले ठूलो महत्व राख्दछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ। सिमसार क्षेत्र वरपर प्रचुर मात्रामा हुने जैविक विविधताका कारण पर्यटकहरूको आकर्षण हुने हुँदा हालका दिनहरूमा पर्यटन व्यवसायीहरूको पनि आकर्षण बढेको छ। ती क्षेत्रहरूमा अर्थात् नदी किनारमा र तालको किनारमा ठूला-ठूला होटल तथा रेस्टुरेन्ट निर्माणका हुने प्रक्रियाले सिमसार क्षेत्रहरू जोखिममा परेका छन्। गरिबीको कारण बसोबासको खोजीमा भूमिहीनहरू नदी किनार, तालतलैया वरपर, नहरका किनारामा गएर छाप्राहरू निर्माण गरी बस्ने गर्नाले यी क्षेत्रहरू थप जोखिमा परेका छन्।

 

 

देश, सङ्घीयतामा गएपछि पालिका तथा प्रदेश सरकारहरूको पहलमा सिमसार क्षेत्र खासगरी ताल तथा पोखरीहरूको संरक्षण तथा विकास अभियानहरूले गति लिन थालेको देखिन्छ। स्थानीय तहमा आएको वातावरण संरक्षणप्रतिको चासोले आफ्नो वरपरको सरसफाई र पानीको मुहान र त्यसको वरपर सरसफाई गर्ने कामका समाचार नियमित आउँदछन्। यो सकारात्मक जागरणको प्रशंसा गर्नु पर्दछ। यस लेखमार्फत् हामी यो कुरामा विश्वास गर्न सक्छौं कि सानातिना संरक्षणका कामहरूमा स्थानीय पालिकाहरूलाई जागरुक गराई सङ्घीय सरकार यस क्षेत्रको छायामा परेको हिमताल संरक्षणको क्षेत्रमा काम गर्न जरुरी देखिन्छ।

 

 

माथिको नक्शामा देखाएझैं मधेश प्रदेशबाहेक सबै प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रहरूमा पनि प्रशस्त सिमसार क्षेत्र देखिन्छा। ती सिमसार क्षेत्रहरू त्यस क्षेत्रमा हुने अधिक चिसोको कारण सालैभर जमेको अवस्थामा रहन्छन्। नेपालमा ५३०० भन्दा बढी ताल भएकामा लगभग २३०० को हाराहारीमा हिउँ ताल रहेका छन्। ती तालहरू उच्च उचाइमा रहेका कारण जमेको अवस्थामा रहन्छन्।

 

 

हाल विश्वव्यापी रुपमा भइरहेको तापमान वृद्धिको कारण हिमतालहरू पग्लिँदै गएका छन्। पृथ्वीको सतहमा आएको तापमानको वृद्धिको कारण तालको माथिल्लो तह वायुमण्डलको कम तापक्रमले गर्दा जमेको देखिए तापनि तिनीहरू भित्र-भित्र विस्तारै पग्लँदै गएका छन्। त्यसैले, यस्तो जटिल स्थितिमा स्थानीय सरकारहरू त्यसको अध्ययन र योजना बनाउन सक्षम छैनन्। यसकारण ती र त्यस्ता क्षेत्रहरूमा संघीय सरकारको सहभागिता अत्यन्त आवश्यक रहन्छ। म विचार राख्न चाहन्छु कि तल्लो पहाडी भाग र तराईका सिमसार क्षेत्रहरूमा स्थानीय सरकारको सहभागितामा सिमसार क्षेत्रको संरक्षण रहोस् र उच्च पहाडी र हिमाली क्षेत्रहरूका सिमसार क्षेत्रहरूमा संघीय सरकारको सहभागिता रहोस्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ, यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ । गाउँपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालयले सेवा प्रवाह गर्न थालेको हो ।आन्तरिक राजस्व कार्यालय बाग्लुङले व्यक्तिगत तथा व्यावसायिक उद्योग दर्तासम्बन्धी जिम्मेवारी लोमान्थाङ गाउँपालिकालाई अख्तियारी दिएको छ । उद्योग तथा व्यक्तिगत व्यवसाय दर्तासम्बन्धी सम्पूर्ण...

पालिकाद्वारा विद्यालय बन्द

महेन्द्रनगर,  अत्यधिक गर्मी बढेपछि कञ्चनपुरमा स्थानीय पालिकाले विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् ।आज एक सूचना जारी गर्दै यहाँको शुक्लाफाँटा नगरपालिकाले जेठ १२ र १३ गते गरी दुई दिन नगरक्षेत्रका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।नगरपालिकाले हाल बढिरहेको अत्यधिक गर्मीका कारण...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

माझी महिलालाई आत्मनिर्भर बनाउन गलैँचा बुनाइ तालिम

चौतारा,  सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित रातोमाटे माझी बस्तीका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने गलैँचा बुनाइ तालिम सुरु गरिएको छ ।दलित सशक्तीकरण समाज चौतारा साँगाचोकगढी–१३ को आयोजनामा ‘उद्यम गरौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित सञ्चालन गरिएको तालिम असार १४ गतेसम्म सञ्चालन हुने नगरपालिकाका उद्यम...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९