कोरोनाको तेस्रो लहर आएको निर्देशक डा. बास्तोलाको अनुमान

टेकु अस्पतालमा कोरोना संक्रमितको चाप बढ्न थाल्यो
राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुई साता यता कोरोनाभाइरस (कोभिड १९) संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । इमर्जेन्सीमा आउने अधिकांश बिरामी आईसीयूमा भर्ना गर्नुपर्ने अवस्थाका रहेको अस्पतालका निर्देशक डा.अनुप बास्तोला बताउँछन् ।

 

 

 

संक्रमणका कारण निमोनिया भइ फोक्सोमा दागैदाग भएपछि अस्पतालमा बिरामी आइपुग्ने गरेको उनले सुनाए । ‘स्वास्थ्य अवस्था जटिल भएपछि पिसिआर, एन्टिजेन परीक्षण नगरिकन सिधै अस्पताल आउने गर्नुहुन्छ,’ उनले भने, ‘श्वासप्रश्वास समस्या भई स्वास्थ्य अवस्था जटिल भएर आउनेलाई पिसिआर, एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ नै देखिन्छ । त्यस्ता मानिसलाई बचाउन गाह्रो हुन्छ ।’

 

 

कोभिडका कारण अन्तिम अवस्थामा पुगेपछि उपचारका लागि अस्पताल आउने केही बिरामीलाई चाहेर पनि बचाउन नसकिएको उनले सुनाए ।

 

 

कोरोना संक्रमण दर बढ्दै

 

 

कोरोनाको दोस्रो लहरमा संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामी भर्ना हुन सहज थिएन । वैशाख र जेठ महिनामा कोभिड बिरामी अक्सिजन, आईसीयू भेन्टिलेटर र बेडको पखाईमा बस्नुपर्ने बाध्यता थियो । निषेधाज्ञा खुकुलो भएसँगै दुई साता यता इमरजेन्सीमा भर्ना हुन आउने बिरामी बढ्न थालेका छन् । पछिल्लो तीन दिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ३५ जना संक्रमितसम्म इमर्जेन्सीमा उपचारका लागि आइपुगेको निर्देशक डा. बास्तोलाले बताए । दोस्रो लहरको अन्त्यतिर अस्पतालमा भर्ना हुने संक्रमित बिरामीको संख्या घटेर वार्ड, आईसीयूमा गरी जम्मा १४÷१५ जनामा झरेको उनले सुनाए ।

 

वैशाख–जेठ महिनामा संक्रमित बिरामीको ग्राफ उचाइमा पुगेर बिस्तारै ओरालो लागे पनि निषेधाज्ञा खुकुलो भएपछि अस्पताल भर्ना हुने बिरामीको संख्या विस्तारै उकालो लगिरहेको उनले सुनाए । तर, दोस्रो लहरमा संक्रमित भएकाहरु अब केही समयका लागि संक्रमित भई सिकिस्त हुने सम्भावना कम भएको उनले बताए ।

 

निर्देशक डा. बास्तोलाका अनुसार, दोस्रो लहरमा कति प्रतिशत संक्रमित भए भन्ने थाहा पाएको खण्डमा अब संक्रमणको अवस्था कहाँ पुग्न सक्छ भनेर निर्क्यौल गर्न सकिन्छ । समुदायमा कति प्रतिशत नागरिक संक्रमित भए, संक्रमित भएकाहरुमा रोग प्रतिरोधात्मक क्षमता विकास कति भयो भन्नेबारे अध्ययन गरेर वास्तविकता पत्ता लगाएको खण्डमा अब समुदायमा कोरोना संक्रमणको अवस्था कता जाँदैछ भनेर थाहा पाउन सकिने डा. बास्तोलाको भनाइ छ ।

 

कोरोना संक्रमणको तेस्रो लहर ?

