जनमत नेताको हतियार प्रदर्शन, प्रहरीले थाल्यो अनुसन्धान

रौतहट । सिके राउत नेतृत्वको जनमत पार्टी रौतहटका ईन्चार्ज शेख जमशैदलगायतका नेताहरुले सामाजिक सञ्जालमा हतियार प्रदर्शनको विषय चर्चाको विषय बने पछी उनीहरूको लागी भारी बन्दै गएको छ। बन्दुक प्रदर्शन बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष पूर्वमन्त्री अब्दुल खानसहित केही नेता र जिल्ला इञ्चार्ज जमसेदले शनिवार गरेको हतियार प्रदर्शन बारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको हो।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दीपककुमार रायले सामाजिक सञ्जालमा हतियारबारे चर्चा बढे लगतै छानबिन प्रक्रिया सुरु गरेको बताएका छन्। जनमतका अध्यक्ष शेख जमसैदको घरमा प्रदर्शन गरिएको दुइटै बन्दुक र बोक्ने मानिसबारे जाँचबुझ सुरू गरिएको छ । छानविनको क्रममा हतियार सरकारबाट ईजाजत प्राप्त रहेको तथा हतियार बोकेका दुवैजना मानिस उनकै पार्टीको पदाधिकारी रहेको प्रवक्ता रायले जानकारी दिएका छन्। ‘तत्कालका लागि हतियार र मानिसलाई जिल्ला अध्यक्ष जमशैदको जिम्मा लगाएर पठाएको छु, अब उपरान्त प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको निर्देशनअनुसार हुने जानकारी दिएका छौं’ उनले भने ।

 

उता प्रजिअ रेग्मीले प्रहरीले सुरु गरेको अनुसन्धान पूरा भएपछी उचित सुझाव दिने बताएका छन्।उपाध्यक्ष अब्दुल खान गौर नगरपालिका सबगढा गाउँ स्थित जमसेदको घरमा शनिबार भेटघाट गर्न पुगेका थिए । सोही क्रममा दुई जना मानिसले ठूलो बन्दुक बोकेको र खान संगै जमशैद सोफामा बसेका थिए । उनकै घरको प्राङ्गणमा नेताहरु घुमि रहँदा दुवै जना मानिस हतियार बोकेर संग संगै हिँडेका थिए।

 

जनमत इञ्चार्ज जमसेदले उक्त भेटघाटको फोटो र भिडियो आफ्नै आइडी बाट सनिवार सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए। यसरी खुलेआम हतियार प्रदर्शन गरेको भनेर सामाजिक सञ्जालमा ब्यापक आलोचना सुरु भएपछि जमशैदले उक्त फोटो र भिडियो सामाजिक सञ्जालबाट हटाएका थिए ।सर्वसाधारणले यसरी हतियार प्रदर्शन गर्दा कार्वाही हुने र सता पक्षका नेताले त्यहि गर्दा कार्वाही हुने की नहुने जान्नको लागी रौतहट बासी प्रक्तिक्षारत देखिएका छन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९