Baigyanik Media

Advertisement

Skip Ad

नेपाल जोखिममा भारतमा सङ्क्रमण बढ्दै

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएका केसमध्ये भारत हुँदै नेपाल प्रवेश गर्नेमा पनि देखिन थालेको छ । नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास बताउँछन् । आइतबार १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, गत २२ गते १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने २३ गते २१ जना सङ्क्रमित भएका थिए । यस्तै, क्रमशः २३ गते २१ जना, २४ गते २८ जना, २५ गते १६ जना, २६ गते २२, २७ गते १७ र जेठ २८ गते शनिबार १७ जनामा सङ्क्रमण भएको थियो । सङ्क्रमितको सङ्ख्या गएको केही दिनयता २/४ वटा केसले कहिले बढ्ने/घट्ने भइरहेको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । सानो सङ्ख्या तलमाथि हुँदा तत्काल सङ्क्रमितको सङ्ख्या बढेको भन्न मिल्ने अवस्था नरहेको उनी बताउँछन् ।

 

 

 

भारतमा कोरोनाभाइरस सङ्क्रमण दर बढेसँगै नेपालमा पनि सङ्क्रमणको उच्च जोखिम रहने गर्छ । गएको २४ घण्टाको आँकडा केलाउँदा पनि छिमेकी राष्ट्र भारतमा तीव्र गतिमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ भने दैनिक आठ हजार जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्रमा देखिएको छ जहाँ २९२२ मा सङ्क्रमण पुष्टि भएको छ । 

 

 

अघिल्ला कोराना महामारीका लहरमा भारतमा सङ्क्रमण दर उच्चविन्दूमा पुगेको तीन सातापछि नेपालमा पनि तीव्र रूपमा सङ्क्रमितको दर बढ्दै गएको देखाएको ईडीसीडीका निर्देशक डा. दास बताउँछन् । त्यसैले भारतमा कोरोना सङ्क्रमण दर बढी रहँदा नेपालमा पनि सङ्क्रमणको उच्च जोखिम कायम रहेको उनको भनाइ छ ।

 

 

 

 

 

भारतबाट सङ्क्रमित भई आउनेको अवस्था कस्तो छ ?

 

 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. दासले स्वदेशमा सङ्क्रमित भएकाभन्दा धेरै भारत हुँदै नेपाल प्रवेश गर्नेमा सङ्क्रमण देखिएकाले केही दिनयता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको बताउँछन् । नेपाल–भारतका १४ वटा सीमा नाकामध्ये बेलहीया हुँदै आउनेहरूमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको उनले बताए । यस्तै ,लुम्बिनी प्रदेशका विभिन्न नाका अनि कृष्णनगर नाका हुँदै आउनेहरूमा कोरोना सङ्क्रमण भएको देखिएको छ । ती नाका हुँदै आउने निरन्तर रूपमा दुई/तीन जनामा सङ्क्रमण देखिएको उनले बताए । यस्तै, सुदूरपश्चिमका नाका पनि फाट्टफुट्ट मात्रै सङ्क्रमण देखिएको छ । 

 

 

‘नेपालभित्र केस बढेको देखिदैँन,’ उनले भने, ‘भारत हुँदै आउने विभिन्न बाट तीन/चार, तीन/चार जनामा सङ्क्रमण देखिएको छ नेपालमा सङ्क्रमित बढेका छैन । ’ 

 

 

भारत हुँदै नेपाल प्रवेश गर्नेहरूमा कोरोना सङ्क्रमण पुष्टि भए पनि उनीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको निर्देशक डा. दास बताउँछन् । उनी भन्छन्, ‘उहाँहरूलाई हस्पिटलाइज हुनुपर्ने अवस्था आयो भने तत्काल उपचार हुन्छ, अस्पतालहरूलाई तयारी अवस्थामा रहन सर्कुलर गरी सकिएको छ ।’

 

 

 

सङ्क्रमितको जिनोम सिक्वेन्सिङ भइरहेको छ ?

