भक्तपुरका १०२ वर्षीय हरिलाल, ९६ वर्षीया केशरी भन्छन् – देशमा राम्रो भएको हेरेर मर्न पाऊँ

भक्तपुर- यो देशमा केही हुँदैन भन्ने भाष्य युवाहरूमा पाइरहेको बेला त्यही भाष्य पुराना पुस्ताका मानिसमा पनि रहेको देखिएको छ। भक्तपुरका यी दम्पतीले देशमा केही नभएरै युवा-पुस्ता विदेशिन बाध्य भएको बताएका छन्।भक्तपुरको सूर्यविनायक पाण्डुबजार बस्ने १०२ वर्षीय हरिलाल पञ्च र उनकी श्रीमती केशरी धौबञ्जा पञ्चले देशमा राम्रो भएको हेरेर मात्रै मर्न पाऊँ भनी इच्छा व्यक्त गरेका छन्।आफ्नै परिवारमासँगै बसका दुई नाति र दुबै श्रीमतीहरू विदेशिन बाध्य भएको भोगेका उनीहरूले स्वदेशमै काम गर्ने वातावरण हुन नसकेको भन्दै दुःख व्यक्त गरे।यी जोडीलाई भक्तपुरमा एक कार्यक्रम गरी सम्मान गरिएको थियो। पञ्च मु दवू (पञ्च थर भएकाहरूको मुख्य मञ्च) ले आफ्ना कुलका ज्येष्ठ नागरिकहरूलाई एक कार्यक्रमबीच सम्मान गरेको हो।

 

 

 

भक्तपुरमा रहेका पञ्च थर भएकाहरूको संयुक्त भेलासहितको भेटघाटमा हरिलाल र केशरीसहित ८० वर्ष उमेर पूरा गरेका कुलका अन्य ८ जनालाई कुलको तर्फबाट सम्मान गरिएको थियो।भेलामा पञ्च थर भएका भक्तपुरका विभिन्न ठाउँमा छरिएर रहेका ३२१ सदस्यहरूको सहभागिता रहेको थियो।हरिलालको जन्म १९७९ सालमा भक्तपुर नगरपालिका वडा नम्बर १ (साबिक भक्तपुर नगरपालिका वडा नम्बर १७) इटाछें भक्तपुर र केशरीको जन्म भक्तपुरकै मध्यपुर थिमी नगरपालिका वडा नम्बर ९ निकोसेरामा १९८५ सालमा भएको हो।हरिलाल १०२ वर्षका भए, केशरी ९६। उनीहरूका चार छोरा र तीन छोरीहरू छन्। तिनीहरूमध्ये तीन वटै छोरीहरूको निधन भइसकेको छ। हाल उनीहरू कान्छो छोरा लक्ष्मीप्रसादको परिवारसँग भक्तपुरको सूर्यविनायक पाण्डुबजारमा बसोबास गर्दछन्।

 

 

 

परिवारमा कान्छो छोरा लक्ष्मीप्रसाद, बुहारी नानीछोरी, दुई नातिहरू निरज र निकेशसहित उनीहरूका दुई श्रीमती गरेर आठ जना संख्याको परिवार थियो। तर, पछिल्ला वर्षहरूमा दुवै नाति विवाह गरेर विदेश पलायन भएका छन्।उनीहरू आफ्ना नातिहरूको मिठो माया पाएकोमा विदेसिनु पर्दा दुःख बिसाउँछन्। त्यही कारणले नै उनीहरूलाई देश राम्रो अवस्थामा नभएको अनुभव दिलाएको हो।हरिलाल र केशरीको परिवारमा सगोलमा रहेका कान्छो छोरा लक्ष्मीप्रसादले विगत एक दसक बढी सयमदेखि आमाबुबाहरू बाहिर निस्कन नसकेको जनाए। उनका अनुसार अहिले दुवै जना घरको कोठाभित्र सामान्य हिँडडुल गर्न सक्छन्।दुवै जना अहिले घरको कोठाबाहिर रहेको अट्याच ट्वाइलेट आफैं शौच गर्न जान सक्छन्। साथै घरको भर्‍याडका बार समात्दै दुवै जना कौसीसम्म अहिले पनि आफैं पुग्न सक्ने अवस्थामा रहेको कान्छो छोरा लक्ष्मीप्रसादले बताए।

 

 

अहिले उनीहरू दुवै जना सामान्य कुरा गर्न सक्ने अवस्थामै छन्। कान भने अलि कम सुन्ने अवस्थामा छन्।हाल बुबाले कुनै औषधी खान नपरेको तर आमा मुटुको रोगी भएकाले औषधी सेवन गर्न परिररहेको लक्ष्मीप्रसादले बताए। आफ्ना बुबा कहिल्यै तनाव नलिने र एउटा किसानको छोरो भएर युवा अवस्थामा कडा परिश्रममा रहनु नै दीर्घ जीवनको रहस्य भएको हुनसक्ने अनुमान उनले लगाए।बुबाले युवा अवस्थामा खाली खुट्टाले काभ्रेपलान्चोक जिल्लाको पनौतीदेखि (झण्डै २० किलामिटर) दुवैतिर १४-१४ पाथी मकै किनेर खर्पणमा बोकेर भक्तपुर ल्याउने गरेको बताउने उनले सम्झे।

 

 

 

पञ्च मु दवूका अध्यक्ष दुरुकाजी पञ्चले आफूहरूको पुर्ख्यौली बसोबास भक्तपुर नगरपालिका वडा नम्बर १ इटाछेंमा रहेको तर हाल परिवार बृद्धिसँगै भक्तपुरकै किवाचो गुण्डु, लिवाली, पाण्डुबजार, सल्लाघारीलगायतका ठाउँहरूमा नयाँ घर बनाएर बस्न पुगेको देखिएको जनाए। पञ्च थर भएकाहरूको मल्लकालमा थर मल्ल रहेको तर पृथ्वीनारायण शाहले भक्तपुर विजयी गरेपछि मल्लहरूलाई लखेटी-लखेटी मारेकाले मल्ल थर परिवर्तन गरी पञ्च थर राखेको कथन रहेको उनले सुनाए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

मेलम्चीको पानी पूर्ण रूपमा रोकियो

काठमाडौँ, आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् ।मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौँ पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिनुभयो । उहाँले...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ७०, आलु रातो (भारतीय) प्रतिकिलो...

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली, विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गर्नुभएको छ ।   स्टारलिङ्कले कम–कक्षीय...

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ,  कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु तीन अर्व दुई करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ ।भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू

नयाँदिल्ली, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९