नेपाली कांग्रेसभित्रको अन्तर संघर्ष र अबको बाटो

नेपालको राजनीतिक परिदृश्य अस्थिर र परिवर्तनशील रहेको छ र आगामी महिनाहरूले नेताहरूलाई रणनीतिक पुनर्संरचनाको मार्ग अपनाउनेछन् वा आन्तरिक सुदृढीकरण गर्नेछन् भन्ने कुरा पत्ता लगाउनेछन्।

नरेश विष्ट

नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ। यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता-समीकरणले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन्। नेपाली कांग्रेसभित्रको आन्तरिक प्रतिष्पर्धा, सुरक्षा निकायहरूमा असन्तुष्टि र सञ्चारमाध्यमहरूमाथि नियमनको प्रयासले देशको लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने संकेत दिएका छन्।

 

 

सुरुवात गरौं, प्रशासनिक निकाय र सुरक्षा संस्थाहरूको अवस्थासँग।

प्रस्तावित प्रहरी विधेयकलाई लिएर प्रहरी-प्रशासनभित्र असन्तुष्टि फैलिएको छ। यस असन्तुष्टिको यदि विरोध बढ्छ भने यसको असर कानुन कार्यान्वयन र शासनमा कस्तो पर्न सक्छ? अर्कोतर्फ, सरकार र न्यायपालिकाबीचको बढ्दो तनावले गहिरो शासन चुनौतीको संकेत दिन सक्छ। नेपाली कांग्रेसभित्रको विभाजनले तत्काल अस्थिरता नल्याए पनि साना अन्तरविरोधहरूले भविष्यमा शक्ति सन्तुलनमा परिवर्तन ल्याउन सक्छ।

 

 

नेपालको पश्चिमी र दक्षिणी क्षेत्रमा सरकारको विपक्षी धारणा अझ बलियो देखिन्छ। यसले परम्परागत राजनीतिक विभाजनलाई पुष्टि गर्दछ। थप रूपमा सामाजिक सञ्जाल नियमनसम्बन्धी प्रस्तावित नीतिहरूको विरोधले सञ्चारमाध्यमहरूलाई सरकारविरुद्ध एकताबद्ध गर्न सक्छ, यसले सरकारका लागि रणनीतिक व्यवस्थापनको आवश्यकता पनि जन्माउँछ। नियन्त्रण नियमन कानुन निर्माणमा ‘थापा सचिवालय’को सक्रियताले थापामाथिको समाचार संकलनकर्ताको अपार समर्थनको नैतिक धरातल भत्किने सम्भावना पनि छ।

 

 

अब आइपुगौं नेपाली कांग्रेसको नेतृत्वको संघर्षमा। महामन्त्री गगनकुमार थापा नेपाली कांग्रेसको अध्यक्षका रूपमा उदाउने अड्कलबाजीहरूले पार्टीमा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने सम्भावना बनाएका छन्। पार्टीका अन्य नेता विश्वप्रकाश शर्मा उपाध्यक्ष र प्रदीप पौडेल क्रमश: उपसभापति र महामन्त्रीको रूपमा उभिने अड्कल छन्। यदि गगन थापा नेतृत्वमा उत्रिए भने शेरबहादुर देउवाले उदाउँदै गरेकी क्षमतावान नेतृ डा. आरजू राणाको सुरक्षाका निम्ति यी नयाँ शक्तिहरूसँग कसरी सामना गर्नेछन् भन्ने बहसले गति लिएको छ तर यो पनि चर्चा चलेको छ कि महामन्त्री थापाले छिट्टै देउवाका उत्तराधिकार प्राप्त गरुन्!

