पाथीभरा केबलकार : गृह मन्त्रालयले फेरि बोलायो आन्दोलनकारीलाई वार्तामा

काठमाडौं – सरकारले ताप्लेजुङमा केबलकार निर्माणविरुद्ध आन्दोलनमा रहेका पक्षलाई वार्ताका लागि आह्वान गरेको छ।यसअघि पटक–पटक भएको वार्ता असफल हुँदै आएको अवस्थामा सरकारले आज (शुक्रबार) पुनः वार्ताका लागि आह्वान गरेको हो।गृह मन्त्रालय अन्तर्गत रहेको वार्ता टोलीको सचिवालयले मुक्कुम्लुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ अन्तर दलीय सङ्घर्ष समितिलाई वार्ताका लागि आह्वान गरेको हो।

 

 

गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई वार्ता टोलीका संयोजक रहेका छन्। सरकारले वार्ता र संवादको माध्यमबाट विवादको शान्तिपूर्ण समाधानका लागि वार्ताको आह्वान गरेको उनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाएको छ।गत माघ २२ गतेयता वार्ता समितिले आन्दोलनरत् समूहसँग संवाद गरिरहेको छ।तर, आन्दोलनरत् पक्षले कर्मचारीसँगको समितिसँग नभएर राजनीतिक नेतृत्वसँग सिधै वार्ता गर्ने अडान राखेका छन्।गृहमन्त्री रमेश लेखकले उनीहरूसँग सिधै आफू वार्ता गर्न इन्कार गरिरहेका छन्। गृह मन्त्रालयमा लेखकले ताप्लेजुङका सांसदहरूसँग छलफलसमेत गरिरहेका छन्।

 

 

‘तर, नतिजा सकारात्मक देखिएको छैन, आन्दोलनरत् पक्षले सिधै मन्त्रीसँग वार्ता गर्ने अडान यथावत् राखेको छ,’ गृहका एक अधिकारीले भने।सरकार केबलकार जसरी पनि साकार पार्ने पक्षमा छ। त्यसका लागि उसले आवश्यक सबै उपाय अपनाउने रणनीति बनाइरहेको छ।आन्दोलनरत् पक्षले पाथीभरा मुकुम्लुङ लिम्बू समुदायको मुन्धुमीस्थल भएकाले यथावत् राख्नुपर्ने माग गर्दै यसलाई आफ्नो संस्कृतिसँग जोडेर आन्दोलन गरिरहेका छन्।

 

 

काफ्लेपाटीमा गत कात्तिक २४ गते केबलकार निर्माणको शिलान्यास गरिएको थियो। ताप्लेजुङको फुङलिङ–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७५ किलोमिटर केबलकार निर्माण भइरहेको छ। यसको लागत तीन अर्ब रहेको बताइएको छ। पहिलो पटक पाथीभरामा केबलकार निर्माणका लागि २०५४ मा कञ्चनजंघा केबलकार प्रालि दर्ता गरिएको थियो। त्यसपछि ध्रुवनारायण श्रेष्ठले २०७२ मा पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनी दर्ता गरेका थिए। त्यस्तै, पाथीभरा पुग्ने केबलकार बनाउन संघाई ग्रुपका सुभाष संघाईले त्रिवेणी केबलकार कम्पनी पनि दर्ता गरेका थिए।

 

 

फुङलिङ नगरपालिकाको कार्यपालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार २०७५ जेठ १३ पाथीभरा माता दर्शन केबलकार प्रालिलाई निर्माणको अनुमति दिएको थियो। त्यसपछि श्रेष्ठको पाथीभरा देवी केबलकार दर्शन प्रालि कम्पनीको स्वामित्व यती समूहले लिएको थियो।यती समूहले यस कम्पनीको स्वामित्व आइएमई ग्रुपलाई बिक्री गरेसँगै यसमा हाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्द्र ढकालको केबलकारमा इन्ट्री भएको हो।ढकाल अहिले देशभर विभिन्न केबलकार बनाउने परियोजना अगाडि बढाइरहेका छन्। उनले पहिलो पटक चन्द्रागिरी केबलकार बनाएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९