प्रचण्डले भ्रमको खेती गर्दै देशमा अस्थिरता ल्याउन खोजेका छन् : प्रदीप ज्ञवाली

रौतहट – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्। दाहाललाई लक्षित गर्दै उनले विकास हेरेर केही नेतालाई ‘ज्वरो आउने’ गरेको टिप्पणी गरे। रौतहटको मध्यभाग गरुडास्थित मंगलबार ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ नेकपा एमाले वडाकेन्द्रित तीन महिने अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै मंगलबार ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्।

 

नेकपाको दुई तिहाइको सरकार भत्काउनेहरूले अहिले देशलाई अस्थिरतातिर लैजाने प्रयास गरिरहेकोले कांग्रेस पार्टीसँग मिलेर एमालेले स्थायी सरकार बनाएको ज्ञवालीले बताए। प्रचण्डले आफू प्रधानमन्त्री हुँदा देशमा सबै ठिक र सरकार छोडेपछि जनतामाझ अनेक भ्रम पैदा गरिरहेको उनले आरोप लगाएका थिए। ‘प्रचण्डकै अगुवाइमा कोशी प्रदेश नामाकरण गरिएको थियो तर अहिले उनी प्रधानमन्त्री नहुँदा नागरिकलाई जुधाउने काम गरिरहेका छन्,’ उनको तर्क थियो।

 

प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वापा सभापति रवि लामिछानेको सांसद पद जाँदा उपचुनाव भएको विदितै रहेको भन्दै उनले अहिले प्रचण्ड सहकारी मुद्दामा एमाले-कांग्रेस मिलेर रविलाई फसाउने काम गरेको भनेर उचाल्ने काम गरिरहेको ज्ञवालीले बताएका थिए। ‘नेपालमा ३७ वर्ष एमाले भूमिगत रहेको पार्टी हो। त्यसको आधा अवधि प्रतिपक्षमा रहँदा कुनै फरक पारेन तर अहिले प्रचण्ड सता छोड्नेवितिकै छट्पटाए,’ उनले भने।

 

‘नेपालमा औसतमा १४ महिना मात्र कुनै पनि सरकार चल्ने गरेको छ, भारतमा मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका छन्, चीनमा लामो समयदेखि एउटै प्रधानमन्त्री छन्, अनि त्यहाँको विकास भएको छ,’ ज्ञवालीले थपे। प्रचण्ड र मधेशवादी पार्टीप्रति आक्रोसित मुद्रामा पेस भएका ज्ञवालीले माओवादीको १० वर्षे द्वन्द्वले देश पछाडि मात्रै गएको नभएर १७ हजार नेपालीको मृत्यु हजारौं घाइते भएको देशको अवस्था सामान्य बनाउन २० वर्ष लागेको बताए।

 

‘निरासाको खेती गर्ने प्रचण्डलाई त्यस्तो भन्ने अधिकार नैतिकता छैन र हाम्रै पालामा देश समृद्ध हुने एमालेको ग्यारेन्टी गरेको छ,’ उनले भने। देशमा जहिले पनि स्थायित्व र अस्थिरता ल्याउनेबीच द्वन्द चलिनैरने भएकाले अहिले भ्रमपूर्ण सूचनाको भरमारमा देश रहेको ज्ञवालीले बताए। कतिपय मिडियाले जानी-जानी तथ्य तोडमरोड गरेर जनतालाई भ्रम छर्ने काम गरेको उनले बताए। उनले नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धीसँगै सहयात्री पनि रहेको विचार राखे। ‘जबऔजब देशमाथि संकट आउँछ तब-तब यी दुई दल एक भएर हातेमालो गरी देश र नेपाली जनतालाई संकटबाट बाहिर ल्याएका छन्,’ उनले भने।

 

कार्यक्रमका प्रमुख अतिथि उपमहा सचिव प्रदीप ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि मुलुकमा विकासले गति लिएको बताए। उनले योभन्दा अझ बढी गर्नुपर्ने र अर्को वर्षसम्म मौलिक रूपमा नेपाल विकासशील राष्ट्रको रूपमा हुने जिकिर गरे। सहकारीको मुद्दामा रास्वापा सभापति रवि लामिछने निर्दोष भए किन डराएको भन्दै सडकमा भीड जम्मा गरेर फैसला नहुने बताए। सहकारीपीडितको रकम फिर्ता गराउन सरकारले कुनै कसर बाँकी नराख्ने चेतावनी दिए।

 

ज्ञवालीले आफूलाई मधेसको मसिहा भन्ने नेता तथा मधेशबादी दलको एजेण्डाभित्र मधेसी जनताको पीडा कहिल्यै पर्न नसकेको दाबी गरे। ज्ञवालीले जसपाको सरकारले ७ वर्ष मधेस प्रदेश सरकारको नेतृत्व गरेको अवधपमा मधेशी जनताको कुनै विकास नभएको बताए। उनले अहिले पनि मधेसमा शिक्षा र साक्षरताका कर्णाली प्रदेशभन्दा पनि पछाडि परेको बताए।

 

उनले मधेसवादी दलका नेताहरूले सधैं मधेसी जनतालाई सत्तामा चढ्ने भर्याङको रुपमा मात्र प्रयोग गरेको बताएका थिए। तुलसीलाल स्मृति भवन गरुडामा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, पार्टी मधेस इन्चार्ज लीलानाथ श्रेष्ठ, पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य अजय गुप्ता, मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल लगायतले सम्बोधन गरेका थिए।

 

उक्त अवसरमा केन्द्रीय सदस्य उद्धव रेग्मी, कुन्दन कुशवाहा, केन्द्रीय लेखासमिति सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष सच्चिदानन्द साह, पूर्वमन्त्री रेखा झा, प्रदेश सांसद केशव राय चौधरी, जैद राजा, आरती भण्डारीलगायत केन्द्रदेखि वडास्तरका गरी ५०० भन्दा बढी नेता-कार्यकर्ताको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९