पुर्वराजाले आफ्नो हैसियत बिर्से- सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् ।मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपाल उदार मुलुक भएकोले व्यवस्था नै पल्टिएपछि राजा जेलमा हुनुपर्नेमा नागार्जुन दरबारमा राखेको बताउदै पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् ।

 

 

उनले नेपाल उदार मुलुक भएको भन्दै व्यवस्था नै पल्टिएपछि राजा जेलमा हुनुपर्नेमा नागार्जुन दरबारमा राखेको टिप्पणी गरेका छन् । उनले भने- यो मुलक त २४०-५० भन्दा बढी बर्षसम्म जनतालाई शोषण गरेको राजतन्त्र र परिवारलाई व्यवस्था उल्टिएपछि उनीहरु सबै जेलमा बस्नुपर्ने हो, उनीहरुको सम्पत्ति जफत गर्नुपर्ने हो, तर हामीले उनलाई सुरक्षाको प्रबन्ध गरेर नागार्जुन दरबारमा राखेका छौ, आज उनैले यो व्यवस्थाप्रति कटाक्ष गर्दै, म फेरी फर्कन्छु भनेर जुन हर्कत गरिरहेको छ, त्यो उसले आफ्नो हैसियत बिर्सेको हो, हामीले गरेको उदार प्रबन्ध उसले बिर्सेको हो ।

 

 

उनले अगाडी भने- ‘राजाले कसरी देश बचाउछ ?  दुनियाँमा कुन देशमा राजाले देश बचाएको छ ? आफ्नो ज्यानको रक्षा गर्न नसक्ने त्यो राजा, दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र,  परिवारको रक्षा गर्न नसक्ने त्यो राजसंस्था, सबै कानुन हातमा लिएको राजसंस्था, जहाँ मेरिटोक्रेसीको कुनै गुन्जायस हुदैन, जहाँ प्रतिष्पर्धाको कुनै गुन्जायस हुदैन, जहाँ एउटा कुलमा जन्मेको कारणले मुलुकको ३ करोडको जनता मध्ये सबैभन्दा योग्य ठहरिन्छ, त्यसको शासनमा हामी बस्नुपर्न बाध्य परिन्छ, त्यस्तो व्यवस्थाको वकालत गर्दै हिड्ने लोकतन्त्रबादी हुन की होइनन विचार गर्नुपर्छ ।’

 

 

मन्त्री गुरुङले राजतन्त्र गएको राजसंस्थाको गल्तिको कारणले त हुदै हो तर राजतन्त्र गएको अर्को कारण सामन्ती उत्पादन प्रणाली यो मुलकमा बिघटन भएकोले गएको बताए ।मन्त्री गुरुङले लोकतन्त्रमा विरोध गर्न पाइने भएपनि त्यो सीमामा हुनुपर्ने बताउदै लोकतन्त्रमा पनि सीमा भएको उल्लेख गर्दै आफ्नो अधिकार प्रयोग गर्दा सीमा भित्र रहेर गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९