प्रतिनिधिसभा बैठकमा सांसदहरूले के भने ?

काठमाडौं। प्रतिनिधिसभा बैठक सोमबार संघीय संसद् भवनमा जारी छ । बैठकमा अहिले शून्य समयमा सांसदहरूले आफ्नो भनाइ राखिरहेका छन् । सभामुख देवराज घिमिरेले सबै सांसलाई एक एक मिनेटको समय बोल्न दिएका छन् । बैठकमा एमालेले सांसद रघुजी पन्तले प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेकोप्रति आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघु पन्तले दुई सदनबीच द्वन्द्व उत्पन्न हुने काम कसैले गर्न नहुने बताए ।

 

 

उनले भने, ‘प्रतिनिधिसभामा एकजना सांसदको टिप्पणीलाई लिएर राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको छ । हामी कसैले कसैलाई दोष नदिऔं, दुवै सदनबीच द्वन्द्व हुने काम नगरौं । राष्ट्रियसभा भनेको वृद्धाश्रम होइन ।’ राष्ट्रियसभालाई वृद्धाश्रम भनेर आलोचना गर्न नमिल्ने तर्क गरे । उनले सांसदको टिप्पणीलाई लिएर राष्ट्रियसभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताए ।

 

 

एमाले सांसद सूर्य थापाले प्रधानमन्त्रीलाई हिटलर भनेकोमा आपत्ति जनाएका छन्। आइतबारको संसद् बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले ओलीलाई ‘तपाईं हिटलर हो?’ भन्दै गरेको प्रश्नप्रति थापाले सोमबारको संसद् बैठकमा आपत्ति जनाएका हुन्। थापाले नेपालको संविधानले बनाएको व्यक्ति ‘को हिटलर हुन्छ ? भन्दै प्रश्न पनि गरे।

 

 

एमाले सांसद योगेन्द्र मण्डलले सिमेन्टको मूल्य बढेकोमा चिन्ता व्यक्त गरे । गत साउनमा पौने पाँच सय बोरामा पाइने सिमेन्ट अहिले सात सय ७५ रुपैयाँ पुगेको बताए । उनले सिमेन्टको भाउ बढ्दा २२ अर्ब व्यवसायीलाई र उपभोक्तालाई चार अर्ब घाटा पुगेको बताए । कांग्रेस सांसद राजेन्द्र केसीले सिमेन्टको मूल्य बढ्दा निर्माण संरचनामा असर गरेको बताए । कांग्रेस सांसद रमा पौडेल कमसल रेगुलेटरको अनुगमन गर्न माग गरिन् । उनले कमसल रेगुलेटरकै कारण देशव्यापी रूपमा  आगलागीका घटना भएको बताइन् ।

 

 

सांसद रञ्जु झाले पछिल्लो समय अदुवा र लसुनको तस्करी भएकोमा आपत्ति जनाइन् । उनले लसुन र अदुवा कहाँबाट आउँछ र कहाँ जान्छ ? भन्दै प्रश्न गरिन् । माओवादी सांसद रणेन्द्र बराली दलितमाथि गरिएको दमनको विरोध जनाए । उनले आइतबार सांसद प्रभु साहको प्रश्नको जवाफ प्रधानमन्त्री केपी ओलीले किन नदिएको भन्दै विरोध जनाए । सांसद रामप्रकाश चौधरी सर्लाहीको सागरनाथ वनको ११ सयभन्दा बढी हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट (हुम्ला),हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर...

राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौँ,  जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन,...

बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा, बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् । दसैँ, तिहार र छठ पर्वको अवसरमा...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

मकालु आधार शिविरबाट स्पेनिस नागरिकको उद्धार

किमाथाङ्का (सङ्खुवासभा),  सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।   प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आज बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९