 

भारतीय सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने र नेपालमै बस्नेहरूमा पुष्टि भएका सङ्क्रमितमा नयाँ भेरियन्ट उत्परिवर्तन भएको छ वा छैन भन्ने प्रश्न उब्जिएको जनस्वास्थ्यविद्हरू बताउँछन् । भारतमा निकै सङ्क्रामक भनिएको ओमिक्रोन भेरियन्टको बीए.४ र बीए.५ सब–भेरियन्ट फेला परिरहेको छ । ईडीसीडीका निर्देशक डा. दासले हालसम्म भारतबाट आउनेहरूमा सङ्क्रमित देखिएका नमुनाको जिनोम सिक्वेन्सिङ गरिरहेको दाबी गरेका छन् ।

 

उनी भन्छन्, ‘हालसम्म जिनोम सिक्वेन्सिङ गर्दा बीए.२ ओमिक्रोन नै देखिएको छ । पछिल्ला तीन दिनयता सीमा नाकामा परीक्षण गर्दा पोजेटिभ भएका नमुनाको जिनोम सिक्वेन्सिङ भइरहेको छ । जिनोम सिक्वेन्सिङ लागि ल्यावमा पठाइएको अबको तीन/चार दिनमा पुनः कुन भेरियन्ट भनेर थाहा पाउँछौँ ।’

 

सबै नाका कडाइ 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भारतमा कोरोना सङ्क्रमितको बढ्दै जाँदा नेपाल भारत सीमा नाकाहरू निगरानी बढाइएको जनाएको छ । भारतमा सङ्क्रमण दर बढेसँगै हवाई यात्रा गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न निर्देशन दिइएको छ । नेपालले भारतमा सङ्क्रमण बढेपछि १४ वटा सीमा नाकामा सजगता अपनाउनसमेत निर्देशन दिइएको डा. दास बताउँछन् । सीमा नाकामा परीक्षणलाई सक्रिय बनाइएकाले नै सङ्क्रमितको बढेजस्तो देखिएको हो । सङ्क्रमणको जोखिम कायम रहेकाले सबै नाकाहरूमा कोरोना परीक्षणलाई सक्रिय परिएको उनी बताउँछन् । भविष्यमा कोरोना सङ्क्रमितको दर बढ्दै गई अस्पताल भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको खण्डमा सबै अस्पतालहरूलाई तयारी रहन निर्देशन दिइने उनले बताए । सरकारले विगतका कोरोनाका लहरबाट पाठ सिकेकाले आवश्यकताका आधारमा सबै तयारी अवस्था रहेको उनी बताउँछन् । जुन ठाउँमा कम परीक्षण गरिएको ती ठाउँमा सक्रियता बढाइएको उनको दाबी छ । 

 

अघिल्ला लहरमाभन्दा जोखिम कम हुने आङ्कलन

 

छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरस कोभिड–१९ सङ्क्रमितको दर बढी रहँदा नेपालमा उच्च जोखिम रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । यद्यपि नेपालमा सङ्क्रमण दर अघिल्ला लहरभन्दा कम हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पूर्व प्रमुख डा बाबुराम मरासिनी बताउँछन् । धेरै जनताको पहुँचमा खोप पुगेकाले जोखिम कम हुन सक्ने अनुमान लगाउँछन् । उता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि भारतमा सङ्क्रमण दर बढेसँगै नेपालमा जोखिम कायम रहे पनि विगतका लहरहरूले देखाए पनि फैलावट र सङ्क्रमितको स्वास्थ्यमा गम्भीरतामा कम ल्याउन सक्ने अनुमान लगाउँछन् । 

 

‘भारतमा सङ्क्रमण पुष्टि भएकाहरूमा पुरानै भेरियन्ट र नेपालमा पुष्टि भएकाहरू पनि पुरानै भरियन्ट देखिएमा दोस्रो लहरमा जस्तो अवस्था सृजना हुँदैन कि’ उनी भन्छन्, ‘यसो भनिरहँदा कोरोनाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमणको उच्च हुन्छ ।’

