ओली बिरुद्द फैसाला गर्दा अब तिमिलाई प्रधानन्यायधीश बनाउँदैनन् भन्थेः सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी बरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव कम गर्नुपर्ने बताएकी छन्। काठमाडौंको तीनकुनेस्थित हिमालयन हाउटहाउस इन्टरनेसनल कलेजले आयोजना गरेको ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’को समापन सत्रमा बोल्दै यस्तो बताएकी हुन्। उनले ‘न्याय–अन्याय’ शीर्षकमा धारणा राख्दै कलेजमा कानुन अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया पनि गरेकी थिइन्। संसद् विघटनको मुद्दामा तत्कालीन केपी ओली नेतृत्वको सरकारको विपक्षमा फैसला गर्दा कस्तो चुनौती आयो भन्ने विद्यार्थीको प्रश्नमा उनले भनिन्, ‘आयो नि, अब तिमिलाई प्रधानन्यायधीश बनाउँदैनन् भन्थे।’

उनले त्यस्तो अवस्थामा आफूले नबाए के भयो भन्ने जवाफ दिएको उनले बताइन्। मरो जवाफ हुन्थ्यो, ‘नबनाए के भो ? म प्रधानन्यायाधीश बन्न न्यायाधीश बनेको होइन। न्यायाधीश बनेर न्याय गर्न आएको हो। म संविधानसँग सम्झौता गर्दिन।’ उनले आफूलाई तिमिलाई ज्यानको डर छैन ? भन्ने प्रश्नसमेत आउने गरेको बताइन्।  ‘राष्ट्र र संविधानको स्वार्थसँग सम्झौता गर्दिन। यही कारणले जीवन दाउमा लाग्छ भने लागोस्। तर, संविधानको मर्मभन्दा बाहिर म जान्न भने।’ न्यायको अत्यन्त महत्वपूर्ण तत्त्व निडरपन भएको उनको तर्क थियो।

 

यस्तै समाजमा अपराधको न्यूनिकरण गर्न समाजका सबै पक्ष जाग्नुपर्ने उनले बताइन्। ‘बलात्कारका घटना बढिरहेका छन्। महिलामाथि हुने हिंसा भइनै रहेका छन्। यसमा यौन शिक्षा पनि आवश्यक छ। कानुनको जानकारी पनि जरुरी छ। हिंसा सहनु हुँदैन प्रमाण जोगाएर न्याय माग्न जान पर्छ,’ उनले भनिन्।

 

यस्तै न्यायाधीश मल्लले न्यायिक स्वायत्तता एकदमै महत्त्वपूर्ण भएको बताएकी छन्। ‘न्यायाधीशको सिफारिस र नियुक्ति प्रक्रिया राजनीतिक छ।प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद् पनि राजनीतिक छ। संसदीय सुनवाइ पनि राजनीतिक नै भयो। न्यायपरिषद‍्मै राजनीति हाबी छ,’ उनले भनिन्। तर, समस्या हुँदाहुँदै पनि काम गराई हेर्दा न्यायालय स्वच्छ र स्वतन्त्र नै छ भन्ने विश्वास रहेको उनले बताइन्। न्यायिक स्वतन्त्रताका लागि न्यायाशीस नै सक्षम र स्वतन्त्र हुनुपर्ने उनको तर्क थियो।  ‘कानुन व्यवशायबाट आएका न्यायाधीशको कुनै न कुनै आवद्धता त हुन्छ नै। तर, उसको मूल्यांकन फैसलाको स्वच्छताबाट हुनुपर्छ। विगतको आबद्धताबाट होइन,’ उनले भनिन्। संविधानसँग सम्झौता गरेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण भएको उनको तर्क छ। न्यायपालिकामाथि सरकारको मात्र नभएर समाजबाट, सञ्चारमाध्यमबाट र सामाजिक सञ्जालबाट दबाब रहेको उनको बुझाइ छ।  ‘तर न्यायाधीश यस्ता दबाबबाट प्रभावित हुनुहुँदैन, त्यसो भयो भने त न्याय मर्छ,’ उनले भनिन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९