 

 

एक फरक तर गम्भीर प्रसंगमा अवतरित हुनुपर्दा गगन थापामाथि क्रिश्चियानिटीको आरोप लाग्ने गर्दथ्यो र त्यो गगन थापाले हालै हिन्दू मन्दिरमा पूजा गरेको एक भिडियो सार्वजनिक गरे, जसले केही जिज्ञासा उठायो। उनीमाथि लागेको आरोप र सार्वजनिक त्यो भिडियोको बीचबाट नियाल्यौं भने के तमाम नेपाली हिन्दुवादी नेताहरूले मन्दिर दर्शन गर्दा आफूद्वारा अभिनित वृतचित्र प्रसारण गर्छन् त? के यो व्यक्तिगत आस्था हो वा यसमा कुनै रणनीतिक पाटो पनि जोडिएको छ?

 

 

गगन थापाको धार्मिक क्रियाकलापलाई खुलेआम प्रचार गर्नुको कारण के हुन सक्छ? सरकारले बिआरआई ड्राफ्ट दस्ता निर्माण गर्‍यो, नेपाली कांग्रेसले सरकारको ‘घुम्ती उच्चस्तरीय संयन्त्र’ निर्माण गर्‍यो, जहाँ गगन थापाकै सचिवालय सक्रिय थियो र बिआरआई सम्झौता भयो। उपरोक्त सम्झौतामाथि मित्र राष्ट्रहरूको नाराज चेहरा बुझेका थापाले ‘जब परराष्ट्र मन्त्री सभापति नै चाहनु हुन्थ्यो त मेरो के लाग्थ्यो र’ भन्ने जवाफ दिए तर यो ब्यालेन्स गेम लामो यसरी टिकेन कि थापा सरकार ८४ सम्मै रहने अभिव्यक्ति दिन तल्लीन रहे। त्यो भन्दा पर सरकारद्वारा निर्मित अध्यादेशहरू निर्माण गर्न निरन्तर सक्रिय रहिरहे र यो विषयले भारतलाई कुन डायमिटरको चोट लागेको छ वा अमेरिकाले यसलाई कसरी लिएको छ वा उनी चिनियाँ एक दलीय प्रणालीभित्र प्रवेश गरिसके? यसबीच अन्य के संशय आरम्भ पनि भएको आभाष छ कि यो पछिल्लो पूजायाचनाले ‘आरएसएस’ प्रभावित भयो वा भ्याटिकन नाराज!

 

 

साथै, केही रिपोर्टहरूका अनुसार पश्चिमी प्रभावहरूले गगन थापालाई भारतसँगको सम्बन्धमा महत्वपूर्ण व्यक्तिका रूपमा प्रवेश गराइदिएका छन्। यदि यसले यथार्थमा आकार लियो भने नेपालका नेतृत्वमा नयाँ भू-राजनीतिक समीकरणहरू विकसित हुन सक्छ। यस्ता रणनीतिहरू नेपालका क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा, विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) जस्ता परियोजनाहरूसँगको सम्पर्कमा के प्रभाव पार्न सक्छन् भन्ने प्रश्न उनले अब आजीवन मेटाउन सक्ने छैनन्। भारतलाई सम्भवत: मन्दिरको सन्त पुजारीभन्दा उसको सुरक्षा स्वार्थ ठूलो छ, ऊ भन्छ ‘भारत माता की जय!’

 

 

एक अर्को प्रसंगमा कांग्रेसभित्र बिपी पुत्र शशांक कोइरालाको रणनीतिक सक्रियता र भारतीय दूतावाससँग भनिएको भेटवार्ताले बाह्य प्रभावहरूको संकेत दिन्छ। तर, उनी नि:तान्त सचिवालय सदस्यको एक सेरेमोनियल कार्यकारी सदस्यमै सीमित देखिन्छन्। आम रूपमा वेल मिनिङका डा. शशांक बिरामी परेपछि उनको घरभित्र विभाजनकारी बाह्य शक्तिको दबदबा बढ्यो।

 

 