 

 

 

वैशाख–जेठमा संक्रमितको संख्या उत्कर्षमा पुगेपछि सरकारले कडा निषेधाज्ञा जारी ग¥यो । त्यसपछि संक्रमण दर बिस्तारै घट्दै गयो । निषेधाज्ञा खुकुलो हुँदै गएपछि पुनः दुईसाता यता इमरजेन्सीमा भर्ना हुने बिरामी बढ्दै गएको डा. बास्तोलाले बताए । कोरोना संक्रमण दर र अस्पतालमा भर्ना हुने बिरामीको संख्या उचाइमा पुगेर ओरालो झर्दै केही समय स्थिरजस्तो देखिए पनि संक्रमण पुनः बिस्तारै उकालो लागिरहेको उनको भनाइ छ । त्यसैले यसलाई तेस्रो लहर पनि भन्न सकिने उनले बताए ।

 

दोस्रो लहरमा धेरै संक्रमित भएर एन्टीबडीको विकास भएको खण्डमा अब संक्रमित कम हुन सक्ने निर्देशक डा. बास्तोलाको अनुमान छ । यद्यपि, अध्ययन बिना नै अबको अवस्था कस्तो हुन्छ भनेर किटान गर्न नसकिने उनको भनाइ छ ।

 

कोरोना संक्रमित भइ समुदायमा कति प्रतिशतमा एन्टीबडीको विकास भएको छ ? कति मानिसले खोप लगाउन बाँकी छ र खोप पनि नलगाएका र कोरोना संक्रमण पनि नभएका कति छन् भन्नेबारे अध्ययनको खाँचो रहेको उनले सुनाए । पहिलो लहरमा कति संक्रमित भइ एन्टीबडी भए पनि एन्टीबडीलाई आक्रमण गर्नेखालको नयाँ भेरिएन्ट बनेको छ कि ? पहिलो मात्रा खोप लगाएका अथवा पहिलो र दोस्रो मात्रा लगाएका संक्रमित कति भएका छन् ? भन्नेबारे तथ्याङ्क निकालेर त्यसको अध्ययन, विश्लेषण गरेको खण्डमा अब संक्रमित कति हुन सक्छन् र संक्रमित भएर अस्पतालमा कति भर्ना हुन्छन् भन्ने कुरा आंकलन गर्न सकिन्छ ।

 

कोरोना विरुद्धको खोप लगाएकाहरुको आँकडा सरकारसँग छ । समुदायमा कति संक्रमित छन् भन्ने आँकडा पनि भएको खण्डमा अबको अवस्था के हुन्छ भनेर थाहा पाउन सकिने उनले सुनाए ।

 

उनका अनुसार पहिलो लहरमा कोरोना संक्रमणको फैलावटमा तीव्रता थिएन भने घातकता पनि कम थियो । पहिलो लहरमा संक्रमित हुने सबैमा लक्षण नदेखिए पनि एन्टिबडी विकास भएको थियो । पहिलो लहरमा युवा बढी संक्रमित भएकाले अस्पताल भर्ना हुने कम दर रहेको उनले सुनाए ।

 

कोरोनालाई सामान्य रुपमा लिँदा र जनस्वास्थ्यका नियम पालना नगर्दा संक्रमित र अस्पताल भर्ना हुनेको संख्या दोस्रो लहरमा बढेको उनको भनाइ छ । ‘ जनस्वास्थ्यका मापदण्ड पालना नगरिकन विवाह, भोज, पार्टी, आन्दोलन तथा प्रदर्शन गरियो, त्यसपछि स्वाट्टै संक्रमितको संख्या बढ्यो,’ उनले भने, ‘दोस्रो लहरमा संक्रमितको ग्राफ ओरालो लागेपछि पुनः उकालो लाग्दै गरेका अवस्थालाई तेस्रो छालभन्दा फरक पर्दैन ।’

 

अब संक्रमित ह्वात्तै नबढ्न सक्छन्

 

निषेधाज्ञा खुकुलो भएपछि मानिसको भिडभाड बढेको छ । काठमाडौं उपत्यका लगायतका शहरी क्षेत्रमा धेरैले पहिलो वा दुवैमात्रा खोप पाइसकेका छन् । ‘पहिलो लहरबाट दोस्रो लहरमा आउने क्रममा अहिलेजस्तो खोप पाएका थिएनन्,’ डा. बास्तोलाले भने, ‘पहिलो लहरमा कोरोनालाई बेवास्ता गर्ने धेरैजसो दोस्रो लहरमा भाइरसको आक्रमणमा परे ।’

 

