चितवन। सहकारी प्रकरणमा पुर्व गृहमन्त्री रबि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् ।सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता भएकाले उनी आज जिल्ला अदालत, चितवनमा उपस्थित भएका हुन् ।आजवाट बहस सुरू हुने लामिछानेको मुद्दा न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको जनाइएको छ ।लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भए पछि उनी बयान दिन चितवन पुगेका हुन् ।


































































































































