 

यस्तै, हालसम्म कोरोना सङ्क्रमण नभएका व्यक्तिहरू पनि सङ्क्रमणको जोखिम रहन्छ । 

 

 

 

डा. मरासिनीले भारतभन्दा नेपालमा धेरैले कोरोनाविरुद्धको खोप लगाएका र धेरै जना सङ्क्रमित भएकाले सङ्क्रमित भए पनि स्वास्थ्यमा जटिलता कम आउन सक्ने अनुमान लगाउँछन् । यदि भावी दिनमा भेरिएन्ट पुनः उत्परिवर्तन भई हाल लगाइरहेका खोपलाई छल्ल सक्ने अवस्था आएमा मात्रै समस्या निम्तन सक्ने उनीको भनाइ छ । 

 

छिमेकी राष्ट्र भारत र चीनमा कोरोना सङ्क्रमण दर बढिरहँदा खोप लगाएका नलगाएका सबैले सावधानी अपनाउन अतिआवश्यक भएको मन्त्रालयका सह प्रवक्ता डा. अधिकारी बताउँछन् । कोरोना सङ्क्रमण जोखिम रहेकाले जनस्वास्थ्यका मापदण्डहरू निरन्तर रूपमा पालना गर्न अति आवश्यक रहको उनले बताए ।  

 

अनिवार्य रूपमा खोप लगाउन आग्रह 

 

नेपालमा खोप उपलब्धता भए पनि अझै पनि कोरोनाविरुद्धको खोप नलाउनेहरू पनि छन् । सबैभन्दा बढी सङ्क्रमण हुने जोखिम खोप नलगाउनेहरूलाई हुन्छ । कोरोनाविरुद्धको खोपको अभियान निरन्तर चलिरहेकाले खोप नलगाएकाहरूलाई खोप लगाउन मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीले आग्रह गरेका छन् । 

 

‘जसले पहिलो मात्रा मात्रै लगाउनु भएको छ दोस्रो मात्रा पनि लगाउनुहोस्, दुवै लगाएर बुस्टर मात्रा लगाउन बाँकी रहेकाले पनि तत्काल खोप लगाउनुहोस्,’ उनी भन्छन् ।

 

यस्तै, कोरोना सङ्क्रमितको सङ्ख्या कम भयो भन्दैमा खोप लगाउन बाँकी रहेकाले खोप लगाउन छाड्न नहुने डा. पुनको भनाइ छ । सरकारले खोपको पहुँचमा नपुगेको ५ वर्षदेखि ११ वर्षसम्म बालबालिकालाई असार महिनाको ९ गतेदेखि कोरोनाविरुद्धको खोप दिइने तयारी गरिरहेको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधामार्फत नेपालले बालबालिकाका लागि फाइजर प्राप्त गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको छ । देशभरका विद्यालयहरूमा खोप केन्द्र तोकेर दुई चरणमा खोप दिन लागिएको छ ।  

 

 

 

नेपालमा कति खोप लगाउन बाँकी ?

 

नेपालमा अझै पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन ३२.६ प्रतिशत बाँकी छन् । कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । जसमा पूर्णमा मात्रा खोप ६८.४ प्रतिशतले लगाएका छन् भने कम्तीमा एक मात्रा ७७.० प्रतिशतले लगाइसकेका छन् । यस्तै, १२ वर्षमाथिका लक्षित समूह दुई करोड ३३ लाख २७ हजार ६१९ रहेका छन् । जसमा ८५.७ प्रतिशतले पूर्णमा मात्रा र ९६.३ प्रतिशतले एक मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, बुस्टर डोज भने ५२ लाख ४ हजार १९३ जनाले लगाइसकेका छन् ।

 

यस्तै सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दुई चरणमा फाइजर खोप दिइने भएको छ । तोकिएको २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने मन्त्रालयले जनाएको छ । खोप लगाउन बाँकी रहेका ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा दिइने भएको छ । 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

किसानलाई धान काट्ने चटारो

दाङ। लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९