१० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने

काठमाडौं । मातृभूमि प्रति हुटहुटी जागेका साहित्यकार कवीन्द्र सिटौलाले १० लाख कविहरुको कविता संकलन गरेर विश्वकै विशाल कविता ग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका छन् । विगत ३३ वर्षदेखि अमेरिकामा रहेर कर्म गरिरहेका सिटौलाले नेपालबाट सात लाख तथा अन्य सय देशबाट तीनदेखि चार लाख कविता संकलन गरेर अहिलेसम्मकै ठूलो कविताग्रन्थ ‘ग्रन्थ’ प्रकाशित गर्ने भएका हुन् । उनले राजधानीमा सञ्चारकर्मी र साहित्कारहरुलाई भेला गरी आफ्नो पञ्चवर्षीय योजना सुनाएका हुन् ।

 

उनले कविता संकलन गर्ने क्रम धमाधम बढिरहेकोसमेत बताएका छन् । विश्वभर हत्या, हिंसा, बलात्कार, लुटपाट लगायतका अमर्यादित क्रियाकलाप बढेको भन्दै शान्तिका लागि प्रेम नै आवश्यक रहेको सन्देश छर्न पनि यो कविताग्रन्थ जरुरी भएको बताए । ‘मेरो देश प्रेमको देश’ भन्ने सन्देशसहित उनले यो कविताग्रन्थका लागि विश्वयात्रा गर्न लागेको बताए । उनले संसारभरका १० लाख जनाबाट प्रति लेखक एकमात्र कविता लिएर १० लाख कविता आफ्नै हातले लेखेको सङ्कलन गरिने बताए ।

उनले भने, ‘ दश लाख कविताको शीर्षक एकै हुनेछ— प्रेम के हो ? प्रेम कहाँ हुन्छ, कसरी हुन्छ ? कविहरूले प्रेम के हो ? भन्ने शीर्षकमा चार लहर र प्रेम कहाँ हुन्छ , कसरी हुन्छ ? भन्ने शीर्षकमा चार लहर कविता लेख्नेछन् ।’ उनले सबै कविला एकै किसिमको र एउटै आकारको नेपाली कागजमा सम्बन्धित कविको आफ्नै हस्ताक्षरमा लेखाइनेसमेत बताए ।  उनले भने,  ‘लेखक परिचयसहित कविता लेख्न मिल्ने गरी कविता फाराम तयार गरिएको छ, जहाँ कविहरूले उनीहरूको देब्रे हातको साहिँली औंलाको प्रेमछाप लगाउन सक्ने कोठा राखिएको छ । देब्रे हातको साहिँली औँलाको नसाको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहेको र यो औंला प्रेमको केन्द्र हृदय अर्थात् मुटु क्षेत्रसँग गाँसिएकाले प्रेम छाप समेतको अनुरोध गरिएको हो । संसारका विभिन्न देशमा जन्मेका कविको हस्ताक्षर र उनीहरूको औंलाको  ‘प्रेम छाप’ हेर्नका लागि भविष्यका कैयन् पुस्ताले नेपालको भ्रमण गर्नेछन् र संसारकै एक विशाल कविताग्रन्थ हेर्न नेपाल भ्रमण गर्ने पर्यटक र विशेष गरी ग्रन्थमा समेटिएका कविका परिवारजन, शाखासन्तान, तिनका साथी सम्बन्धित सबैमा नेपालप्रतिको अभिरुचि जागृत हुनेछ भन्ने मैले परिकल्पना गरेको छु ।’

 

