काठमाडौं महानगरपालिका २६ द्वारा खेलाडीहरूलाई सम्मान

काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नं. २६ को प्रतिनिधित्व गर्दै विभिन्न खेलका प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक, अन्तर्राष्ट्रिय रेफ्री, वडाको पहिचान र प्रतिष्ठामा योगदान व्यक्तित्व, सांस्कृतिक प्रतियोगितामा विजय हासिल गर्ने व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ।आज वडामा आयोजना गरिएको कार्यक्रममा वडाध्यक्ष एवम् सुशासन समितिका संयोजक ख्यामराज तिवारीले सम्मान प्रदान गरेका हुन्।

 

 

यसरी सम्मानित हुनेमा सगरमाथा ओरोही पूर्णिमा श्रेष्ठ छिन्। उनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरियो। कार्यक्रममा स्वर्ण पदक विजेतालाई नगद १५ हजार रुपैयाँसहित सम्मान, कास्य पदक विजेतालाई नगद ५ हजार रुपैयाँसहित सम्मान तथा खेलाडीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। वडाका खेलाडीहरूले प्रथम खुला कास्की भेट्रान्स पुरुष बास्केटबल प्रतियोगिता २०८१, ललितपुरमा आयोजना गरिएको वडा स्तरीय खुला टेवुलटेनिस प्रतियोगितालगायत खेलमा पदक प्राप्त गरेका छन्।

 

 

त्यस क्रममा तेक्वान्दो खेलका अन्तरराष्ट्रिय निर्णायक रमिला खत्री र गौरव रजक, टेवुल टेनिस प्रशिक्षक सुरजध्वज केसी, तेक्वान्दो प्रशिक्षक नारायण पन्त, अनिल रजक, मिलन मगर, बास्केट बल प्रशिक्षक फणिन्द्रमान श्रेष्ठ र अञ्जिरमान प्रधानलाई खेल क्षेत्रको विकासमा योगदान दिए वापत सम्मान गरिएको थियो।यस्तै, खेल संयोजन तथा व्यवस्थापनमा वडाकातर्फबाट संयोजन गर्ने वडा सदस्य प्रवेश श्रेष्ठलाई पनि सम्मान प्रदान गरिएको थियो।सम्मान कार्यक्रममा बोल्दै वडाध्यक्ष ख्यामराज तिवारीले, पदक जित्न अरू सबै अवसर छोडेर समर्पित खेलाडीको जीविकोपार्जनका लागि सरकारले ध्यान दिनु पर्ने बताउँदै वडाले त्यस कार्यको थालनी गरेको बताए।

 

 

‘खेलमा भावना र प्रतिष्ठा दुवै जोडिएको हुन्छ। अन्तरराष्ट्रिय स्तरमा खेल्दा देशको पहिचान अभिवृद्धि हुन्छ। यसकारण खेलाडीहरुको प्रोत्साहनका लागि काम थालेका छौं,’ तिवारीले सन्तुलित विकासको प्रसङ्ग उठाउँदै भने, ‘पूर्वाधार विकाससँगै सामाजिक, आर्थिक, शैक्षिक, जनजीवन, जीविकोपार्जन, आरोग्य जीवनलगायत समाजका सबै अङ्गको सन्तुलित विकासमा हाम्रो जोड छ।’त्यस क्रममा पूर्व वडाध्यक्ष विश्वम्भरलाल प्रधानले भने, ‘राजा त्रिभुवनका पालामा नेपालको औपचारिक फुटवल प्रशिक्षण लैनचौरबाट भएको हो। यसकारण वडा नं. २६ खेल विकासको उर्वर भूमि हो।’

 

 

उनले ४० वर्षअघिको कार्यक्रम स्मरण गर्दै भने, ‘म वडाध्यक्ष भएको समयमा यसैगरी खेलाडीहरुलाई सम्मान गरेको थिएँ। लामो समयपछि आज त्यस बेलाको कार्यक्रम जोडिएको छ। यो खुशीको कुरा हो।’वडा सदस्य एवं खेलकुद संयोजक प्रवेश श्रेष्ठले खेल विकासका योजना सुनाउँदै भने, ‘हामी तत्काल विभिन्न ५ वटा विधाका खेलका कार्यक्रम सञ्चालन गर्दैछौँ। हामीले सञ्चालन गर्ने खेलले युृवाहरुको सक्रियतालाई बढाउने, स्वच्छ समाज निर्माणमा योगदान हुने आशा गरेका छौँ।’

 

 

तेक्वान्दो खेलका अन्तर्राष्ट्रिय रेफ्री गौरव रजकले भने, ‘पदक लिनका लागि हामीले खेलबाहेक सबै अवसर छोडेका हुन्छौँ। यसरी अवसर छोडेर देशको प्रतिष्ठाका लागि खेल खेल्नेहरुलाई सरकारले सम्झना गर्दा हर्षविभोर हुने रहेछ। वडाले प्रदान गरेको सम्मानबाट यस्तै महसुस भइरहेको छ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९