नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौं – नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरूद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पदको दुरुपयोग गरी करोडौं भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।  बस्नेतसँग ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बिगो, बिगो बराबरको जरिवाना तथा कैद सजाय माग माग दाबी लिएर मुद्दा दायर गरिएको घिमिरेले बताए।

 

‘नागार्जुन नगरपलिकाका नगर प्रमुख मोहनबहादुर बस्नेतले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरीका सम्बन्धमा अनुसन्धान गरिएको थियो,’ घिमिरेले भने, ‘उहाँको वैधानिक आयस्रोतको लेखाजोखा गर्दा उक्त बराबरको सम्पत्ति गैरकानुनी तरिकाले आर्जन गरेको देखियो।’ बस्नेत २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्। उनी अघिल्लो पटकको स्थानीय निर्वाचनमा समेत कांग्रेसबाटै निर्वाचित भएका थिए।’

अख्तियारले दोस्रोपटक मेयर निर्वाचित भइकनको कार्यकालको अवधिमा बस्नेतले आर्जन गरेको सम्पत्तिको लेखाजोखा गरेको थियो। ‘बस्नेत नागार्जुन नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित हुनुपूर्व र उनको परिवारका सदस्यका नाममा विभिन्‍न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरुमा रहेका खातामा सुरू मौज्दातवापतको रकम, पारिश्रमिक/तलब, दैनिक भ्रमण भत्ता, विभिन्न भत्ता वापतको शतप्रतिशत बचत रकमको अनुसन्धान गरिएको थियो,’ अभियोग पत्रमा भनिएको छ, ‘श्रीमती उर्मिला बस्नेतको पारिश्रमिक/तलब रकम, श्रीमतीको विद्यालय भत्ताको बचत रकम, छोराको तलब रकम, विभिन्‍न बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरूबाट लिएको कर्जावापतको रकम, जग्गा बिक्रीबाट प्राप्‍त आयवापत रकम (जग्गा बिक्रीवापतको आय गणना गर्दा बिक्री भएको जग्गा खरिद गर्दा वैधानिक आय स्रोतबाट खरिदवापतको खर्चको स्रोत पुष्टि भएको अनुपातमा मात्र बिक्री आय गणना गरिएको छ।’

 

अनुसन्धान अवधिमा बस्नेतले १९ करोड ९५ लाख ७४ हजार ८६३ रुपैयाँ आर्जन गरेको देखिएको छ। सोही अवधिमा उनी र उनको परिवारले २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ। ‘यसरी समग्र आयबाट सोही अवधिको खर्च तथा लगानी (कुल व्यय) घटाउँदा कुल आयभन्दा कुल व्यय अधिक हुन गएको देखियो,’ अभियोग पत्रमा भनिएको छ।मुद्दा दायर गर्दा बस्नेतलाई कैद, जरिवाना र गैरकानुनी रुपमा लुकाएर राखिएको सम्पत्ति जफतसमेत गर्न माग गरिएको प्रवक्ता घिमिरेले बताए। बस्नेतले आर्जन गरेको गैरकानुनी सम्पत्ति श्रीमतीको नाममा राखेको पाइएको छ। श्रीमती उर्मिलाको नाममा नगद तथा घर-जग्गा राखेको पाइएको छ। श्रीमती उर्मिलाविरूद्धसमेत अख्तियारले गैरकानुनी रुपमा राखिएको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए। अख्तियारले बस्नेतविरूद्ध गत पुसमा घुस खाएको आरोपमा ९ करोड २२ लाख रुपैयाँको बिगो माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९