घाटामा रहेका खानेपानी संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ- मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले घाटामा रहेर सेवा दिँदै आएका नेपाल खानेपानी संस्थानका देशभरका शाखाहरुलाई नाफामै ल्याएर छोडिने बताएका ह्हन । संस्थानलाई अब नाफामा ल्याउन गेम चेन्जर प्लान (खेल परिवर्तक योजना) ल्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।नेपाल खानेपानी संस्थानको ३६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले संस्थानले लाखौँ नेपाली नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको भन्दै यसको महत्वलाई उच्च मूल्याङ्कन गरे । उनले संस्थानलाई घाटाबाट नाफामा रूपान्तरण गर्न सबै कर्मचारी र सरोकारवालाहरूको पूर्ण सहयोग आवश्यक रहेको बताए ।

 

 

मन्त्री यादवले संस्थानलाई घाटाबाट मुक्त गर्न सबै कर्मचारीले गम्भीर भएर सोच्नुपर्ने र योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, “संस्थान कस्को कारण घाटामा पुग्यो ? यसलाई नाफामा ल्याउने उपाय के हुन् ? सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्छ । संस्थान रहे मात्र हामी सबैलाई फाइदा हुन्छ, घाटामा गएर नै संस्थान बन्द भयो भने दोष कसलाई दिने ?”मन्त्री यादवले पाइपलाइन फुट्ने, चुहिने, फोहर तथा ढल मिसिएर पानी आउने समस्या तत्काल समाधान गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराए । उनले कर्मचारीहरूलाई निर्देशन दिँदै भने, “खानेपानी सेवामा कुनै लापरबाही हुनुहुँदैन । नागरिकलाई शुद्ध, सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउने हाम्रो दायित्व हो । संस्थानलाई नाफामा ल्याएरै छोड्छौँ ।”

 

 

नाफामा रहेका अन्य शाखाहरुबाट सबैले पाठ सिक्नु पर्ने उनको भनाई छ । संस्थानमा महाप्रवन्धकको दश महिनादेखि स्थायी नेतृत्वको अभाव रहेको भन्दै उहाँले निकै अप्ठेरो परिस्थितीका बाबजुद् आफ्नो कार्यकालमा बल्लतल्ल महाप्रवन्धक नियुक्त गर्न सफल भएको बताउनुभयो । साथै, उहाँले कर्मचारीको हकहितका सहयोग गर्नका लागि संस्थानको नयाँ विनियमावली चाँडै कार्यान्वयनमा ल्याइने आश्वासन दिँदै भने, “संस्थानका कर्मचारीहरुको हहितका लागि नयाँ विनियमावली आउँदै छ । आएको दिन तपाईंहरू दिपावली मनाउनुहुनेछ ।” हाल २२ वटा शाखा कार्यालयमार्फत १५ लाख जनसंख्यालाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गरिरहेको जानकारी दिँदै मन्त्री यादवले सेवा थप विस्तार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए ।

 

 

सरकारको नीति अनुरूप “एक घर–एक धारा” कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । संस्थानको आगामी त्रिवर्षीय योजनाअनुसार ६० हजार नयाँ घरधुरीलाई धारा वितरण गरी ७ करोड ४० लाख लिटर पानी आपूर्ति गर्ने लक्ष्य राखिएको छ । यस योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले बताए ।

 

 

 

काठमाडौँ उपत्यका बाहिरका शहरी क्षेत्रमा सहज, सुरक्षित र पर्याप्त खानेपानी वितरणको जिम्मेवारी बोकेको संस्थानले अब स्थानीय तहहरूसँग अझ बलियो सहकार्य गर्ने विश्वास व्यक्त गर्दै मन्त्री यादवले भने, “संस्थानलाई अझ सबल बनाउने मेरो व्यक्तिगत तथा मन्त्रालयको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग रहनेछ ।”संस्थानले खानेपानी सेवामा पारदर्शिता, पहुँच र गुणस्तर कायम राख्दै नागरिकको विश्वास जित्नुपर्ने मन्त्री यादवको भनाइ छ । उनले दिगो विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न संस्थानको योगदान अत्यन्तै महत्त्वपूर्ण हुने स्पष्ट पारे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९