उनले यो कविताग्रन्थ दुई भाषा — नेपाली र अङ्ग्रेजीमा हुने बताए । सिटौलाले भने, ‘अङ्ग्रेजी भाषामा हुनुको अभिप्राय संसारलाई प्रेमको अभिव्यक्तिमा एकै स्थलमा समेट्नु हो । अनि बढीभन्दा बढी क्षेत्रका व्यक्तिलाई प्रेमबारे उनीहरुको अभिव्यक्ति प्रस्तुत गर्ने अवसर दिनु हो । यसबाटै नेपाललाई प्रेमको भूमिका रूपमा चिन्ने विश्वसमुदायको सङ्ख्यामा वृृद्धि हुनेछ भन्ने हो ।’ उनले नेपालबाट वर्तमान र पूर्व राष्ट्र«पतिहरू, वर्तमान र पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, विभिन्न राजनीतिककर्मीहरू, वयोवृद्ध, समकालीन र युवा पुस्ताका साहित्यकारहरू, प्राध्यापकहरू, शिक्षकहरू विद्यार्थीहरू, धार्मिक तथा आध्यात्मिक गुरुहरू, रिम्पोचेहरू, माताहरू, आनीहरू, आध्यात्मिक सद्गुरुहरू, अम्बे, सन्त, महन्त, साधकहरू, खेलाडीहरू, संस्कृतिकर्मीहरू, नेपाली सेना र प्रहरीहरू, कर्मचारीहरू, चलचित्रकर्मीहरू, कलाकारहरू, जेल जीवनमा रहेका व्यक्तिहरू सबैलाई समेट्ने बताए ।

 

त्यस्तै नेपाल बाहिरबाट संयुक्तराष्ट्र« संघका वर्तमान र पूर्व महासचिवहरू, प्रतिनिधिहरू, संयुक्त राज्य अमेरिकाका वर्तमान र पूर्व राष्ट्र«पतिहरू, बेलायत, क्यानाडा, अमेरिका, दक्षिण अमेरिका, क्याराबियन क्षेत्र, अफ्रिका, अष्ट्रेलिया, एसिया, युरोप गरी ६ महादेश र यिनका बीच बीचका विभिन्न क्षेत्र र देशका लेखक, कवि कलाकारहरू यथाशक्य सबै वा प्रनितिधित्व हुने गरी १०० भन्दा बढी मुलुकका राष्ट्रप्रमुख , सरकार प्रमुख, र पूर्व राष्ट्र«प्रमुख र सरकार प्रमुखहरू सबै रहने बताए । कविताहरू नेपाली भाषामा कम्तीमा ६ लाखदेखि ७ लाखको सङ्ख्यामा हुनेछन् भने अङ्ग्रेजीमा ३ देखि ४ लाख हुनेछन् ।

उनले भने, ‘यो अभियान नेपाल र नेपालीलाई पुस्तौँपुस्तासम्म चिनाउने एक गौरवमय आयोजनाका रूपमा संस्थागत गर्दै विकास गरिनेछ । सम्भव भएसम्म ७० प्रतिशत जति लेखक कहाँ आफैँ पुगेर कविता लेखाउनेछु वा सङ्कलन गर्नेछु । यसो गर्दा मैले हरेक व्यक्तिसित नेपालबारेका केही तथ्य बताउन र नेपाल भ्रमण प्रति उनीहरूलाई आकर्षित गर्न सफल हुनेछु भन्ने आशा गरेको छु ।’

 

साहित्यकार सिटौलाले यसरी तयार भएको ग्रन्थ विश्वका सबैजसो ठूला पुस्तकालयमा राखिने बताए । पत्रकार सम्मेलनमा उनले आफूलाई परिकल्पनाकार एवं मुख्य अभियन्ता भनेका छन् भने यसका योजना निर्देशक अमेरिकामा रहेका शिव लामिछाने र सल्लाहकार अमेरिकामा रहेका लोकगायक प्रेमराजा महत रहेको बताए । त्यस्तै नेपालमा रहेका ऋषभदेव घिमिरे सम्पर्क सचिव र लक्ष्मण भट्टराई प्राविधिक संयोजक रहेकोसमेत बताए ।  सिटौलाले ३३ वर्ष आफू अमेरिकामा रहे पनि अब भने नेपालमै फर्केर नेपाललाई विश्वभर चिनाउने काम गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९