अक्टोबर ७ को घटनाको कारक इजरायली सेनाले हमास बारे गरेको गलत मूल्याङ्कन

काठमाडौँ । इजरायली सेनाको अनुसन्धान प्रतिवेदनले ७ अक्टोबर २०२३ को आतंकवादी आक्रमण यसको गलत मूल्याङ्कनका कारण भएको दाबी गरेको छ । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार इजरायली सेनाले प्यालेस्टिनी लडाकू संगठन हमासको क्षमतालाई कम आँकलन गरेक कारण सो घटना भएको रिपोर्टमा उल्लेख छ । बिहीबार सार्वजनिक भएको यो प्रतिवेदनपछि, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि आक्रमण अघि गरिएका राजनीतिक निर्णयहरूको अनुसन्धान गर्न दबाब पर्ने विश्वास गरिएको छ ।

 

७ अक्टोबर २०२३ मा, हमासले इजरायलको सीमा क्षेत्रमा रहेको एक संगीत महोत्सवमा आक्रमण गरेको थियो । यस आक्रमणमा लगभग १२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । हमासले बन्धक बनाएका २५१ जनामा एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि रहेका छन् । हमासले यस आक्रमणलाई ‘अल-अक्सा फ्लड’ अपरेशनको नाम दिएको थियो । प्रतिक्रियामा, इजरायलले केही घण्टा पछि हमासविरुद्ध अपरेशन सोर्ड्स अफ आइरन सुरु गरेको थियो ।

 

यस प्रतिवेदनमा इजरायली सेनाको मूल्याङ्कन हमासले केवल गाजामा शासन गर्न चाहेको र इजरायली सेनासँग लड्नु यसको प्राथमिक लक्ष्य नभएको रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले गरेको हमासको क्षमताको गलत अनुमान नै अक्टोबर ७ को घटना भएको प्रतिवेदनमा उल्लेख छ । सेनाका अधिकारीहरूले सबैभन्दा खराब अवस्थामा पनि हमासले केवल आठ क्षेत्रबाट जमिन आक्रमण गर्न अनुमान गरेका थिए, जुन गलत थियो । जबकी हमाससँग आक्रमण गर्न ६० भन्दा बढी मार्गहरू रहेको पाइएको छ । ७ अक्टोबर २०२३ अघि पनि हमास तीन पटक आक्रमण गर्न तयार थियो, तर विभिन्न कारणले ढिलाइ भएको थियो, जसलाई इजरायली सेनाले नजर अन्दाज गरेको थियो ।

 

आक्रमण हुनुभन्दा केही घण्टा अघि केही गडबड भएको संकेत देखिएको थियो । हमासका लडाकुहरूले आफ्नो फोन इजरायली नेटवर्कमा स्विच गरेका थिए । इजरायली सैन्य अधिकारीहरूले अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिनवार (जो गत अक्टोबरमा मारिएका थिए) ले २०१७ मा आक्रमणको योजना बनाउन थालेको गुप्तचर निकायले देखाएको बताएका छन् । प्रतिवेदनले इजरायली सेनाको अत्यधिक आत्मविश्वास र पूर्वकल्पित धारणाहरूमा अत्यधिक निर्भरता आक्रमणको लागि जिम्मेवार रहेको बताएको छ । प्रतिवेदनमा कुनै पनि सैनिक वा अधिकारीलाई दोषी ठहराइएको छैन ।

 

धेरै इजरायलीहरू अक्टोबर ७ को गल्तीको लागि नेतान्याहू जिम्मेवार छन् भन्ने विश्वास गर्छन् । मानिसहरू आक्रमण हुनुभन्दा पहिले पनि नेतान्याहूको सरकारले धेरै गलत निर्णयहरू गरेको अहिले पनि विश्वास गर्दछन् । अक्टोबर २०२३ मा सुरु भएको इजरायल हमास युद्धका कारण गाजामा बसोबास गर्ने २१ लाख मानिसहरू विस्थापित हुनुपरेको थियो । जबकि ४० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । युद्ध पछि, गाजामा ९६ प्रतिशत कृषि स्रोतहरू नष्ट भएका छन् र ९१ प्रतिशत मानिसहरू भोकमरीको सामना गरिरहेका छन् । १६ प्रतिशत मानिसहरू अनिकाल जस्तो अवस्थामा बाँचिरहेका छन्, जबकि ४१ प्रतिशत जनसंख्याले गम्भीर खाद्यान्न अभावको सामना गरिरहेका छन् । अहिले गाजा पूर्णतया बाह्य सहायतामा निर्भर रहेको छ ।

 

जनवरी १९ मा दुवै पक्षबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो, जसमा दुवै पक्षले एकअर्काका बन्धकहरूलाई रिहा गर्न सहमति जनाएका थिए । यस युद्धविराम सम्झौता अन्तर्गत, बन्धकहरूको रिहाइ तीन चरणमा हुनेछ । जसको पहिलो चरण बुधबार सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

स्थानीय तहबाटै प्यान कार्ड जारी

गोरखा, हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरुले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो ।   सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा...

असन्तुष्ट समूहलाई वार्तामा आउन प्रतिष्ठानको आव्हान

काठमाडौँ,भ्रष्टाचारको आरोप लगाउँदै सामाजिक सञ्जाल र प्रतिष्ठानको गेट अगाडि विरोध जनाउने असन्तुष्ट समूहलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वार्तामा आउन आव्हान गरेको छ ।   प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गरी प्रतिष्ठानको काम कारबाहीप्रति असन्तुष्ट समूहलाई लिखितरुपमा माग प्रस्तुत गरी छलफलमा आउन ध्यानार्कषण गराएको हो । विज्ञप्तिमा...

आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती

धुलिखेल (काभ्रेपलाञ्चोक),  जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आउनुभएको छ । उहाँसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् ।   अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

कञ्चनजङ्घा आधार शिविर सुनसान

फुङ्लिङ (ताप्लेजुङ), ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।   पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले...

राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

कञ्चनपुर, जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो ।   इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

त्रिवेणी (नवलपरासी), निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा  निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

रानीकुण्डामा अज्ञात समूहको आतंक, गोठ र तीन परालखातमा मध्यराति आगजनी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब १२ बजेको समयमा तीनवटा परालखात र एक गोठमा आगो लगाइएको हो।     रानीकुण्डा निवासी उदयराम तिरुवाको गोठ र परालखातमा आगलागी हुँदा गोठमा प्रयोग गरिएको टिनका पाता, खामा तथा खुट्टाहरू...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

म्याग्दीका गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

म्याग्दी,  म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हासिल गर्नुभएको हो ।   उहाँको अनुसन्धान...

निःशुल्क शिविरः २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया

बरहथवा (सर्लाही),  सर्लाहीको बागमतीमा सम्पन्न निःशुल्क शिविरमा २३२ जनाको मोतिया बिन्दुको सफल शल्यक्रिया गरिएको छ । गत सोमबारदेखि बागमती नगरपालिका–१२, स्थित तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र, बागमतीमा शिविर सुरु भएको थियो । शिविरमा सहभागी मोतिया बिन्दु भएका २३२ जनाको शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको...

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९