यसैबीच, देउवाको रणनीतिक सोचमा पनि महत्त्वपूर्ण घटकहरू छन्। पार्टीभित्रको गुटबन्दीले देउवा डा. शेखर कोइरालाको गतिविधि, विशेष गरेर कोशी प्रदेश र सुदूरपश्चिममा भएको उनको क्रियाकलापलाई निकटबाट नियालिरहेका छन्। देउवा यसलाई सामान्य राजनीतिक चहलपहलका रूपमा देख्छन् कि यो एक ठूलो चुनौतीको संकेत हो? भविष्यमा यसले कस्तो रूप लिन्छ, त्यो महत्त्वपूर्ण हुने छ। तर, देउवा शेखरसँग धेरै विमतिहरू राख्दैनन्। किनभने डा. कोइरालाको भूराजनीतिक सन्तुलन अलि ज्यादा स्थिर छ। यी मूल कारणहरूले आन्तरिक शक्ति सन्तुलनमा देउवा परिवारले शेखरसँग सहकार्य गर्ने संकेत गर्दछ तर यसबीच गगन थापासँगको पुनर्मिलनमा डा. मिनेन्द्र रिजाल, एनपी साउद, राजेन्द्र बजगाईं, गुरू घिमिरे, डा. गोविन्द पोखरेलहरूको भूमिका पनि रोचक देखिने छ।

 

 

नेपालको भू-राजनीतिक र बाह्य प्रभावहरूको कुरा गर्दा, पश्चिमी मुलुकहरूले नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी हेरेका छन् भन्ने कुरा गहिरो चिन्ताको विषय बनेको छ। के पश्चिमी र भारतीय कूटनीतिक निकायहरूले प्रमुख कांग्रेस नेताहरूलाई विशिष्ट क्षेत्रीय रणनीतिहरूसँग समन्वय गर्न सुझाव दिएका छन्? यसको परिणामस्वरूप, कांग्रेस नेताहरूले नेपालका विदेश नीतिहरू (बिआरआई, इन्डो-प्यासिफिक रणनीति) निर्माणमा के भूमिका खेलेका छन् भन्ने प्रश्न पनि उठ्छ।

 

 

अब यदि देउवा पार्टीबाट बाहिरिएको सन्दर्भमा पनि कांग्रेसमा न्यूनतम् २० प्रतिशत समर्थक देउवासँगै अन्तिम दिनसम्म रहन्छ, त्यो भनेको लोकतान्त्रिक पार्टीमा ठूलो शक्ति हो। अथवा, देउवा नयाँ रणनीति अपनाउँदै सत्ता जोगाउने प्रयास गर्ने छैनन्! देउवाको व्यावहारिक नेतृत्वशैली र उनकी पत्नीको प्रभावशाली भूमिका हेर्दा के उनीहरूले आफ्नो अनुभवलाई प्रयोग गरी पार्टीमा शक्ति सन्तुलन कायम राख्न सक्नेछन्? यो प्रश्न पाठकबीच नै छाडिएको छ।

 

 

अन्तिममा, शेखर र गगनबीचको एकताको दुरी अझ बढी बढ्दैछ कि छैन भन्ने सवाल उठ्छ। डेढ वर्षपूर्व एक कांग्रेस सांसदले शेखर र महामन्त्री गगनबीच होटल याक एण्ड यतीमा शक्ति सन्तुलन प्रस्ताव गराएका थिए। अब, दुरी घट्यो र यसले आकार लियो भने के यसले नेपाली कांग्रेसको भविष्यलाई पुनः परिभाषित गर्दै नयाँ शक्ति सन्तुलन सिर्जना गर्नेछ? तर, यसबीच विश्वप्रकाश शर्मा, भाइ शशांक, एनपी साउदसँगको एकताको बाटो आरम्भ भइसकेको अवस्थामा परिस्थिति अन्यत्रै तैरिने त छैन? अनि रेल छुट्छ?

 

 

नेपालको राजनीतिक परिदृश्य अस्थिर र परिवर्तनशील रहेको छ र आगामी महिनाहरूले नेताहरूलाई रणनीतिक पुनर्संरचनाको मार्ग अपनाउनेछन् वा आन्तरिक सुदृढीकरण गर्नेछन् भन्ने कुरा पत्ता लगाउनेछन्।

(यो लेखकको निजी विचार हो।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९