वर्तमान समयमा कुनै न कुनै पेसामा आवद्ध हुनेहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् । दोस्रो लहरमा बिरामीका चापका कारण तत्काल अस्पतालमा भर्ना नपाउने, अक्सिजनको हाहाकारले बिरामीको ज्यान जाने अवस्था सिर्जना भएकाले हाल तुलनात्मक रुपमा मानिस अलि सचेत भएको डा. बास्तोला बताउँछन् ।

 

‘दोस्रो लहरमा संक्रमित भएर अस्पतालबाट घर फर्किएका, अस्पतालमा बिरामी कुर्ने आफन्त, कोरोनाकै कारण ज्यान गुमाएका परिवार तथा पोष्ट कोभिडका कारण स्वास्थ्यमा समस्या झेलेका धेरै मानिस सजग भएका छन्,’ उनले भने, ‘अब दोस्रो लहरमा जस्तो कोरोना संक्रमित र अस्पताल भर्ना हुने दर एक्कासी बढ्दैन कि !’

 

 

 

अस्पताल तयारी अवस्थामा  

 

कोरोना महामारीको सुरुवाती समयदेखि नै टेकु अस्पताललाई सरकारले कोभिड अस्पतालका रुपमा घोषणा गरेको थियो । अन्य अस्पतालले कोरोना संक्रमित बिरामी लिन नमान्दा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले धमाधम कोभिड बिरामीको उपचार गरेको थियो । टेकु अस्पतालले संक्रमितको उपचार गर्न थालेपछि बिस्तारै अन्य अस्पतालहरुले पनि कोभिड बिरामीको उपचार गर्न थालेका हुन् ।

 

कोभिड विशेष अस्पताल भएकाले कोरोना संक्रमण घटेर अन्य अस्पतालको बेड खाली हुँदा पनि टेकु अस्पतालमा कोभिड संक्रमित बिरामी उपचारका लागि पुग्ने गर्छन् । सरुवा रोग अस्पतालमा कोभिड बिरामीका लागि करिब १०० बेड रहेको डा. बास्तोलाले सुनाए ।

 

तेस्रो लहरको पूर्वतयारीका लागि अक्सिजन प्लान्टको व्यवस्था, स्वास्थ्य पूर्वाधार र स्वास्थ्य जनशक्ति समेत तयारी अवस्थामा राखेको उनले सुनाए । स्वास्थ्य पूर्वाधारसँगै ८० जना स्वास्थ्य जनशक्तिलाई तालिम दिएर तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

 

उनका अनुसार इमर्जेन्सी तथा अन्य वार्डका बिरामीलाई आवश्यक पर्ने अक्सिजन सिलिन्डर नै बेडमा लैजानुपर्ने बाध्यतालाई हटाएर पाइप सिस्टम बनाइएको छ । आईसीयूमा मनिटर नै बोकेर उपचारका लागि हिँड्नुपर्ने समस्या समाधान गरिएको र अस्पतालको क्षमताअनुसार स्वास्थ्य पूर्वाधार, जनशक्ति सबैलाई तयारी अवस्थामा राखिएको अस्पतालका निर्देशक डा. बास्तोलाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तराईका जिल्लामा आज होली मनाइँदै

मध्यविन्दु (नवलपरासी),  रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा,  मोरङ, सुनसरी, सप्तरी,...

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा),   वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु पाँच खर्ब १९ अर्ब एक करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी सामान...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ,  स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख २८...

अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल

वाशिङ्टन डिसी (अमेरिका),  अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ । बिहीबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका...

प्रदेश निर्वाचन सुरक्षा समितिद्वारा सीमा र मतदानस्थलको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  सुदूरपश्चिम प्रदेश निर्वाचन सुरक्षा समितिले भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी नाका तथा भीमदत्त र दोधारा चाँदनीका विभिन्न मतदानस्थलको स्थलगत निरीक्षण गरेको छ।सुदूरपश्चिम प्रदेशका मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश प्रहरी प्रमुख ओमबहादुर राना, सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति दिग्विजय सुवेदीलगायत सुरक्षा...

प्रतिनिधिसभा निर्वाचनः तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार

दमौली (तनहुँ),  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ ।  मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार तनहुँ क्षेत्र नं १ को...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९