काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका छन् ।प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाहीले विरोध गरेपछि पन्तले आफूसँग बसह गर्ने हो भने इतिहास पढेर आउन चेतावनी दिएका हुन् ।
सांसद पन्तले २०१२ सालमा छापिएको हुलाक टिकटमा चुच्चे नक्शा रहेको तर २०१७ सालपछि पञ्चायतपछि चुच्चे नक्शा हराएको भन्दै त्यसको जवाफ मागेका थिए । उनले गणतन्त्र आएपछि चुच्चे नक्शा ल्याएको बताए । चुच्चे नक्शा छापिएपछि कसरी राष्ट्रियता कमजोर भएको भन्दै पन्तले प्रश्न गरे ।
उनले राजावादीहरुको पछिल्लो आन्दोलनमो उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर प्रयोग गरिएकोबारे पनि प्रश्न उठाउदै भने- ‘तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ यसो हेर्यो, सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश । यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ?’


































































































































































