कांग्रेस महाधिवेशनका लागि पार्टी पदाधिकारी गतिशील हुन आवश्यक छ : नेता महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औं महाधिवेशन गर्नुपर्ने बताएका छन्। कांग्रेसको सूचना संचार प्रचार विभागको कोशी प्रदेश स्तरीय कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन्।उनले १५औं महाधिवेशन विधान अनुसार तोकिएकै समयमा सम्पन्न गर्ने नैतिक दायित्व पार्टी सामू रहेको बताएका छन्। समयमै महाधिवेशन सम्पन्न गर्न पार्टीका जिम्मेवार पदाधिकारीहरूले आ-आफ्नो भूमिका कुसलतापूर्वक निर्वाह गर्नुपर्ने धारणा राखेका छन्।

 

 

‘अब महाधिवेशनको १० महिना मात्र बाँकि छ। तर, जिम्मेवारपूर्ण भूमिकामा बसेका पदाधिकारीको क्रियाकलाप र काम कारबाही गम्भिर नदेखिएको आम नेता कार्यकर्ताको बुझाइ छ।कांग्रेसको राष्ट्रीय र अन्तर्राष्ट्रिय स्तरमा देखाउने चरित्र भनेकै प्रजातान्त्रिक व्यवहार र आवधिक निर्वाचन भएकाले त्यसलाई पार्टीले जिवन्त तुल्याउनुपर्ने उनको धारणा छ। लोकतन्त्रिक पार्टीले आफ्नो महाधिवेशन समयमै गर्न नसक्दा त्यसको असर जनतामा राम्रो नपर्ने उनले बताए।

 

 

‘बहुदलीय लोकतान्त्रिक प्रणालीमा शासन गर्ने दलहरूका नेता/कार्यकर्ताले भएकाले शासन सञ्चालन गर्ने दल आफैँमा पारदर्शी हुने, नैतिवान हुने, भिजनरी हुने कुरा महत्त्वपूर्ण हो। त्यो भएन भने सरकारमा जाँदा शासन पनि नैतिकवान हुँदैन। त्यस्तो पार्टी बनाउन पनि हामीले आवधिक निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ,’ उनले भने।यसका साथै नेता महरले सरकार सञ्चालनका लागि बनेको पार्टी संयन्त्रको गति धिमा भएकाले उक्त गति बढाउन सुझाव दिएका छन्।

 

 

फरक प्रसंगमा बोल्दै महरले सञ्चार र प्रविधिमा युवाको उपस्थिति देखाउन तथा मिस इनफरमेसन र डिस इन्फरमेसनबाट जनतालाई सजग गराउन प्रविधिको विकास सँगै पहुँच र सिकाइ बलियो हुनुपर्ने बताएका छन्। आर्टिफिसियल इन्टिजेन्सको समयमा कुनै पनि राजनीतिक दलले गर्ने प्रचार सामग्री तथ्य र सत्यमा आधारित हुनुपर्ने महरको धारणा छ।’युवा र जनतालाई प्रविधिमा दक्ष बनाउने काममा राजनीतिक दलसँगै सरकार पनि गम्भीर भएर लाग्नुपर्छ,’ उनले भने।

 

 

 

यस्तै नेता महरले सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन नहुने धारणा राखेका छन्। महरले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुरामा कांग्रेसको समर्थन नहुने बताएका हुन्। ‘सामाजिक सञ्जाल नियमनमात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन।सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित हुन हुँदैन। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउनु हुँदैन,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९